Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

3G Cutting ( तेस्रो पुस्ता कटींग)

krishireview
२०७७ असार ५ , शुक्रबार ०८:०६ मा प्रकाशित | २०३९ पटक पढिएको


सिएनआरएम,बर्दिबास/3 G कटींग भन्नाले कुनै पनि बिरुवालाई तेस्रो पुस्ता सम्म लगेर त्यसबाट फल उत्पादन गर्नुलाई बुझिन्छ | यस्तो गर्दा पहिलो र दोस्रो पुस्ताको हाँगाहरु बाट उत्पादन गरिदैन र तेस्रो पुस्ताको हाँगाहरु बाट उत्पादन लिने गरिन्छ | बिरुवा लगाइसकेपछी जुन मुख्य लहरा हुन्छ त्यसलाई पहिलो पुस्ता भनिन्छ भने त्यहि मुख्य लहरा बाट आउने अरु साखा हाँगाहरु दोस्रो पुस्ता हुन् र दोस्रो हाँगा बाट पनि आएका साखा हाँगाहरु तेस्रो पुस्ता हुन् |


अनुसन्धान को अनुसार पहिलो र दोस्रो पुस्ताका हाँगाहरुमा पोथी फुल भन्दा भाले फुल बढी हुने पाइएको छ | लगभग १४ भाले फुल को अनुपात मा १ ओटा पोथी फुल फुल्ने गर्दछ (पहिलो र दोस्रो पुस्ताको हाँगाहरुमा)| जसका कारण एकदम धेरै फुल फुले जस्तो देखिने तर टी अनुपातमा फल नलाग्ने हुन्छ | यसकारण बिरुवालाई तेस्रो पुस्तासम्म लाग्दा पोथी फुल धेरै र भाले फुल कम हुन्छन | यसरी राम्रोसंग परागकण भएको खण्डमा यस 3 G कटींग बाट एउटा हाँगामा धेरै भन्दा धेरै फल फल्छन र एउटा बोट बाट नै धेरै उत्पादन गर्न सकिन्छ |

3 G कटींग कसरी गर्ने ?
3 G कटींग प्रायजसो कुकुरबिटेसी (लौका,काक्रो, चिचिन्दा आदि) परिवारका बिरुवाहरूमा गरिन्छ |
१. मुख्य लहरा (हाँगा ) लाई राम्रोसँग बढ्न दिने ,
२. मुख्य हाँगा ५-८ फिट पुगेपछि यसको टुप्पो (४-५ इन्च) काट्दिने’
३. मुख्य टुप्पो काटेपछि यसका साखा हाँगाहरु बढ्न थाल्छन,
४. अब दोस्रो पुस्ताको हाँगाहरु २-३ फिट पुगेपछि ति हाँगा को पनि टुप्पो काट्ने र यसरी दोस्रो पुस्ताको हाँगाहरु बाट पनि अरु साखा हाँगाहरु आउँछन जसलाई तेस्रो पुस्ता भनिन्छ,
५. यसरी अब आएका तेस्रो पुस्ताको हाँगाहरुलाई बढ्न दिने र यी हाँगाहरुबाट फल उत्पादन गर्ने |

ध्यान दिनुपर्ने कुरा: मुख्य लहराको ४-६ पात सम्म कुनै पनि साखा हाँगाहरु राख्नु हुदैन |

विभिन्न स्रोतबाट

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?