Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

स्वदेशमै उत्पादन हुने रैथाने खाद्यान्नमा समेत परनिर्भरता

krishireview
२०७७ असोज २२ , बिहीबार ०१:१० मा प्रकाशित | ९१४ पटक पढिएको

काठमाडौ – अघिल्लो आर्थिक वर्षको साउन र भदौमा ७ अर्ब ५ करोड रुपैयाा बराबरको खाद्यान्न आयात भएको थियो । यसवर्ष त्यही अवधिमा १३ अर्ब ७४ करोड रुपैयााको खाद्यान्न भित्रिएकोछ, जुन ९४ प्रतिशतले बढी हो । यस अवधिमा सबैभन्दा बढी गहाुको आयात एक सय १५ प्रतिशतले बढेको छ ।युक्रेन, क्यानाडा, भारत लगायतका मुलुकबाट आउने गहुा गत वर्ष १ अर्ब ५१ करोडको आयात भएको थियो भने यस वर्षका सुरु दुई महिनामा ३ अर्ब २५ करोडको भित्रिएको छ । यस्तै गत वर्षको भन्दा ७२ प्रतिशत बढी अर्थात् २ अर्ब ८२ करोड रुपैयााको मकैरुस, अमेरिका, अर्जेन्टिना लगायतका मुलुकबाट आएको छ । चीनबाट आउने कोदो र फापरको आयात पनि ९ करोडबाट १३ करोड रुपैयाापुगेको छ । अस्ट्रेलिया र टर्कीबाट आयात हुने चना भने यो वर्ष २६ करोड रुपैयााबराबरको ल्याइएको छ । स्वदेशमै उत्पादन हुने खाद्यान्नमा पनि परनिर्भरता कहालीलाग्दो रुपमा बढेको यस तथ्यांकले देखाउाछ । 

समग्र खाद्यान्न २०७५/७६ मा ५१ अर्ब ८० करोडको आयात हुादा गत वर्ष १० प्रतिशतले बढेर ५६ अर्ब ८८ करोडमा पुगेको थियो । त्यसमा दूग्ध, पेय, कच्चा तरकारी र फलफूलसमेत जोड्दा वाषिर्क २ खर्ब ४५ अर्बको खाद्यान्न किन्नुपरेको  तथ्यांक छ । कृषि क्षेत्रमा पर्याप्त बजेट छुट्याएपनि त्यसले प्रतिफल नदिनुर वाषिर्क आयात बढेको बढ्यै हुनुले एकातिर लगानी खेर गइरहेको छ भने अर्कोतिर रैथाने वस्तुको उत्पादन बढाउन ध्यानै नपुगेकोदेखिन्छ ।

कोरोना महामारीपछि वैदेशिक रोजगारीबाट फर्केका युवागाउाघरमै छन् । उनीहरुलाई कृषि क्षेत्रमा टिकाउन सक्ने हो भने उत्पादन बढाई आयात कम गर्न समेत मद्दत पुग्नेछ । अझ रैथाने बालीनालीमा पनि परनिर्भर हुादै जानुभनेको खाद्य सुरक्षाका दृष्टिले पनि जोखिम निम्त्याउनु हो ।

प्रतिक्रिया

रैथाने खाद्यान्नमा परनिर्भरता

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?