Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

सयपत्री फूलको खेती प्राविधि भाग-१

krishireview
२०७७ भदौ ३ , बुधबार १०:०८ मा प्रकाशित | २५१७ पटक पढिएको

पृष्ठभुमि सयपत्री फूल अतिथि सत्कार, पुजाआजा चाडपर्वहरुमा माला बनाई मन्दिरहरुमा थुंगा चढाउनको लागि प्रयो गगरिने फूल हो यो फूल संग हाम्रो संस्कृति पनि जोडीएको छ । यो दक्षिणी अमेरिका क्षेत्रको रैथाने बिरुवा हो । प्राय जुनसुकै हावापानी तथा माटोमा सजीलै खेतीगर्न सकिने, लामो फूलफूल्ने समय हुने र आर्कषण फूल हुनाले सयपत्री फूलप्रति किसानहरुको आर्कषण बढ्दै गईराखेको छ । नेपालमा सयपत्री फूलप्राय तिहार भाइ टिकामा तथा अन्य चाडपर्बहरुमा मालाहरु बनाउनको लागी, घर भित्र कोठाहरु सजाउनकाृ लागी, गमलाको लागी, फुलवारी आर्कसीत गनको लागी तथा विबाहमा कारहरु सजाउन धेरै प्रयोग हुन्छ ।

सयपत्री फुलको माला

सयपत्री पासो बालीको रुपमा पनि प्रयोग गर्न सकिन्छ र माटोमा भएको निमाटोडको नोक्सानबाट बालीहरुलाई बचाउन सकिन्छ । सयपत्रीको फूलको पातको झोलबनाई प्रयोग गर्नाले लाही, पतेरा जस्ता चुसेर खाने कीराहरुर्लाइ नियन्त्रण गर्न सकिन्छ । सयपत्रीको वीउमा विशेष रसायन हुन्छ यसवाट उच्च मुल्यको रङ रसायन (डाई) बनाउन सकिन्छ । नेपालमा सयपत्री फूलकोे खेती तराई तथा मध्य पहाडका जिल्लाहरुमा सफलता पुर्वक गर्न सकिन्छ ।धनुषा जिल्ला यस फूल खेतीको लागी अग्रस्थानमा आंउछ ।

हावापानी र माटो

सयपत्रीको खेती समुद्री सतहबाट १५० मिटर देखि २००० मिटर सम्म सफलता पूर्वक गर्न सकिन्छ । यो खेती गर्न प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो राम्रो हुन्छ । माटोको पि.एच. ५.५—६.५ सम्म राम्रो मानिन्छ । साउन देखि मंसीर सम्म बाहिरकै अवस्थामा सयपत्रीको सफलतापुर्वक खेती गर्न सकिन्छ भने उच्च पहाड र मध्य पहाडमा बढी चिसो र तुषारोका कारण वेमौसममा उत्पादन लिनको लागि विशेषगरी मंसिर देखि वैशाखको बीचमा प्लाष्टिक टनेलभित्र मात्र यसको खेती गर्न सकिन्छ । सयपत्रीको खेतीको लागि १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा बिरुवाको राम्रो वृद्धि हुने र फूल चाँडै फुल्ने गर्दछ ।

जातहरु

सयपत्रीका जातहरु मध्य अफ्रीकन सयपत्री (Tagetus erectus) र फ्रेन्च सयपत्री (Tagetus petula) उत्पादनका लागी महत्वपूर्ण छन् । अफ्रीकन सयपत्रीको बोट अग्लो हुने, फूलहरु ठूला हुने हुन्छन र यसलाइ खासगरि मालाहरु बनाउन, कारहरु सजाउन, कोठाहरु सजाउन प्रयोग गरिन्छ भने फ्रेन्च सयपत्रीको वोट होचो हुने (३० से.मी.), कम फूल फूल्ने भएकोले वगै चाहरुमा, गमलाहरु सजाउन बढी प्रयोग हुन्छ ।

कलकत्तिया ओरेन्जकोजातीय गुण

बोटको उचाई ; ९२.७ सेन्टिमिटर (१ मिटर भन्दा कम)

बोटको फैलावट; ९३.४ सेन्टिमिटर (१ मिटर भन्दा कम)

