krishireview
२०७७ साउन ६ , मंगलबार ०४:०७ मा प्रकाशित | ३२५९ पटक पढिएको
युनिस नेपाली
प्राकृतिक स्रोत व्यावस्थापन कलेज,बर्दिबास
इलाम- सुन्तला नेपालमा पाइने एक प्रकारको फल हो । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ । सुन्तला जात फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स(साना रसले भरिएको थैलीहरु भएको फललाई जनाउंछ । नेपालमा मुख्यतया खेति गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला , जुनार , कागती , निबुवा, मौसम , ज्यामिर , भोगटे , विमिरो आदिलाई जनाउंछ । क्षेत्र र उत्पादनक हिसावले सुन्तला जात विश्वमा तेस्रो स्थान ओगटेको छ भने नेपालमा प्रथम स्थान ओगटेको विभिन्न तथ्यांकले देखाउछ ।
सुन्तलामा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ । भिटामिन ‘ए’ र क्याल्सियमले ओतप्रोत सुन्तला को नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुन्छ ।सुन्तलाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्नासाथ ऊर्जा दिन थाल्नु हो । सूर्यकिरणद्वारा सुन्तलाको ‘स्टार्च’ गुलियोमा परिवर्तित हुन्छ, जुन मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाएपछि स्फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, छालामा निखार आउँछ र सौन्दर्यमा वृद्घि हुन्छ ।
-सुन्तलाको वृक्ष
सुन्तला खेती गर्दा वृक्ष र फलमा लाग्ने विभिन्न रोग अनि किरा लगायत यसको नियन्त्रण यस प्रकार छन;-
सुन्तलामा लाग्ने रोग
–जरा कुहिने रोगः
गर्मि मौसममा देखा पर्छ
बिजु बिरुवामा बढी देखिन्छ
जरा कुहिएर जान्छ
पात पहेलो हुदै जान्छ
नियन्त्रणः
पानी जम्न नदिने
कुहिएको जरा काटेर फाल्ने
तिनपातेमा कलमी गर्ने
ट्राइकोडर्माको प्रयोग गर्ने
खराने वा धुले रोग
पालुवा आउने बेलामा बढी चिसो र ओसिलो भयो भने रोग चाँडै लाग्छ
यसले सबै बोटलाइ नै ढाक्छ
पातहरु पनि टुप्पोबाट सुक्दै आउछन
अन्तमा बोट नै सुक्छ
नियन्त्रणः
२ ग्राम सल्फर प्रति लिटर पानीमा मिसाएर छर्ने
नया पालुवा आउनासाथ १ भाग गहुत ५ भाग पानी मिसाएर छर्ने
एन्थ्रेकनोज
बर्षादको ओसिलो र न्यानो वाताबरणमा बढी आक्रमण गर्छ
पातमा पानीले भिजे जस्तो देखिन्छ र बिस्तारै खैरो हुदै जान्छ
पातमा फलमा र कलिला हाँगाहरुमा पनि कालो दाग देखिन्छ
बढी असर गरेपछि पात झर्छ र कलीलो बिरुवा मर्छ
नियन्त्रणः
कपर जन्य बिषादीले बोट भिज्नेगरी १०-१० दिनमा छर्ने
ब्लाइटक्स ५० बिषादी १.५ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने
गुँद निस्कने रोग
रोग बोटको हाँगा फेद वा कापमा लाग्छ
यो रोग लागेका बोटमा घाउ परेका र त्यसबाट च्यापच्याचे तरल पदार्थ निस्कन्छ
अन्तमा पुरै हाँगाहरु कुहिएर मर्छन
नियन्त्रणः
बगैँचाको सरसफाइ गर्ने
रोगी हाँगाहरु हटाउने
