Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

‍‌‌‍‍अमेरिकन फाैजि किरा र त्यसको व्यवस्थापन

krishireview
२०७७ असार ९ , मंगलबार १०:०६ मा प्रकाशित | १८३३ पटक पढिएको

✍️स्वेच्छा पाठक/
प्राकृतिक स्रोत ब्याबस्थापन कलेज बर्दिबास

परिचयः

अमेरिकन फौजीकीरा (American Fall Armyworm-FAW,Spodoptera frugiperda) मकै बालीमा लाग्ने पुतलीवर्गको रात्रीचर कीरा हो। यो कीरा काउली बन्दामालाग्ने सुर्ति (Tobacco caterpillar) सँग धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ । मुख्यता, मकै बाली मन पराउने यस कीराले मकै नपाएकोमा, जुनेलध, गहँु, कोदो, उखु, घाँसे बालीहरु, काउली वर्गका तरकारी बालीहरु,तेल बालीहरु, काँक्रो लगायतका लहरे तरकारी,म, भटमास,बदा प्याज, कपास, गोभेंडा,
आलु बालीहरुमा समेत क्षति पु¥याउन सक्छ।

उपयुक्त आहारा तथा आवहवाको खोजीमा यो कीराको वयस्क पुतली अण्डा पार्नु अगाडि ५०० किलोमिटर टाढासम्म पनि उडेर जान सक्दछन् । सन्२०१५ सम्म अमेरिकामा सीमित रहेको यो कीरा सन् २०१६ मापहिलो पटक अफ्रिकीदेश नाइजेरीयामा पहिचान भई हाल सम्म त्यस महादेशका अन्यथप ३० देशहरु, र सन् २०१८ को मई महिनामा एशिया महादेशमाभारतका कर्नाटका राज्यमा पहिचान भई हाल सम्म अन्य हरुदेशजस्तैबंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, इण्डोनो, जापान, कोरीया, लाओस, मलेसीया, थाईल्याण्ड, चीन, तथा यमनमा फेला परिसकेको छ । नेपालमा यस कीराको प्रवेश गरेका आधिकारीक पुष्टि मिति २०७६ श्रावण २७ गते बसेकोे राष्ट्रि संरक्षण संगठनको बैठकले देशका विभिन्न स्थानहरुबाट संकलित नमुनाहरुकोे डीएनए परीक्षणबाट प्राप्त नतिजाहरुको आधारमा गरेको थियो।

क्षतिको लक्षण

Fall Armyworm attacks maize crop across Telangana - The Hindu ...

लार्भाअवस्थाले मकैकोपात, धानचमरा, गुभो, जुँगा, घोगातथा डाठ समेतक्षति पु¥याउँछ । झुण्डमा पारिएका फुुलहरुबाट निस्कने बित्तिकै सानो लार्भाले शुरुमा वरिपरिको पातको बाहिरीतहमा मात्र कोत्रेर खान्छ, जसले गर्दा पातमा सिसाको झयाल्जस्तो आकतिहरु देखिन् छ। त्यस पछि यी लार्भाहरु आँफैले बनाएको रेसाहरु र हावाको मद्दतले बोटहरुमा फैलिन्छन् । कलिलो अवस्थाको मकैको गुवो भित्र प्वालपारी पस्दै खान थाल्दछ् र बिरुवा बढ्दै जाँदा पातमा लहरै स–साना प्वालहरु परेको देख्न सकिन्छ । लार्भाहरु बढ्दै जाँदा परभक्षि स्वभावका समेत हुन्छन् । कीराको आक्रमण भएको ठाउँमा काठको धुलोजस्तो विष्न प्रशस्त मात्रामा देखिन्छ । कीराबाट अत्यधिक आक्रमण भएको अवस्थामा मकैमा असिनाबाट भएको क्षति जस्तै पातहरु छिया छिया भएको देखिन्छ । बिरुवा हुर्कदै जाँदा धानचमरा, जुँगा र घोगामा समेत पसेर नोक्सान गर्न सक्छ ।

