Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

🔺 नार्कले हालसालै विकास गरिएका नवीनतम कृषि प्रविधि !

krishireview
२०७९ वैशाख २७ , मंगलबार ०८:०५ मा प्रकाशित | ३१० पटक पढिएको

बाली तथा बागवानी अनुसन्धान तर्फ :
धान

  • धानमा हाइब्रिड जातहरूमा हर्दिनाथ हाइब्रिड धान १ र हर्दिनाथ हाइब्रिड धान ३ उन्माचन गरिएका छन् ।
  • डुवान र खाडरा दुवै सहन सक्न वहगनी धान १, वहगनी धान २ र सुक्खा धान ६ विकास गरिएका छन् |
  • सुगन्धित धान १ र खुमल बासमती १६ जस्ता बास्नादार धानका जात पनि विकास छन् ।
  • चैते धानका जातहरूमा हर्दिनाथ १ र हर्दिनाथ ३ विकास गरिएका छन् ।
  • मसिनो धानको जातहरूमा हर्दिनाथ ६, चैते ५ र सम्वा मंसुली सव धान १ विकास गरिएका छन् ।
  • मसिनो तथा सुगन्धित धानको जात लल्का बासमती उन्मोचन गरिएको छ ।
  • धानको जुम्ली मार्सी दर्ताको लागि प्रस्ताव पेश गरिएको छ ।
  • पाखो बारी तथा असिन्चित जग्गामा हुने चैया ३, हर्दिनाथ ४ विकास गरिएका छन् ।
  • वान सहन सक्ने गंगा सागर १ र गंगा सागर २ विकास गरिएका छन् ।
  • छिटो पाक्ने र असिन्चित जग्गामा हुने हर्दिनाथ ४ विकास गरिएको छ ।

मकै

  • मकैको ध्वाँसे पात डढुवा रोग प्रतिरोधात्मक क्षमता भएको जात मनकामना-९ (८०० देखि १८०० मिटरसम्म उँचाइका लागि सिफारिस गरिएको छ।
  • रामपुर हाइब्रिड १२, रामपुर हाइब्रिड १४ र रामपुर हाइब्रिड १६ उन्मोचंको लागि राष्ट्रिय बीउ विजन समितिबाट पास भएको छ ।
  • तातो तापक्रम सहने मकैका जातहरू रामपुर हाइब्रिड ८ र रामपुर हाइब्रिड १० विकास गरिएका छन् ।

गहुँ

  • गहुँमा १० वटा जातहरू विकास गरिएका छन् । जसमा ५ वटा जिङ्कयुक्त छन् । हिमगंगा, भेरीगंगा, खुमल शक्ति, जिङ्क गहुँ-१, जिङ्क गहुँ-२ जिङ्कयुक्त जातहरू उन्मोचन गरिएका छन् |
  • सुजीको लागि गहुँको जातहरू ड्युरम खजुरा १ र ड्युरम खजुरा २ विकास गरिएको छ ।
  • सुक्खा र तातो तापक्रम सहन सक्ने बोर्लग २०२० गहुँको जात विकास गरिएको छ ।

अन्य

  • मुसुरोमा रसुवा कालो मुसुरो-१ (१८०० मिटर देखि २२०० मिटर को असिन्चित पाखो जमिनको लागि) र खजुरा मुसुरो ३ विकास गरिएका छन् ।
  • बोडीमा गाजले बोडी विकास गरिएको छ ।
  • बदामको जात राजश्री सूचिकृतको लागि प्रस्ताव पेश भएको छ।
  • उखुमा जितपुर-५, जितपुर-६, जितपुर-७ (रातो सडन र कालो पोके सहन सक्ने नारायणी पूर्व तराई क्षेत्रका लागि) सूचिकृत गरिएका छन् फापरमा तिते फापर-१, तिते फापर-२ (६०० देखि ३५०० मि सम्म को उचाइको लागि) सूचिकृत गरिएको छ ।
  • जौको जात चावाली सूचिकृतको लागि प्रस्ताव पेश भएको छ ।
    तरकारी
  • दुई वटा गोलभेँडाका जातहरू खुमल हाइब्रिड-१, खुमल हाइब्रिड-२, गोलभेँडाको वटा पैत्रिक लाइनहरू सूचिकृत गरिएका छन् ।
  • रायोको मनकामना, सखरखण्डको सखरखण्ड सुन्तले सखरखण्ड-१ र सन्तले यस सूचिकृत भएका छन् ।
  • भन्टाको जात परवानीपर सेलेक्सन १ दर्ताको राष्ट्रिय बीउ विजन समितिबाट पास भार काँक्रोको हाइब्रिड जातहरू मधु १ र कृष्ण १ दर्ताको लागि राष्ट्रिय बीउ विजन समिति पास भएको छ ।
  • चौमासे सिमीको १ जात दर्ताको लागि राष्ट्रिय बीउ विजन समितिबाट पास भएको छ ।
  • काँक्रोको १ जात (धनकुटा हरियो) र अकबरे खुर्सानीको १ जात (अकबरे खुर्सानी) सूचिकृतको लागि प्रस्ताव पेश भएका छन् ।
  • सिमीको केबिएल १, केबिएल २ र केबिएल ३ दर्ताको लागि प्रस्ताव पेश गरिएका छन् ।
  • मालेपाटन हिउँदे सिमी-१ र मालेपाटन हिउँदे सिमी-२ जात दर्ताको लागि प्रस्तावना पेश भएको छ ।

