सयपत्री फुलमा विभिन्न रोगहरुको प्रकोप देखिने गर्दछ,जानौ रोगहरुका बारेमा:-
१) बेर्नाकुहिनेरोग :
सयपत्रीको नर्सरी ब्याडमा वा भर्खरै सारेको कलिलो बेर्ना कुहिने, गल्ने र मर्ने हुन्छ । नर्सरी ब्याडमा केही भर्खरका बेर्ना माटो बाहिर ननिस्कदै मर्दछन भने केहीमा माटो बाहिर आईसकेको बे र्नाको माटोबाट छुट्टिने काण्डमा पानीले भिजेको जस्तो खैरो धब्वा देखिन्छ । त्यस भाग नरम हुन्छ । बोट कमजोर हुन्छ र रोगी बेर्ना लड्दछन् ।
ब्यवस्थापन :
-कार्बेन्डाजिम २ ग्राम प्रति केजी बीउका दरले बीउ उपचार गर्ने ।
- नर्सरीमा बीउ बाक्लो नछर्ने, पानीको निकासको व्यवस्था मिलाउने ।
- रोग रहित माध्यममा बेर्ना तयार गर्ने साथै नाइट्रोजनको धेरै प्रयोग नगर्ने ।
- बीउ छर्नु अगावै नर्सरी ब्याडको माटो फर्मालिन (२%) प्रयोग गरि निर्मुलीकरण गर्ने ।
- ब्याडमा रोगको लक्षण देखिनासाथ कार्बेन्डाजिम वा म्यानकोजेव पानीमा मिसाई डे«न्चिङ्ग गर्ने। बेर्ना सार्ने बितिकै कार्बेन्डाजिमयुक्त ढुसिनाशक बिषादी प्रयोग गर्ने ।
२) पातकोथोप्लेर डढुवा रोग :
यो रोग सयपत्रीमा विभिन्न ढुसीहरुले गर्दा लाग्दछ, मुख्यतः अल्टरनेरिया, सेप्टोरिया र सर्कोेस्पोरा हुन । अल्टरनेरिया ढुसीले गर्दा सयपत्रीको पात तथा डाँठमा गोलाकार वा अनियमित आकारको चक्का चक्का भएको खैरो धब्बा लाग्दछ । सेप्टोरिया ढुसीले शुरुमा तल्ला पातहरुमा पानीले भिजेको जस्तो साना गोलाकार दागहरु देखिन्छन । पछि ती थोप्लाहरु बढ्दै जान्छन, ती थोप्लाहरुको किनारा गाढा खैरो हुन्छ भने बीचमा थेप्चिएको सेतो वा खरानी रङ्गको हुन्छ । रोगी पातहरु सुकेर झर्दछन ।
ब्यवस्थापन :
- उचित मलखाद र सिंचाई प्रयोग गरि स्वस्थ र बलियो बोट हुर्काउने
- स्वस्थ बीउको प्रयोग, बीउ उपचार गर्ने ।
- रोग निरोधक जात लगाउने ।
- खेतको सरसफाईमा ध्यान पु¥याउने ।
-ढुसीनासक विषादी हेक्जाकोजोल वा क्लोरोथालोनिल प्रयोग गर्ने ।
३) सेतोढुसी/पाउडरी मिल्ड्य:
पातमा सेतो खरानी जस्तो लक्षण देखा पर्दछ र धेरै प्रकोप भएमा डाँठ समेतमा लक्षणहरु दे खा परी पातहरु सुक्दछन् ।
ब्यवस्थापन :
- खेतवारी सफा राख्न रोग लागेको पातहरु र झारहरु नष्ट गर्ने ।
- डिनोकाप (काराथेन) वा कार्बेन्डाजिम (बेभिष्टिन) पानीमा मिसाई पातहरु राम्ररी भिज्ने गरी छर्ने । वा ट्राईडेमर्पm (क्यालिक्जिन) प्रयोग गर्ने ।
४) फूलकोकोपिला कुहिनेः
फूलको कोपिलामा खैरो धव्बाहरु देखा पर्दछ । फूलको पत्रदल र पुष्प काण्ड समेतमा लक्षण देखा पर्दछ । पुष्पदलहरु खैरो हुन्छ रोगी कोपिला फक्रन सक्दैनन् र कोपिला सुक्दछ ।
ब्यवस्थापन :
- नियन्त्रणका लागि म्यानकोजेवयुक्त ढुसीनाशक प्रयोग गर्ने ।
५) फूल कुहिने/बोट्राईटिस रट :
फूलको पुष्पदलहरुमा सानो सानो खैरो धब्वा देखिन्छ । पछि सबैतिर फैलिएर फूल नष्ट हुन्छ । उच्च आर्दता भएको मौसम यो रोगका ढुसीहरुका लागि उपयुक्त हुन्छ, रोगको प्रकोप बढ्दछ ।