फूलको रगं; सुन्तला रंगको

हाँगाका संख्याहरु ;८—१० वटा

५०% फूल फुल्न शुरु दिन ;४५ दिन (बेर्ना रोपेको दिन देखि)

पहिलो फूल टिपाई ;१०५ दिन (बेर्ना रोपेको दिन देखि)

अन्तिम फूल टिपाई ;२२५ दिन (बेर्ना रोपेको दिन देखि)

फूल फुल्ने अवधि; १२० दिन (बेर्ना रोपेको दिन देखि)

फूलको एउटा थुंगाको तौल; ५० ग्राम

फूलको संख्या प्रति बोट; २६५.५

फूलको उत्पादन÷बोट ;१.५१ किलोग्राम (४ माला)

प्रसारण विधि
१. बीउबाट

सयपत्री फूललाई सजिलैसंग विउबाट प्रसारण गर्न सकिन्छ । सयपत्रीको विउ १८ देखी ३० डिग्री सेल्सीयसको तापक्रम भएको अवस्थामा राम्रो हुन्छ । यदि बर्खाको समयमा नर्सरी व्याड बनाउने हो भने नर्सरीलाई १५ से.मी. उचाई गरेर बनाउनुपर्दछ जसले गर्दा धेरै भएको पानी तर्कीएर जान सकोस । विउ रोप्दा धेरै बाक्लो गरेर लगाउनुहुदैन जस्ले विरुवामा बेर्ना कुहिने रोग लाग्न सक्दछ । विउ रोपेको २५ देखि ३० दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुन्छ ।

सयपत्री फूलको सिड बेर्ना
सयपत्री बिरुवा प्रसारणका लागि तयार

२. कटिङ्ग

सयपत्रीमा कटिङ्ग धेरै प्रकारले गर्न सकिन्छ; जस्तै हाँगाको कटिङ्ग, कमलो डाँठको, मध्यम डाँठको कटिङ्ग लिन सकिन्छ ।

कटिङ्ग सयपत्री बिरुवा

पानीको निकास

जमिनको चारै तर्फ ३० सेन्टिमिटर गहिरो, ३० सेन्टिमिटर चौंडाईको कुलेसोको व्यवस्था मिलाउनुपर्छ यदि निकासको व्यवस्था नभएमा यस फूलको जरा कुहिएर जाने हुन्छ ।

मलखाद

सयपत्री फूल खेती गर्दा राम्रो पाकेको गोबरमल १००० देखि १२०० डोको र २०० किलो ग्राम नाइट्रोजन, ८० किलो ग्राम फसफोरस र ८० किलोग्राम पोटास प्रति हेक्टरका दरले राख्नुपर्छ। नाइट्रोजनको आधा मात्रा र फसफोरस र पोटासको पुरा मात्रा बेर्ना सार्ने समयमा प्रयोग गर्नु पर्दछ र बाकी आधा भाग नाइट्रोजनको मात्रा दुईपटक, वेर्ना सारेको ३० र ६० दिनमा प्रयोग गर्नु पर्दछ ।

बेर्नादर

सयपत्री फूलको बेर्ना करिब ४० ह् ४० सेन्टिमिटर ड्याङ देखी ड्याङ र बोट देखि बोटको दूरी कायम गरी ड्याङको उचाई १०—१५ सेन्टिमिटर हुनुपर्दछ । प्रतिरोपनी विरुवा १२००— १३०० अवस्यक पर्दछ । सरदर ८०० देखि १००० ग्राम विउ प्रति हेक्टर जग्गाकोे लागी आवस्यक पर्दछ ।

लगाउनेसमय सयपत्री फूल वर्षै भरी लगाउन सकिन्छ । जाडोयाममा उत्पादन लिनको लागि कात्र्तिकमा बिउ रोपेर मंसिरबाट बेर्ना सार्न सकिन्छ, त्यसै गरि गर्मी समयको लागी माघमा बिउ रोपेर फाल्गुन महिनामा वेर्ना सार्न सकिन्छ र बर्खे समयको लागी असारमा विउ रोपेर साउनमा बेर्ना सार्न सकिन्छ । बढी तुषारो हुने ठाउँमा यसको खेती गर्न कठिनाई हुन्छ ।
सयपत्री फूल लगाउनेसमय

