Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

रासायनिक मल कारखाना खोल्नेबारे अध्ययन गर्न कार्यदल गठन

krishireview
२०७७ भदौ २१ , आईतबार ०५:०९ मा प्रकाशित | १०२२ पटक पढिएको

काठमाडौ -नेपालमा मल रासायनिक कारखाना खोल्नेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

मल कारखानाबारे भएका पुरानो अध्ययन र अबका सम्भावनाबारे परामर्श तथा छलफल गरेर कार्यदलले प्रतिवेदन तयार गर्ने र सोहीअनुसार थप कार्य अगाडि बढाउने मन्त्री भुसालको भनाइ थियो ।

लगानी बोर्ड र १९८० को दशकमा डोनीडाले गरेको अध्ययन प्रतिवेदन पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ । मल कारखानाको सम्भावनाबारे विभिन्न मन्त्रालयले पटक-पटक छलफल गरेको भए पनि त्यस्तो छलफलमा कृषि मन्त्रालय सहभागी नभएको आफूले पाएको उनले बताए ।

स्रोत ;अन्लाईन खबर!

प्रतिक्रिया

मल कारखाना मल बहस
यो पनि हेर्नुहोस् : बंगलादेशबाट आयो मल

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?