Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

लकडाउनका बेला पनि विषादी परीक्षण गरिरहेका छौं

admin
२०७७ जेठ ३० , शुक्रबार ०२:०६ मा प्रकाशित | ८९८ पटक पढिएको

लकडाउनका समयमा नेपाली किसानहरुले उत्पादन गरेका कृषि उपजहरु खेतमा नै कुहिएर गईरहेको भएपनि भारतबाट तरकारी जन्य बस्तुको आयात भने रोकिएको छैन । यस समयमा एकातिर कोरोनाको त्रास छ भने अर्कोतिर विषादी प्रयोगको मात्रा पनि बढी भईरहको बताइएको छ । यस समयमा विदेशबाट आयात गरिरहेका तरकारी तथा फलफूलको विषादी परीक्षण कसरी भईरहेको छ भन्ने विष्वायमा प्लाण्ट क्वारेण्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँसँग गरिएको कुराकानीको अंश :

० अहिले लकडाउनको अवस्था छ, तरकारी तथा फलफूलहरु उपत्यका भित्रिने क्रम रोकिएको छैन तर विषादी परीक्षण रोकिएको छ भन्छन् नि जनताले विषादी खाईरहेका छन् ?

लकडाउनका अवस्थामा उपत्यका भित्रिएका ताजा तरकारी तथा फलफूलहरु कतिपय आफ्नै देशमा उत्पादन भएका छन् भने छिमेकी राष्ट्र भारतबाट पनि आयात भईरहेको अवस्था छ । बाहिर हल्ला भए जस्तो विषादी परीक्षण नभएको होइन । सीमानामा नै विषादी परीक्षण गरेर नै भित्रिने गरेको छ । उपभोक्ताहरुलाई ढुक्कसँग ताजा तरकारी तथा फलफूल उपभोग गर्न अनुरोध गर्दछ ।

० अहिले कोरोना संक्रमण न्यूनिकरण गर्नका लागि कालिमाटी तरकारी बजार वन्द गरिएको भन्ने आईरहेको छ । यो अवस्थामा तरकारी त अन्य स्थानबाट पनि विक्री भईरहेको छ विषादी मुक्त होला भन्ने कुरा कसरी विश्वास गर्ने त ?

भारतबाट आयात गरिएका तरकारी तथा फलफूलहरु विशेष गरी नेपालगञ्ज, भैरहवा विराटनगर भन्सार नाका नजिक रहेको विषादी विश्लेषण केन्द्र मार्फत परीक्षण गरेर नै आईरहेका छन् । त्यहाँबाट काठमाडौं आईसकेपछि कालीमाटीमा रहेको प्रयोगशालामा विभिन्न स्थानबाट नमूना संकलन गरी परीक्षण गरिँदै आएका छौं ।

० तरकारी विहानै आउँछ परिक्षणको प्रतिवेदन आईपुग्दासम्म उपभोक्ताको भान्सामा पुगिसकेको हुन्छ । यो अवस्थामा सुरक्षित विषादी मुक्त तरकारी कसरी भन्ने त ?

हामीले भारतबाट आयात गरिएका तरकारीहरु सीमानामा नै परिक्षण गरिसकेका हुने छौं । परिक्षण गरेर विषादी छैन भन्ने पुष्टि भएपछि प्रमाणपत्र उपलब्ध गराएर मात्र आयात हुने गर्दछ । काठमाडौं आईसकेपछि भनि विषादी चेकजाँच गरेर प्रतिवेदन आईसकेपछि मात्र विक्री वितरण गर्नका लागि हामीले व्यवसायीहरुसँग आग्रह गरिरहेका छौ ।

० यो भारतबाट आयात गरिरहेका तरकारीका कुरा भए तर नेपालमा उत्पादन भएका तरकारीमा पनि त विषादी त धेरै प्रयोग हुने गरेको त विगतले देखाउँछ ?