जीवन चक्र तथा पहिचान


अन्य पुतलीवर्गका कीराहरुजस्तै यस कीराको पनी जीवन चक्रमा ४ अवस्थाहरु (अण्डा, लार्भा, प्युपा र वयस्क) हुन्छन्, जुन पुरा गर्न २८ देखि ४८ दिन सम्म लाग्ने गर्दछ भने नेपालमा खुमलटारको प्रयोगशालामा गरिएको अध्यय अनुसार २७ डिग्री सेल्सियसमा २७ देखि ३२ दिनसम्म लागेको पाइएको छ । अत्यधिक वर्षाको अवस्थामा यसको जीवनचक्रमा प्रतिकूल प्रभाव पर्दछ । नयाँ ठाउँमा पहिलो पुस्ता अन्यत्रबाट आएर आक्रमण गर्ने र त्यसपछि उष्ण हावापानी भएका क्षेत्रमा वर्षमा४देखि ६ पुस्ता सम्म र चिसो मौसम हुने क्षेत्रमा २ पुस्ता सम्म हुन सक्ने अनुमान छ ।

अण्डाःवयस्क पोथी पुतलीले रातको समयमा सामान्यतया पातको तल्लो सतहमा सरदर १ देखि २ सयको संख्यामा झुण्डमा पारीएको अण्डालाई पेटमा भएको खैरो कत्ला जस्तो भुवादली ढाकेर सुरक्षित राख्दछ । शुरुमा नौनी जस्तो सेतो, हरियो वा अण्डाहरु परिपक्व हुँदै जादा कालो रंगमा परिणत हुन्छ् । अण्डा गुम्बज आकारका हुन्छन् ।मौसमको अवस्था हेरिकन यिनीहरु सामान्यतया ३ देखि ५ दिनसम्म(कहिलेकाहीं २ देखि १० दिनसम्म) मा लार्भाहरु निस्किन्छन् ।

लार्भाः वयश्क लार्भाको निधारमा दुईवटा आँखाको बिच भागमा अँग्रेजी अक्षरकोे उल्टो Y जस्तो चिन्ह देखिन्छ । यसको पेटको आठौं खण्डकोेमाथि तिर (शरिरका करिब अन्तिम भागतिर) वर्गाकार रुपमा मिलेर रहेका ४ वटा काला थोप्लाहरु स्पष्टरुपमा देख्न सकिन्छ । शरिरको अन्य भागमा पनि केही उठेका काला थोप्लाहरुरती थोप्लामा मसिना रौंहरु पनि देखिन्छन । लार्भाको शरीरको माथिल्लो भागमा तीनवटा हल्का पहेंलो रंगका धर्काहरु टाउको पछाडि देखि पेटको अन्तिम भागसम्म समानान्तररुप रहेको प्रष्ट देखिन्छ । लार्भाको अवस्था आहार तथा तापक्रमको आधारमा १४देखि २१ दिनसम्म रहन सक्दछ। लार्भा पुर्णरुपमा बिकसित हुन ५ पटक काचुली फेरेपछि मात्र प्युपा अवस्थामा जान्छ ।


प्यूपाः यो कीराको प्यूपाको रंग रातो खैरो हुन्छ ।पूर्ण विकसित लार्भा सामान्यतया माटो भित्रगईस माटो तथा जैविक पदार्थहरुलाई रेशमी धागोले जोडी कोकुन बनाई त्यस भित्र अचल (प्यूपा) अवस्थामा जान्छ ।प्युपा ९ देखि १३ दिनसम्मको अचल अवस्थापछि रातमा वयस्क पुतलीहरु निस्किन्छन् ।

वयस्क पुतलीः वयस्क पुतलीहरु खरानी मिश्रित खैरो रंगका हुन्छन्। रातीमा सक्रिय हुन्छन्।भाले पुतलीको अघिल्लो पखेटाहरुको टुप्पोतिर ठुलो सेतो धब्बा हुन्छ भने बीच तिर अण्डाकार हल्का खैरो रंगको धब्बा देखिन्छ ।पोथी पुतलीमा यस्ता धब्बाहरु देखिदैंनन् । भाले तथा पोथी पुतली दुवैको पछिल्लो पखेटा सेतो र भित्री किनारामा कालो धर्सा भएको हुन्छ ।