फलफूल

  • फलफूलमा केराको ३ वटा जातहरू जी-९, विलियम हाइब्रिड, माल्भोग स्थानीय र लिचीका ६ वटा जातहरू (मुजफ्फरपुर, रोजसेंटेड, कल्कतिया, अर्ली सिडलेस, लेट सिडलेस र साही) सूचीकृत भएका छन् ।
  • आँपको ३ वटा जातहरू दशहरी, माल्दा, आम्रपाली र किविफलको ४ वटा जातहरू (हेवार्ड, अलिसन, एबोट र ब्रूनो) सूचिकृत भएका छन् ।
    सुन्तलाको बासखार्क स्थानीय जात दर्ताको लागि प्रस्ताव पेश भएको छ । 1. स्याउको स्पर टाइपको ३ वटा जातहरू दर्ता/सचिकतको लागि प्रस्ताव पेश भएका ।
  • पुष्प बालीतर्फ ग्ल्याडीओलसको १ जात सूचिकृत गरिएको छ ।

यान्त्रिकीकरण

  • धान काट्ने मेशिन साईथ हार्वेस्टर र धान सकारने मेशिन बबल डयेर का सफल गरिएको छ ।
  • साईकिलबाट चल्ने मके तथा तरकारीमा गोडमेल गर्ने औजारको (हलका हात औजार दाँते औजार) विकास तथा सुधार गरिएको छ ।

पशु तथा मत्स्य अनुसन्धान तर्फ

  • साकिनी कुखुराहरू बिच तेस्रो र तेस्रो पुस्तासम्म स्वजातिय छनोट प्रजनन् विधि अपनाएर आनुवंशिक सुधार गरिएको छ । अण्डा उत्पादनमा ४५ प्रतिशत (११२ देखि १६२ गोटा पति पोथी प्रति वर्ष) पाइएको छ ।
  • बोर बाख्राको विकास तथा विस्तार गरिएको छ । बोर बाखामा Back Crossing बाट चौथो पुस्तासम्म उत्पादन गरिएको (५०% बोर ४७.७५% बोर ६७,८७.५% बोर ३२ र ९२.७५४ वोर ३ वटा ) छ ।
  • ब्रोइलर कुखुराको उत्पादनमा प्रयोग भइरहेका एन्टिबायोटिकको सट्टा दानामा प्रोवायोटिक २ ग्राम प्रति किलो मिसाउँदा उत्पादकत्व वृद्धि हुने र मासुको गुणस्तर एवं स्वादमा समेत सुधार हुने पाइएको छ।
  • कार्प माछाको ढुवानीको निम्ति ४-५ माईक्रोलिटर प्रतिलिटर पानीमा मिसाउँदा उच्चतम वृद्धिदर हासिल गर्न सकिने पाइएको छ ।
  • असला माछा उत्पादनका निम्ति आवश्यक ४५ प्रतिशत प्रोटिनयुक्त दाना बनाउन आधा-आधा पशुपक्षीजन्य र वनस्पतिजन्य श्रोतको प्रयोग गर्दा आर्थिक दृष्टिले उपयुक्त हुने पाइएको छ । हुर्कँदो ट्राउट माछामा प्रोवायोटिक ३ प्रतिशतका दरले प्रयोग गर्दा वृद्धिदर र बाच्ने दर दुवै उल्लेख्य रूपले सुधार भएको पाइएको छ ।
  • पंगास माछाको छाला सहित वा छालारहित फिलेटको फ्रिजमा संरक्षण गरी भण्डारण गर्ने प्रविधिको विकास गरिएको छ ।

अन्य नवीनतम कृषि प्रविधि

  • माटोको डिजिटल नक्शांकन सार्वजनिकिकरण गरिएको छ ।
  • अमेरिकन फौजी किराको व्यवस्थापनका लागि इमामेक्तिन बेन्जोयेट ५% एस.जी. को ०.४ ग्राम वा स्पिनोस्याड ४५% एस.सी. को ०.३ मिली वा स्पैनोटोरम ११.७ एस.सी. को ०.५ मिली प्रति लिटर पानीका दरले बोट भिज्ने गरी ५ देखि ७ दिनको फरकमा छर्ने ।
  • गोलभेँडाको पात खन्ने किरा (TUTA ABSOLUTA) व्यवस्थापनको लागि किरा लागेको सुरुका अवस्थामा ब्यासिलस थुरिन्जिएन्सिस २ ग्राम प्रति लिटर पानीमा घोलेर सांझपंख बोट गरी छर्किने ।
  • सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिना सम्म भण्डारण गर्न साकन प्रविधि सिफारिस गरिएको छ ।

(यो लेख साभार गरिएको हो ।)

प्रतिक्रिया

#research #नार्क

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?