Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

सालक फल (Salacca zalaca)

सुस्मिता अधिकारी
२०७७ असार २१ , आईतबार ०३:०७ मा प्रकाशित | १४४८ पटक पढिएको

प्राकृतिक स्रोत व्यवस्थापन कलेज ,बर्दिबास

सालक फल पाल्मको प्रजातिमा पर्छ(family Arecaceae)।यसको फलहरु गुच्छा गुच्छामा बोटको फेदमा फल्ने गर्छ।फलको बाहिरी भाग सर्पको छाला जस्तै हुने भएकाले यसलाई सर्प फल भनिएको हो।यस फलको स्वाद गुलियो र अलि अलि अमिलो हुन्छ।
यसको खेति १८०० बि.सी देखि इन्डोनेसिया भन्ने देशबाट भएको हो।दक्षिण एसियन देशहरुमा यो फल बर्षभरी नै पाईन्छ जस्तै कि :थाइलेडं ,सिंगापोर,फिलिपिन्स र आजकल यो चिन,भारत ,अस्ट्रेलियाहरुमा पनि प्रख्यात हुदै छ।यसलाई इन्डोनेसियामा “पोंडोह”,थाइलेडंमा “राकम” र चिनमा “सालक” भनिन्छ।

यो फल एकदमै पोषणयुक्त हुन्छ।१०० ग्रामको सर्पफलबाट हामीले प्रसस्त मात्रामा बिटा क्यरोतिन,३.९ मिलिग्राम आइरन ,0.२ मिलिग्राम भिटामिन बि२,८.४ मिलिग्राम भिटामिन सि,१२.१ ग्राम कार्बोहाईड्रेट,३८ मिलिग्राम क्याल्सियम ,१८ मिलिग्राम फोसफोरस,०.८८ ग्राम प्रोटिन ,०.४ ग्राम फ्याट र ०.३ ग्राम फाईबर पाउन सकिन्छ।

यस फलको सेवनले गर्दा हुने फाहिदा हरु :
-यस फलमा प्रशस्त बिटाक्यारोटीन(betacarotene)पाहिने गर्छ। जुन एक शक्तिसाली एन्टिअक्सिडेन्ट(antioxidant) हो र यसले मुटुरोग ,स्त्रोक्र र क्यान्सर हुनबाट पनि बचाउँछ ।
-यस फललाई “memory fruit” पनि भनिन्छ। यसले मानिसको स्मरणशक्ति बडाउन मद्धत गर्छ।
-यो फल गर्भवती महिलाको लागि पनि अत्यन्त लाभदाहि देखिन्छ। यसले महिला र बच्चा दुबैलाई स्वास्थ्य र फुर्तिलो बनाउन मद्धत गर्छ।
– यसले रक्तचापलाई पनि नियन्त्रणमा राख्दछ।
-यसको साथसाथ यसले वजन घटाउन र आखाको औसधि बनाउन पनि उपयोग हुन्छ।
-यस फलको बोटमा बाक्लो पत्ताहरु र काँडा पनि हुने गरेकोले यसलाई भ्कड़ी(hedge) बनाउन पनि प्रयोग हुन्छ।

बर्षभरी फल्ने एकदमै पोषण भएको यो फलको खेति अहिले सम्म नेपालमा सुरु भएको छैन ।तर यस फललाई चाहिने सबै वातावरण (जस्तै कि ;ताप क्रम ,हावा ,पानी ,माटो ,जलवायु आदि ) पाईने भएकोले यसको खेतिको सम्भावना नेपालमा प्रवल देखिएको छ।

साभार –इन्टरनेट तथा अन्य खोज

प्रतिक्रिया

सालक फल

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?