Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

`COVID-19 विरुद्धको औसधि;गाजा?´

admin
२०७७ असार २८ , आईतबार १२:०७ मा प्रकाशित | १८०९ पटक पढिएको


मोरङ – विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात Covid-19 विरुद्ध मानवजाति भिडिरहेकाा छन । यसको रोकथामका लागि बिभिन्न देशका बैज्ञानिकहरु लागि परेका छन । विभिन्न चरणमा खोपहरुको trial धमाधम भैरहेको छ । त्यसै अनुरुप बैज्ञानिकहरु कोरोना विरुद्ध गाजालाई उपयोग गर्न सकिन्छ कि भनेर अनुसन्धानमा लागि परेका छन । विभिन्न अनुसन्धानहरु हेर्दा,गाजामा पाइने मुख्य chemical मध्यको एक Cannabidiol(CBD)(मनोबैज्ञानिक असर नगर्ने)लाई चै anti-inflammatory chemical का रुपमा हेर्न सकिने तथ्य फेला परेको देखिन्छ र यो खोजिको विषय बनेको छ ।


एक क्यानेडियन अनुसन्धान अनुसार गाजामा पाइने रसायनहेरुले SARS-cov-2 मान्छेको शरीर भित्र पस्न अबरुद्ध गर्ने कुरा फेला परेको देखायको छ । Nebraska university मा भयको अनुसन्धान तथा The texas Biomedical Research institude द्वारा प्राकासित लेखमा गाजामा पाइने रसायनहरु सङ anti-inflammatory गुण हुनेजसको प्रयोग covid-19 द्वारा फोक्सो सुन्नियका बिरामिहरु विरुद्ध उपयोग हुने देखायको छ । यसैगरी,इज्राएली एक चिकित्सक परिक्षणमा,गाजामा पाइने रसायन CBD प्रयोगमा ल्याइएको छ जसको प्रयोग covid-19 का बिरामीहरु समक्ष गर्न सकियोस् । नेपालमै पनि यसको गुन्जायज सुनिन थालियको छ । नेपालमा गाजा बैधानिक गर्नुपर्छ भन्ने अभियानकर्ता राजिब काफ्ले भन्नुहुन्छ”म के कुरामा बिश्वास राख्छु भने,गाजामा पाइने रसायनहरु द्वारा Covid-19 का बिरामीहरुलाई उपचार पक्का गर्न सकिन्छ ।” त्यसैगरी,दुई क्यानिडियन अनुसन्धानकर्ताहरु गाजामा पाइने विशेष strain ले कोरोना भाइरस विरुद्ध जुद्न मद्दत गर्ने कुरामा जोड दिन्छन । साथै अन्य धेरै अनुसन्धानहरुले गाजामा पाहिने विशेष strain लाई प्रयोग गर्न सके यसले कोरोनाभाइरज हाम्रो शरीर भित्र पस्न बाट जोगाउन सक्छ भन्ने बिसयलाइ मन्यता दिइयको छ । अन्य अनुसन्धान हेर्दा गाजाको प्रयोग बाट घाँटी तथा मुख सफा गर्ने उपभोग्य केमिकलहरु बनाउन सकिन जसले मुखबाट सजिलै भाइरसहरु भित्र छिर्नबाट रोक्न सक्ने छ ।


यसरी विविध अनुसन्धानहरु विभिन्न देसमा भैरहे तापन गाजालाइ Covid-19 को औसधिको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने बैज्ञानिक तथ्य फेलापरिसकेको अबस्था छैन । त्यसैले,गाजालाइ ठ्याक्कै covid -19 को उपचारमा प्रयोग गर्नुस् भन्न सकिन्न ।

(यो खोज नेपाल टाइम्स पत्रिकामार्फत लिएर सिन्धुलीको प्राकृतिक स्रोत ब्यबस्थापन कलेजमा अध्यनरत बिद्यार्थी बिश्वास ढुङेल ज्युले परिमार्जित गर्नु भएको हो)

प्रतिक्रिया

गाजा;औषधि ??

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?