१ ) गवारोः
कीराको गवारो वा लाभ्रेले सयपत्रीको पात, कोपिला र फूलमा क्षति पुर्याउदछ । यो कीराहरुले कलिलो बेर्नाको डाँठ काटेर समेत नोक्सानी गर्दछ । सानो अवस्थामा लाभ्रेहरुले पातको तल्लो सतहबाट हरियो पदार्थ कोत्रेर खान्छन्, अलिक ठुलो भएपछि भने यिनीहरुले पातका साथै कोपिलामा दुलो पारेर खान्छन् । फूलमा आक्रमण गरेको अवस्थामा फूलमा गवारोको विष्टाहरु दे ख्न सकिन्छ । पुष्पदलहरु झर्दछन् र फूल नष्ट हुन्छ ।
ब्यवस्थापन :
- सयपत्री खेती वरपरका झारपात एवं झाडीहरु (गवारोको आश्रयस्थल) नष्ट गर्ने ।
- खेतको सरसफाईमा ध्यान पुर्याउने ।
- गवारोलाई हातले टिपेर नष्ट गर्ने ।
- लाभ्रेहरु माटोमा लुक्दछन र त्यही अचल अवस्थामा जान्छन यो कीरा बढी लागेका बेला खे त बारीमा पानी पटाउनसके यिनीहरुको केही हदसम्म नियन्त्रण हुन्छ ।
- जैविक विधि अन्र्तगत विटिको प्रयोग साथै प्राकृतिक नियन्त्रण विधिःकीरामा भाइरसजन्य रोग, परजिवी र परभक्षीको प्रयोग गर्न सकिन्छ
- निममा आधारित कीटनाशक पदार्थहरु प्रयोग गर्ने ।
- साईपरमेथ्रीनंक्लोरोपाइरिफस वा डेल्ट्रामेथिन वा फिप्रोनिल वा ट्रायजोफस वा कार्टप हाईड्रो क्लोराईड छर्ने ।
२) पातमा सुरुङ बनाउने किरा :
यो सयपत्रीको एक मुख्य हानिकारक कीरा हो । वयस्क अवस्थाको पोथी कीरा झींगाहरुले पातमा छिद्रा/प्वाल पारी रस चुस्दछ साथै फुल पनि पार्दछ । ती फुलहरुबाट मसिना औसा (maggot) निस्की पातको माथिल्लो भागमा नागवेली सुरुङ्गहरु बनाउदछ, जुन पातमा लेखे को जस्तो देखिन्छ । पुरानो पातहरुमा पहिले आक्रमण गर्दछ । झींगा लागेको पातहरु रोगाउदछन ।
ब्यवस्थापन :
- स्वस्थ विरुवा हुर्काउने ।
- उचित सिंचाई व्यवस्थापन गर्ने ।
- क्षति भएका पातहरु टिपेर हटाउने ।
- कीराको क्षति सहनसक्ने जात लगाउने ।
-कीटनाशक विषादीहरु:ट्रायजोफस वा कार्टप हाईड्रोक्लोराईड छर्ने ।
३) थ्रिप्प्स :
थ्रिप्सले सयपत्रीको कलिला पातहरु चुस्दछन् । सयपत्रीको फूलले थ्रिप्सलाई आर्कषण गर्दछ । थ्रिप्सले फूलको पत्रदलहरुमा कोर्तदछन् र रस चुसी धर्का, दागहरु वा खैरो धब्वा बनाउदछ । फूलको कोपिला तथा फूल विर्गादछ । थ्रिप्सले आक्रमण गरेको फूल राम्रो संग खुल्न सक्दैन। पातमा आक्रमण भएमा विरुवाका पातहरु खुम्चन्छन वा बटारिन्छन । यसका प्रकोपका कारण विरुवा बढ्न सक्दैन ।
ब्यवस्थापन :
-थ्रिप्स कीराको क्षति सहन सक्ने स्वस्थ विरुवा हुर्काउने ।
-एकीकृत शत्रुजीव व्यवस्थापन गर्ने ।
-वरपरका झारपात हटाउने ।
-सरसफाईमा ध्यान दिने । -निममा आधारित कीटनाशक पदार्थहरु प्रयोग गर्ने ।
-यसको नियन्त्रणको लागि ईमिडाक्लोरोपिड वा एसिफेट ईमिडाक्लोरोपिड वा थायामे थोक्साम प्रयोग गर्ने ।
४) लाही :
लाही कीराले विरुवाको विभिन्न भागहरुवाट रस चुस्दछ । लाहीको माउ र बच्चा दुबैले कलिला पातहरुको तल्लो सतहमा बसेर रस चुस्दछ । पात पहेंलो र गुजुमुज्ज पर्दछ । लाहीहरुले गुलियो पदार्थको दिसा गर्दछ, जसमा ढुसी लागेर विरुवाको सतहमा कालो बनाउछ ।
ब्यवस्थापन :
-विभिन्न प्रकारका प्राकृतिक शत्रुहरुले लाही कीरालाई नाश गर्दछन ।जस्तैः लेडि बर्ड बिटल
-दैहिक विषादी डाईमेथोएट,ईमिडाक्लोरोपिड प्रयोग गर्ने ।
-पहेंलो पासोको प्रयोग गर्ने ।
५ )सेतोझींगा :
सेतो झींगा बयस्क कीराको शरीर पहेलो र पखेटा सेता हुन्छन । कीराले पातको तल्लो भागमा बसी रस चुस्दछ । यस कीराले धेरै थरीका भाईरस रोगहरु सार्दछन् ।
ब्यवस्थापन :
- रोकथामका लागि निममा आधारित कीटनाशक प्रयोग गर्ने ।
-दैहिक विषादी डाईमेथोएट वा ईमिडाक्लोरोपिड वा डायफेनाथियुरोन प्रयोग गर्ने ।
६) रातोसुलसुलेः
सुलसुले सयपत्री खेतीको एक मुख्य शत्रु हो । सुलसुलेहरु ज्यादै साना प्राणी हुन् यीनीहरु कीरासंग सम्वन्धित छन् तर कीरा हैनन् ।सुलसुलेको शरीर गोलो वा लाम्चो हुन्छ । बयस्क अवस्थामा यिनका चार जोर (आठ वटा) खुट्टा हुन्छन् र यिनको मुखाकृति सियो जस्तो तिखो हुन्छ, जसको सहायताले जालो बनाउदछ । यिनीहरुले विरुवाको पातबाट रस चुस्दछन । यिनले खाएको ठाँउमा मसिना सेता खैरा दागहरु देखिन्छन । बोटको वृद्धि रोकिन्छ, उत्पादन कम वा शुन्य हुन्छ । सुख्खा मौषम भएमा यसको प्रकोप र क्षति बढ्दछ ।
ब्यवस्थापन :
-सिंचाईको राम्रो प्रवन्ध गर्ने ।
-नियन्त्रण गर्न प्रोर्पाजाईट वा डाइकोफोल वा स्पाईरोमेसिफेन वा एवामेक्टिनयुक्त सुलसुलेनासक बिषादी प्रयोग गर्ने
(यो लेख फ्लोरिकल्चर एसोसिएसन नेपालको लेखलाई आधार मानेर अन्य विभिन्न स्रोत ,किताबबाट स्वेच्छा पाठक र राजु खत्रीले भेला गरेर परिमार्जित गरि तयार पार्नुभएको हो। )