नेपालको कर्णाली अंचलमा विशेष गरी जुम्ला जिल्लामा प्रसस्त मात्रामा स्याउ पाइन्छ। यसलाई कर्णालीमा आर्थिक विकासको आधार पनि मानिन्छ। यो स्याउ खेतिलाई आधुनिक तरिकाले बगैचा प्रणालीलाई स्तर उनती गरी प्रयोयमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ।
उचित मुल्य नपाउदा या फलको प्रकृति बिग्रन गएमा ‘स्याउ बाट कसरी जाम बनाउन सकिन्छ र कति सम्म राख्न सकिन्छ ’भन्ने बारे तल उल्लेख गरिएको छ।
- आवस्यकता अनुसारको ताजा फल लिने
- फललाइ सफा गर्ने
- फललाई ताछी टुक्रा पार्ने गुदि मात्र बनाउने
- टुक्रा पारेको फललाइ पल्पर मेशिन वा बास्केट प्रेशबाट लेदो बनाउने
- लेदोको तौल लिने र ढकनिले छोपि राख्ने
- पकाउन ग्यास स्टोभ वा दाउराको व्यवस्था गरि पकाउने
- पकाउंदा राम्रोसँग काठको पनियोले चलाउदै रहने
- लेदो बराबरको परिमाणमा चिनी राख्नु पर्ने हुँदा लेदो उम्लिन थालेपछि चिनि राख्ने
- पाकेको जाम थाहा पाउन सिसाको ग्लासमा पानी राखेर जामका थोपा त्यसमा राख्दा नफिंजिकन फेदमा गए तयार भएको बुझिन्छ । रिफ्याक्टोमीटर र वास्नाबाट पनि थाहा पाउन सकिन्छ
- उतार्ने समयमा पोटासियम मेटावाई सल्फेट २ ग्राम प्रति के. जि. लेदोमा मिसाउने
- साईट्रिक एसिड प्रयोग गर्ने ( प्रति केजि लेदोमा ३-५ ग्राम मात्र)
- शिशाको भांडोलाई निर्मलीकरण गरि ठिक्क तातो भए पछि भांडोमा राख्ने सेलाए पछि बिर्को बन्द गर्ने र काठमा र्याकमा राख्ने
- राख्नु भन्दा अघि भांडोको बाहिर लेवल राख्ने
- जाम स्टोरमा १ बर्ष सम्म राख्न सकिन्छ
- जाम खान शुरु गरेपछि १०-१५ दिन सम्म राख्न सकिन्छ
(नोट: १ के.जि. लेदो(pulp) बाट १.५ के.जि जाम बन्दछ)
apple jam