काठमाडौ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेकोमा आत्मालोचना गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा मन्त्रालय दुःखी भएको उल्लेख गरेका छन् ।
‘जे सुकै कारणले होस् युरिया मलको अभावले गर्दा किसानले भोग्नु परेको असुविधाप्रति मन्त्रालय परिवार दुःखी छ, सचिव भारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सुरुमै खेतमा मल आवश्यक पर्दा नपाएका किसानले स्थानीय पालिकामा आन्दोलन गरी मलको मागसमेत गरेका थिए । तर त्यति गर्दासमेत मल भने उपलब्ध भएको थिएन र अहिले टप ड्रेसिङको बेला झन आवश्यक रहदा सरकारले ठोस कदम नचाल्द जनता निराश देखिएका थिए।
मल अभाव हने आकलनकासाथ समयमै मन्त्रालयले बजेट निकासा गरेर काम अघि बढाए पनि कोरोनाको विषम परिस्थीतिका कारण समस्या भएको विज्ञप्तिमा जनाइएको छ ।
धान खेतीका लागि अहिले किसानहरुलाई युरिया मल अति आवश्यक हो । तर यहि बेला सरकारले मल उपलब्ध गराउन नसकेपछि किसानहरु निराश छन् । कृषि क्रान्तिको नारा लगाउने सरकारले किसानलाई मल समेत पुर्याउन नसकेपछि जनतामा चरम निराशा छाएको देखिन्छ।
३२ हजार १९० मेटि्रक टन मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको भन्दै मन्त्रालयले एक सातापछि नेपालमा मल आउन थाल्ने दाबी गरेको छ ।
देसका अधिकाम्स किसान अहिले समस्यामा छन् ।यस्तो बेलामा सरकारले ढिलै भएनी कदम चालेकोप्रती सकारात्मकता व्यक्त गर्दै आउदा दिनमा अझ दीर्घकालीन सोच्न सुझाब दिएका छन् ।