परिचय:
धान नेपालको प्रमुख एवम् प्रथम खाद्यान्न बाली हो । नेपालीहरुको खानाको आधा उर्जा धानबाट आपूर्ति हुन्छ । कुल उत्पादनको ५८ प्रतिशत र कुल कृषि क्षेत्रफलको ४३ प्रतिशत हिस्सा धानले ओगटेको छ । धान लगाउने क्षेत्रफलको करिब ८५ प्रतिशत भागमा वेना रोप्ने महंगो प्रचलन छ जसमा बढि श्रम तथा समय लाग्छ (२००-२५० मान्छे घण्टा प्रति हेक्टर तसर्थ, उत्पादनको लागत कम गर्न अन्तरराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान ( IRRI) ले धान रोपाईको वैकल्पिक ड्रम सीडर प्रविधिको विकास गरेको छ ।
कृषि अनुसन्धान केन्द्र (कृषि औजार), रानिघाट, बिरगंजले फलामबाट (प्लाष्टिकको पनि) बनाइएको रुपान्तरित ड्रम सीडर एक किसिमको साधारण मशीन हो। सो मेशीनमा २६ सेन्टीमिटर लामो ४ वटा सहरु (१५) सेन्टीमिटर व्यासको) हुन्छन् जसलाई घुमाउन एउटा चक्का जोडिएको हुन्छ । प्रत्येक ड्रमको छेउमा दुई लाइन प्वालहरु (६-७ मिलिमिटर व्यासका) हुन्छन् । यसबाट पाटा लगाइएको खेतमा टुसाएको बीउ छरिन्छ । यसको तौल करिब १८ किलोग्राम मात्र भएकोले एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ । बढ्दो उत्पादन खर्च र घट्दो बजार मूल्यको कारण धान कम फाइदाजनक हुने भएको र धान रोप्ने बेलामा अमिकको अभाव हुने भएकोले, ड्रम सीडर प्रविधिलाई यी समस्याहरुको विकल्पको रुपमा लिन सकिन्छ ।
ड्रम सीडर प्रविधिबाट हुने फाइदाहरु:
यस प्रविधिबाट परम्परागत धान खेतीमा लाग्ने कुल उत्पादन खर्चलाई कम गर्न सकिन्छ । यसको प्रयोगले श्रमिकको कम आवश्यकता पर्दछ जस्तै दुई जनाले ८ घण्टामा १ हेक्टर सम्म बीउ छर्न सक्छन् । यस प्रविधिको प्रयोगले ब्याड राख्ने, बेर्ना उखेल्ने र रोपाई गर्ने जस्तो बढी खर्च लाग्ने कार्यहरु गर्नु पर्दैन साथै गोडमेल गर्न पनि सजिलो हुन्छ । यो प्रविधिबाट धान खेती गर्दा रोपाई भन्दा १०-१५ प्रतिशत सम्म बढी उत्पादन लिन सकिन्छ । यस प्रविधिबाट धान लगाउँदा रोपेको भन्दा १०-१५ दिन अगाडी बाली पाक्छ र हिउँदे वाली समयमा लगाउन सकिन्छ । यसबाट करिब २५ प्रतिशत सम्म बीउको बचत हुन्छ र स्वस्थ बालीको विकास हुन्छ ।
ड्रम सीडरको प्रयोगविधि:
बीउ छर्ने समय:
धानको लागि बेर्ना उमार्न ब्याड राख्ने बेलामा नै हिल्याएका खेतमा ड्रम सीडर बाट बिउ छर्नु पर्दछ । पानी जम्ने खेतमा केही अगाडीनै बीउ छर्न उपयुक्त हुन्छ ।
बाली व्यवस्थापन:
रोग-किरा नियन्त्रण:आवश्यकता अनुसार जैबिक बिधि र विषादिले रोग र किराको नियन्त्रण गर्नु पर्दछ ।
अन्य महत्वपूर्ण कुराहरु:
सम्भावित बेफाइदा:
पानीको उचित व्यवस्थापन नभएमा बढी झारपातको प्रकोप हुन सक्दछ ।