Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

`हल्ट प्राईज एट एफयु´‘अन क्याम्पस’ कार्यक्रम प्रारम्भ

krishireview
२०७७ असोज २३ , शुक्रबार ०२:१० मा प्रकाशित | १२१८ पटक पढिएको

यस बर्ष कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती “हल्ट प्रइज २०२०/ २१ ” आयोजना हुन लागेको छ। यो अन क्याम्पस कार्यक्रम”  पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालयमा सन्चालन हुन गइरहेको हो । यो प्रतिस्पर्धालाई विध्यार्थीहरूका लागि “ नोबल पुरस्कार ” भनेर चिनिन्छ ,जसको विजेताहरुका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ ।

सन् २०१० देखि संचालन हुँदै आएको विश्वव्यापी सामाजिक उद्यमशीलता सम्बन्धिको वैचारिक प्रतिष्पर्धा ‘हल्ट प्राईज २०२०/२१’ ले यस वर्षको लागि ‘Food for Good’ विषय बनाउंदै अनक्याम्पस कार्यक्रम सुरु भएका छन् ।

कार्यक्रममा सहभागिताको लागि ३ देखि ४ जनाको समूह बनाएर भाग लिन पाईनेछ भने विद्यार्थीहरु स्नातक र स्नातकोत्तर तह अध्ययन गर्दै गरेकाले पनि कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् ।  

अन क्याम्पस चरणको लागि कृषि तथा वन विश्वविद्यालय अन्तर्गत क्याम्पस निर्देशक टोलीले अनलाईन फारम खुला गरेको छ ।अनलाईन फारम भर्नाको लागि यहीं लिंक क्लिक गर्न सकिनेछ ।https://docs.google.com/forms/d/e/1FAIpQLSf-MwphMhrhV_kKU-sT3TyeEtYFJBYpUHfxPW00OhAK-8zvjA/viewform

कार्यक्रम सहभागीहरुले उद्यमशीलता विकास सम्बन्धि आफ्नो अवधारणाहरु अगाडी ल्याएर प्रतिष्पर्धा गर्न सक्दछन् । अल्फ्रेड नोबेलको नामबाट नोबेल पुरस्कारको नामकरण गरिए जस्तै बर्टिक एरिक हल्ट नामका एक स्विडेनी नागरिकले पुरस्कार प्रयोजन गर्ने भएकाले उनकै नामबाट यसको नाम ‘हल्ट प्राईज’ राखिएको हो ।

प्रत्येक क्याम्पस अथवा बिश्वबिद्धालयहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको छ । “अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने छ ।

(विभिन्न स्रोत र खबरबाट)

प्रतिक्रिया

अन क्याम्पस प्रोग्राम प्रारम्भ हल्ट प्राइज हल्ट प्राइज एट एएफयु

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?