नाईट्रोजन तत्व धानबालीको लागि अत्यन्तै आवश्यक हुन्छ।यसको मात्रा कम भएमा धानबाली पहेंलो हुने र यसले धानको उत्पादनमा पनि असर पर्ने गर्छ।यसको ठीक विपरितमा यसको मात्रा बढी भएमा धानको वनस्पति वृद्धि मात्र भई प्रजनन वृद्धि कम भई धानको बोटहरु ढल्ने गर्दछ। साथसाथै रोग कुराहरूको संक्रमण पनि बढ्ने गर्दछ। त्यसैले हामीले धानबालीमा नाईट्रोजनको मात्रामा ध्यान दिनु पर्छ।यसको लागि हामिले लीफ कलर चार्ट (leaf colour chart) भन्ने उपकरण प्रयोग गर्छौ।
लीफ कलर चार्ट एउटा सजिलो र सस्तो उपकरण हो जसको मद्दतबाट किसानहरु आफैले आफ्नो खेतमा नाईट्रोजनको मात्रामा कमी छ कि छैन भनेर थाहा पाउन सक्छन्।यो उपकरण IRRI र Philipines rice research institute द्वारा निर्माण भएको हो।सामान्य रूपमा हेर्दा खेरी यो प्लास्टिकबाट बनेको रुलर आकारको
स्ट्रिप हुन्छ जसमा चार वा बढी प्यानल (panel) हरू समावेश हुन्छ।त्यो प्यानल हरु पहेँलो हरियो देखि गाढा हरियो रंगमा विभाजन हुन्छ।
यो हामीले आजभोलि धानबालीमा मात्रै नभएर मकै,गहुँ बारीमा पनि प्रयोग गर्ने गरेका छौ। आजभोलि हामीले विभिन्न थरीका लीफ कलर चार्टहरु बजारमा सजिलै सँग भेट्न सक्छौ।
यसको प्रयोग कसरी गर्ने
यसको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा हरु
यसको प्रयोगले हुने फाइदाहरु