पुरै भिज्नेगरि बोर्डो मिश्रण स्प्रे गर्ने
सिट्रस ग्रिनिङ
सबभन्दा बिनाशकारी रोग हो
पात पहेला मसिना ठाडो र गुजुमुच्च परेका साथै पहेलोमा छिर्केमिर्के
फूल धेरै फूल्छ र मसिना फल लाग्दछ
नियन्त्रणः
स्वस्थ बिरुव लगाउने
बगैचा सफा राख्ने
सिट्रस सिल्ला नियन्त्रण गर्ने
रोग लागेका बोट नष्ट गर्ने
ट्रिस्टेजा भाइरस
पालुवा आउने मौसममा पालुवा आउदैन
पातहरु झर्दै जान्छन
धेरै फुल फुल्ने फलहरु साना लाग्ने
पुरै बोट पहेंलो हुने र बोट मर्दै जान्छ
लाही कीराले रोगको जिबाणु सार्दछ
नियन्त्रणः
स्वस्वथ बिरुवा लगाउने
तिनपाते सुन्तलामा ग्राफ्टिङ्ग गरेका बिरुवा लगाउने
लाहि कीराको नियन्त्रण गर्ने
सुन्तलामा लाग्ने कीराहरु
कत्ले किरा
२ प्रकारका कत्ले किरा हुन्छनः नरम शरिर र कडा शरीर भएका
नरम शरीर भएकाले गलियो पदार्थ निकाल्छन
भाले किरा मात्र चलाएमा हुन्छन
बच्चा र वयस्क दुबैले बिरुवाको पात डाँठ र फलबाट रस चुस्छन
नियन्त्रणः
सर्बो तेल १० एमएल प्रति १ लिटर पानिमा राखेर फुल फुल्नु भन्दा अगाडि वा फल टिपिसकेपछि स्प्रे गर्ने |
काण्डको गवारो;
वयस्क किराले कलिला पात खान्छ, ग्रव वा बच्चाले रुखको काण्डामा प्याल पारेर भित्र जान्छन
वयस्क किराले रुखको चर्केका र साना प्यालहरुमा अण्डा पार्छ
रोगर वा थायोडिन २ मि ली प्रति १ लि पानीमा मिसाएर स्प्रे गर्ने|
सिट्रस सिल्ला;
वयस्क खैरो ध्वासे र पछाडिको भाग ४५ डि उठेको हुन्छ
बच्चा हरियो वा हल्का सुन्तला रंगको हुन्छ
यसले पातबाट रस चुस्छ र सिट्रस ग्रिनिङ्ग रोग पनि सार्छ
पुरै रुख बिरामि देखिन्छ
नियन्त्रणः
रोगर वा थायोडिन २ मि लि प्रति लि पानीमा राखेर छर्ने
स्त्री स्वभावको खपटे किराको संरक्षण गर्ने
हरियो पतेरो
असार अन्तिम देखि भाद्र दोश्रो हप्तासम्म बढि प्रकोप
किराले अण्डा पातको तलतिर वा काण्डमा पार्छ
निम्फ र वयस्क दुबैले पात काण्ड र कलिला फलबाट रस चुस्छन
किराले चुसेको फल पहेंलो भएर झर्छ
नियन्त्रणः
बगैंचाको सरसफाइ गर्ने
रोगर वा मालाथियन वा यस्तै बढी गन्ध आउने बिषाधी स्प्रे गर्ने
१० दिनको फरकमा ३ पटक गर्ने
फल कुहाउने झिंगा
झिंगाले कलिला फलहरुको सतहमा फुल पार्छन
लार्भाहरु बिस्तारै फललाइ छेडेर भित्र जान्छन
४-१२ दिनपछि लार्भा प्युपा अवस्थामा जानलाइ फलबाट झर्छन
माटोमा गएर बस्छन र वयस्क भएर बसन्तमा बाहिर आउछन
किरा लागेको फल कुहिएर झर्छ
नियन्त्रणः
रोगि फलहरु लाइ गाड्ने
फेदको वरिपरि १० ग्राम मालाथियन धुलो माटोमा मिसाउने
फेरोमोन ट्रयाप
(यो लेख धेरै पत्रपत्रीका ,कृषि तथा पसुपन्छी डायरी र धेरै पुस्तकहरु लगायत खेती गर्दै आउनु हुने किशानको अनुभब र ज्ञानलाई समेटेर प्राकृतिक स्रोत ब्याबस्थापन कलेज बर्दिबासमा अध्ययनरत विद्यार्थी युनिस नेपालीले तयार पार्नु भएको हो)