हो । त्यही भएर पनि हामीले यो लकडाउनको समयमा सवै ठाउँमा पुग्न नसकेपछि आयात हुने नाकाका विभिन्न स्थानहरुमा पुगेर नमूना संकलन गरी विषादीको मात्र चेकजाँच गरिरहेको छौं । हामीले गर्नु पर्ने काम लकडाउनको समयमा पनि छुटाएका भने छैन । कसरी उपभोक्ताहरुलाई विषादी रहित ताजा तरकारी ख्वाउने भन्नेमा हामी लागिरहेको छौं ।

० उपभोक्ताहरुलाई आफूले खरिद गरेर ल्याएको तरकारीमा विषादी छ कि भन्ने शंका लाग्यो भने के गर्ने छ ?

सवैभन्दा महत्वपूर्ण कुरा के हो भने विषादीको मात्रा धेरै भएको तरकारी पूर्ण रुपमा वन्देज छ । तरकारीमा विषादी नै प्रयोग हुनु हुँदेन भन्ने होइन । किसानले तरकारी उत्पादन गर्नका लागि प्रयोग गरेको विषादीको प्रयोगपछि कहिले तरकारी बजारमा ल्यायो र त्यसमा विषादीको मात्रा कति छ भन्ने हो । हामीले त्यसका लागि नै विषादी परीक्षण गर्ने हो । अव उपभोक्ताहरुलाई शंका लाग्नु स्वभाविकै हो । यदि त्यस्तो लाग्दछ भने बजारबाट तरकारी किनेर भान्सामा ल्याईसकेपछि तरकारी पकाउनु भन्दा अगाडि केही सावधानी अपनाउने हो भने त्यसबाट पनि बच्न सकिन्छ ।
० बढी विषादी हुन सक्ने तरकारीहरु चाहिँ कुन कुन हुन त ?

किसानहरुले उत्पादन गरेको बेमौसमी तरकारीमा विषादी बढी प्रयोग गर्ने गरेको पाइन्छ । मौसम अनुसारका तरकारी भन्दा पनि बेमौसमी तरकारी उपभोक्ताहरुले खरिद गर्नु भएको छ र भान्सामा पु¥याउनु भएको छ भने त्यस्ता तरकारीमा विषादी प्रयोग गर्नु पर्ने किसानको वाध्यता भएका कारण बेमौसमी तरकारीमा ख्याल गर्नु पर्ने हुन्छ ।

० भान्सामा पु¥याईसकेपछि पनि सजगता नपाउने सकिन्छ होला नि त ?

पक्कै सकिन्छ । यदि उपभोक्ताहरुलाई आफूले किनेको तरकारी वा फलफूलमा विषादी प्रयोग भएको छ भन्ने शंका लागेमा सवैभन्दा पहिलो किनेको तरकारी तथा फलफूल निर्मलीकरण गरी प्रयोग गर्ने । त्यससँगै विषादी प्रयोग गरिएका तरकारी बजारमा लैजानुभन्दा अगाडि किसानहरुले कुर्नु पर्ने समय कुरिदिनु भयो भने सहज हुन्छ । यो किसानहरुले प्रयोग त गरिरहनु भएको छ तर कहिलेकाँही विषादी प्रयोग भएको र कुर्नु पर्ने समय नकुरिकन बजारमा ल्याएको देखिन्छ । त्यसबाट बच्नका लागि हामीले बजारबाट किनेर ल्याएको तरकारीलाई मनतातातो नून पानीमा २० मिनेट डुवाएर राख्ने हो भने त्यसबाट हामी मुक्त हुन सक्छौं । त्यो सँगै हामीले खाने सोडाको पानी घोलेर फलफूल तथा तरकारीलाई २० मिनेट डुवाएर राख्ने र त्यसपछि शुद्धमानीले सफा गरेर पनि विषादीबाट मुक्त हुन सक्छौं ।

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?