व्यवस्थापनः
यो खतरनाक कीरा भएकोले सबै सरोकार वालाहरु र कृषकहरु यस कीराको ब्यवस्थापनको निम्ति चनाखो हुनुपर्छ । यो कीराको ब्यवस्थापनको निम्ति एउटै मात्र उपाय प्रभावकारी हुन सक्दैन । त्यसैले यो कीराको ब्यवस्थापनका लागि निम्नका बमोजिम एकिकृत शत्रुजीव ब्यवस्थापनका उपायहरु अवलम्बन गर्नु पर्छ ।

 खेतबारीमा मकै उम्रेदेखि नियमित रुपमा अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आँकलन गर्नुपर्दछ ।

 मकैको घोगामा समेत नोक्सान गर्न सक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिन जातको मकै लगाउने ।

 एउटा पकेट क्षेत्रमा सके सम्म एकै समयमा र अगाडि मकै रोप्ने ।

 मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ ।

 डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाइ मन नपर्र्नेहुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउ छाउमा पासो बालीको रुपमा नेपियर घाँस लगाएर कीरा लाई आकर्षित गरी नेपियरमा मात्र विषादी प्रयोगद्वारा मार्न सकिन्छ ।

 बिरुवालाई स्वस्थ्य र कीराको क्षति सहन सक्ने बनाउन सिफारिस अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने ।

 मकै रोप्नु अघि इमिडाक्लोप्रिड(Imidacloprid) ४८ प्रतिशत एफ एस बिषादी प्रति किलोग्राम बीउमा ४ मी.ली.का दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्ता सम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ ।

 निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएकााहरु संकलनअण्ड गरी नष्ट गर्ने ।

 पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल(Papery window)हरु देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम (Azadirachtin 1500 ppm) ५ मिली लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।

 मकैको पातमा लार्भाले क्षति गरेको प्वालहरु तथा गुभोमालक्षण् क्षतिकादेखा परेमा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई निम्नानुसारका रासायनिक विषादीहरु आलोपालो गरी विषादीमिसाएको घोलप्रति रोपनी २५ लिटरका दरले प्रयोग गर्नुपर्दछ ।

  • स्पाइनेटोराम(Spinetoram) ११.७ एस.सी. १ मी.ली. प्रति २ लिटर पानीका दरले वा
  • इमामेक्टिन बेन्जोएट(EmamectinBenzoate) ५ प्रतिशत एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले वा य
  • क्लोरएन्ट्रानिलीप्रोल(Chlorantraniliprole) १८.५ प्रतिशत एस.सी.१ मी.ली. प्रति २.५ लिटर पानीका दरलो
  • स्पाइनोस्याड(Spinosad) ४५ प्रतिशत एस.सी. १ मी.ली. प्रति ३ लिटर पानीका दरलेएरमिसाछर्ने ।

 लार्भा हुर्केपछि तथा मकैको घोगा लाग्न थालेपछि विषादीको प्रयोग प्रभावकारी नहुने हुँदा विषादी प्रयोग नगर्नेै।त्यसैले मकै, बालीमा कीराको क्षतिको लक्षणहरु देखिनासाथ विषादीकोे प्रयाृेन वा अन्य व्यवस्थापन विधि अपनाई नियन्त्रणगर्नु पर्दछ । रासायनिक विषादीको प्रयोग गर्दा सुरक्षात्मक उपायहरु (मास्क, चस्मा,बाहुला पुरभएको लुगा र जुत्ता लगाएर) अवलम्वन गर्नु पर्छ । पर्खनु पर्ने समयको ख्याल गरौ र जथाभावी बिषादीका दुरुपयोग नगरौं ।

साभार;कृषिअनलाइ र अन्य खोज

प्रतिक्रिया

फौजी किरा

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?