Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

सल्यानमा माछापालन, थोरै लगानीमा प्रशस्त आम्दानी

krishireview
२०७७ असोज २२ , बिहीबार ०४:१० मा प्रकाशित | ११९४ पटक पढिएको

सल्यान – सल्यानका किसान माछापालन व्यवसायमा आकर्षित हुँदै गएका छन् । थोरै लगानीमै प्रशस्तै आम्दानी हुने भएपछि अन्नबाली लगाउन छाडेर किसानले माछा पाल्न सुरु गरेका हुन् ।सल्यान बरलाका लोकबहादु्र भण्डारीले धान उत्पादन हुने ३ रोपनी खेतमा माछा पाल्न थालेको ३ बर्ष भयो । अहिले दैनिक ३० केजी माछा बेच्दै आएका उनले बजारको माग अनुसार पुर्‍याउनै सकेका छैनन् । बेच्न बजार पनि जानु पर्दैन्, व्यापारीहरु पोखरीमै आउँछन् । एक लाख लगानीबाट माछा पालन सुरु गरेका उनले साउन यता मात्रै तीन लाख आम्दानी गरिसकेको बताउँछन् । 

श्रीनगरका धनबहादुर बुढा मगरले पनि जग्गा भाडामा लिएर तीन बर्ष पहिले माछा पाल्न थालेका हुन् । उनको माछा व्यवसाय अहिले नगदेबाली जस्तै भएको छ । उनले पनि एक सिजनमा माछाबाटै तीन लाख भन्दा धेरै कमाउँछन् ।

सल्यानमा अहिले ९८ रोपनी क्षेत्रफलमा व्यावसायिक माछा पालन हुँदै आएको छ । आम्दानी राम्रो भएकाले खेतीयोग्य जमिनमा माछा पाल्नेहरु बढिरहेका छन् । जिल्लामा उत्पादन हुने बार्षिक १२ मेट्र्रकटन माछा केही दाङ र सुर्खेत जान्छ । बाँकी अधिकांश जिल्लामै खपत हुने गरेको छ ।

खास गरि सल्यानको कालिमाटी गाउँपालिका र शारदा नगरपालिकाको शारदा नदीले आसपासमा ३२ जना किसानले माछा पाल्दै आएका छन् । सरकारी अनुदानका कारण पनि पछिल्लो समय माछा पालन सँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ ।

प्रतिक्रिया

माछापालन

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?