फूल फूल्ने समय वीउ लगाउने समय बिरुवा सार्ने समय
जाडो समय कार्तिक मंसिर
गर्मी समय माघ फाल्गुन
बर्खे समय असार साउन

जमिनकोतयारी र बेर्नारोपण

जमीनलाई २—३ पटक खनजोत गरी माटो मसिनो बनाउने र बेर्ना रोप्न लाइनमा कुलेसो वा प्वाल बनाई पाकेको गोबरमल १ किलोग्रामका दरले राख्ने र बेर्ना रोप्ने । सयपत्री फूलमा डढुवा रोगको समस्या आउने गरेकाले बेर्ना रोपेको १० दिन भित्रै डायथिन एम ४५ वा अन्य कुनै ढुसीनासक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई फूलको अवधिभरी २ चोटी स्प्रे गर्नुपर्दछ र यसो गर्नाले उत्पादन बढी लिन सकिन्छ ।

विशेष कार्य

अफ्रीकन जातको सयपत्रीको बिरुवा अग्लो (९० से.मी.) हुने भएकोले हांगाबिंगाहरु कम हुन्छन, त्यसैले बिरुवा सारेको ३० दिनपछि टुप्पोलाई र्चुडेर फालीदिनुपर्दछ । यसो गर्नाले हांगाबिंगाहरु बढी हुने, बिरुवाको फैलावट बढी र होचो बिरुवा भई एकै नासका धेरै फूलहरुको उत्पादन लिन सकिन्छ । यदि माटोकोे अवस्था राम्म्रो छ भने दुई पटक अर्थात बेर्ना सारेको ३० र ४० दिन पछि टुप्पोलाई र्चुडेर फालीदिन सकिन्छ र यसो गर्दा अझ उत्पादन बढाउन सकिन्छ । फ्रेन्च प्रकारको सयपत्रीको बोट होचो हुने भएकोले यो कार्य गर्नु पर्दैन । उत्पादन बढाउन तथा गुणस्तर ीय फूल फूलाउनको लागी हर्मोनहरु जस्तै न्ब्घ, ब्गहष्ल, न्चयधतज च्भतबचमभलतक हरुको प्रयो ग गर्न सकिन्छ ।

गोडमेल

बेर्ना रोपेको २०—२२ दिनमा खेतमा आएको झारको अवस्था हेरी गोडमेल गर्नुपर्दछ । कुनै कुनै बिरुवामा कोपिला लागेको भए उक्त कोपिला चिमटेर हटाई दिनुपर्दछ । यसरी कोपिला हटाई दिँदा बोट झ्याङ्गिएर राम्रो सँग फैलीन्छ ।

फूलकोटिपाई

फूल टिप्ने अवस्थाले फूलको गुणस्तर निर्धारण गर्ने हुनाले सयपत्रीको फूल राम्म्ररी फक्री सकेपछि टिप्नुपर्दछ । फूल टिप्दा घाँम अस्ताइसकेपछि वा घाम नलाग्दै बिहानको समयमा डाँठ सहित टिप्दा फूलको गुणस्तर लामो समय सम्म राम्रो हुन्छ । अफ्रीकन सयपत्रीको थुंगा एक साइजको फुल्ने भएकोले मालाका लागि एकदम उपयुक्त मानिन्छ र बजार मूल्य पनि राम्रो हुन्छ । सामान्यतया अफ्रीकन सयपत्रीको फूलको उत्पादन १२५ देखि १५० कुन्टल प्रति हेक्टर हुन्छ भने फ्रेन्च सयपत्रीको फूलको उत्पादन ८० देखि १२० कुन्टल प्रति हेक्टर हुन्छ ।

( यो लेख फ्लोरिकल्चर एसोसिएसन नेपालको लेखलाई आधार मानेर अन्य विभिन्न स्रोत ,किताबबाट स्वेच्छा पाठक र राजु खत्रीले भेला गरेर परिमार्जित गरि तयार पार्नुभएको हो। )

प्रतिक्रिया

सयपत्रि फुलको खेती प्रबिधी

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?