रुपन्देहीको तिलोत्तमाका रमेश पाण्डेले तराईमै स्याउ फलाउनु भएको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ उहाले तराईमा फलाउनु भएको हो। । ४ वर्ष अघि उनले तिलोत्तमा रहेको लुम्बिनी नर्सरीमा स्याउको बिरुवा लगाएर स्याउको परीक्षण गर्नुभएको थियो । विरुवा लगाएको पहिलो वर्षमै ४ वटा फल लागेको थियो ।त्यस्तै दोस्रो वर्षमा १ सय स्याउँ फलेकोमा यस वर्ष एउटै बोटमा ३ सय देखि ४ सय सम्म स्याउ फलेको छ । विरुवा लगाएको ३ वर्षमा लटरम्म स्याउँ फलेपछि तराईमा पनि स्याउ फलाउन सकिने सफल परीक्षण भएको नर्सरी सञ्चालक पाण्डेले बताउनु भयो।लुम्बिनी नर्सरीमा उहाले ४ वर्षअघि भारतबाट विरुवा लिई मिलिङ भन्ने जंगली स्याउको बोटमा लो चिलिङ जातको बोटको कलमीबाट स्याउको बोट तयार गर्नुभएको थियो । ८ सय देखि २ हजार मीटर उचाईसम्ममा यो लो चिलिङ जातको स्याउ व्यवसायिक रुपमा नै उत्पादन गर्न सकिने उहाले बताउनु भयो।केही समय अगाडी उहाँको फर्मा अध्यन तथा अबलोकन देशका विभिन्न भागबाट आएर उहाको फर्म अबलोकन गर्नेको संख्या वृद्धि हुदै थियो । केहि समय अगाडि सुदुर पश्चिम प्रदेश भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि बिकास निर्देशनालय तथा ज्ञान केन्द्रका प्रतिनिधिको टोलिले अबलोकन गरेको थियो, तेस्तै गण्डकी प्रदेश शितोष्ण बागबानी बिकास केन्द्र मार्फा मुस्ताङबाट स्याउ बिज्ञहरुको टोलिले रुपन्देहीको लुम्बिनी नर्सरी एन्ड गार्डनमा तराइमा फल्ने स्याउ तथा बेमौसमी सयपत्री फुलको अबलोकन तथा जानकारी लिनुभएको थियो । उहाले पनि तराईमा परिक्षण सफल भएको बिरुवालाई मुस्ताङ परिक्षण गर्ने सल्लाह दिनु भएको थियो।अहिले लकडाउने यस्ता कार्यक्रम ठप्प भएको बताउनु हुन्छ। लकडाउने फर्ममा काम गर्न त गार्हो छैन। बिरुवा ल्याउने लैजाने समस्या भएको उहाँ बताउनु हुन्छ।अहिले थप पुष्प ब्यबसायमा थप अनुसन्धान गरि पुष्प ब्यबसायमा नयाँ आयाम थप्ने सोचम उहाँ हुनुहुन्छ।
स्रोत : कृषि प्रेस