ब्यवस्थापन :
- खेतवारीको सरसफाईमा ध्यान दिने ।
-मरेका र सुकेका हांगाविंगा, पातहरु वोट र खेती वरपरबाट हटाउने ।
-प्रोपिनेवयुक्त ढुसीनासक विषादी प्रयोग गर्ने ।
६) ढुसीजन्य ओइलाउनेरोग :
सुरुमा बोटको तल्ला पातहरु पहेंला हुन्छन र पछि माथिल्ला पातहरु पनि पहेलिदै मर्दछन् । बोटहरु ओईलाउदछ । रोगी बोटको डाठ चिरेर हेर्दा भित्र खैरो भएर नष्ट भएको हुन्छ । रोगी वोटको जरा र वोटकै वृद्धि रोकिन्छ र अन्तमा सम्पूर्ण वोट मर्दछ । यो रोग लागि सके पश्चात नियन्त्रण गर्न कठिन हुन्छ किनकि रोग लाग्ने कारक ढुसी माटोमा रहन्छन ।
ब्यवस्थापन:
- रोग रहित बीउ, रोग निरोधक जात प्रयोग लगाउने ।
- बीउ र माटोको उपचार गर्ने ।
-पानीको उचित निकास गर्ने ।
-वाली चक्र अपनाउने ।
- नर्सरीमा पुराना बालीको अवशेष नष्ट गर्ने ।
- रोग लागि सकेको बोट उखेल्ने ।
- उचित मलखाद र सिचाई प्रयोग गर्ने ।
- जरामा चोट पटक नलगाउने ।
- बचाउका लागि बेर्ना सार्नु अगाडी ढुसीनासक विषादी
- कार्वेन्डाजिमको घोलमा जरा डुबाएर बेर्ना उपचार गरि रोप्ने ।
- कार्वेन्डाजिम वा कार्वेन्डाजिम र म्यानकोजेवयुक्त ढुसीनाशक पानीमा मिसाई ड्रेन्चिङ गर्ने ।
७) व्याक्टेरियाजन्य ओइलाउनेरोगेः
सुरुमा बोटको माथिल्लो भाग अनि तल्लो भाग ओइलाउदछ । रोगी वोटको डांठहरु भित्र खैरो भएर नष्ट हुन्छ । बोटहरु सर्लक्क ओइलाएको पाइन्छm। (रोगी वोटको डांठ काटेर सिसाको गिलासमा राखिएको सफा पानीमाmडुवाउदा काटेको भागवाट सेतो संकाणुहरुको फिंज जस्तो निस्के को देख्न सकिन्छ ।)
ब्यवस्थापन:
-रोग निरोधक जात लगाउने ।
-रोग मुक्त बीउ लगाउने ।
- वाली चक्र अपनाउने ।
- व्याक्टेरिया नभएको जमिनमा मात्र वेर्ना लगाउने ।
- रोगी वोटहरु उखलेर नष्ट गर्ने ।
- बचाउका लागि सफ्टगार्डंं वा स्ट्रेप्टोमाईसिन सल्फेटंटेट्रासाईक्लिन हाईड्रोक्लोराईड प्रयोग गर्ने ।
८) भाईरसजन्य रोग :
- रोगी बोटको पातहरु पहेंलो रङ्गको, छिरबिरे, ससाना, घुम्रिएको हुन्छ । बोटको टुप्पाहरुमा गुज्मुजिएको लक्षण देखा पर्दछ । बोटको बृद्धि रोकिन्छ ।
- भाईरसजन्य रोग लागि सकेपछि नियन्त्रण गर्न सकिदैन ।
- रोग फैलिन नदिन लाही, थ्रिप्स, सेतो झींगा, सुलसुले तथा अन्य चुस्ने कीराहरुको नियन्त्रण गर्नुपर्छ । कीर ाहरुको नियन्त्रणको लागि दैहिक विषादी प्रयोग गर्ने ।
- रोग लागिसकेको बोट उखेलेर नष्ट गर्ने ।
- झारपात नियन्त्रण गर्ने ।
- रोग सहनसक्ने जात लगाउने ।
- बचाउका लागि सफ्ट गार्ड वा अन्य रोग निरोधक तत्वहरु प्रयोग गर्न सकिन्छ ।
(यो लेख फ्लोरिकल्चर एसोसिएसन नेपालको लेखलाई आधार मानेर अन्य विभिन्न स्रोत ,किताबबाट स्वेच्छा पाठक र राजु खत्रीले भेला गरेर परिमार्जित गरि तयार पार्नुभएको हो। )