परिचय
भुइँ ऐंसेलुलाई अङ्ग्रेजीमा Strawberry भनिन्छ।यसको वानस्पतिक नाम Fragaria ananassa हो । यो Rosaceae परिवारमा पर्छ। नेपालमा यसको खेती केही वर्ष अगाडिदेखि गर्दै आएको पाइन्छ। यो खेतीलाई पकेटको रूपमा विकास गर्न सकेका खण्डमा बढी उत्पादन भई छिमेकी राष्ट्रहरूमा जाम बनाई निर्यात गर्न सकेमा केही व्यक्तिहरूले रोजगार पाउँछन् । खेती गर्ने कृषकहरूले बढी प्रोत्साहन पाई काम गर्ने हौसला बढ्ने र जग्गा हराभरा भई वातावरण राम्रो देखिन्छ । यसको खेतीका लागि पहाडी इलाका उपयुक्त मानिन्छ । काठमाडौँ उपत्यकामा पनि यसको खेती गर्न सकिन्छ । यो फल स्वादिष्ट हुन्छ । फल गोला र अन्डा आकारको पाकेको फल रातो रङको हुन्छ । स्ट्रबेरी भिटामिनयुक्त, दाना तथा बोक्रासमेत नहुने फल हो । यसको खेती प्लास्टिक हाउस (सेड) बनाई गर्न सकिन्छ ।
यो फलमा केही चिल्लो पदार्थ, प्रोटिन, प्रशस्त भिटामिन र खनिज पदार्थ पाइन्छ । यसको खेतीका लागि पकेट क्षेत्रको रूपमा ककनीलाई लिइन्छ । जहाँ भुइँ ऐसेलुको केही मात्रामा खेती गरिएको पाइन्छ । जुन खेतीका लागि सम्बद्ध निकायको तत्काले ध्यान जान जरुरी देखिन्छ। यस तरिकाबाट स्याउ, नास्पाति, आरु, आलुबखडा, खुरपानी, पुन्स,कागजी बदाम र ओखरमा गर्न सकिन्छ, तर सदावहार विरुवामा गर्न सकिदैन ।
हावापानी
यसको खेतीको लागि समुद्र सतहदेखि १०००-२००० मिटरसम्म गर्नु उपयुक्त हुन्छ । पानी धेरै नजम्ने चिसो हावा भएको, राम्रो घाम लाग्ने, शीतोष्ण हावापानीमा हुने बिरुवा भए पनि समशीतोष्ण हावापानीमा पनि 1 खेती गर्न सकिन्छ । बोट वृद्धिको लागि र विकास हुनको निमित्त २२-२५° तापक्रम उपयुक्त हुन्छ ।
माटो
यसको खेती गर्न दोमट बलौटे, ढुड्डा नभएको माटो भएमा राम्रो हुन्छ, भिरालो जग्गा, पानी नजमेको हुनुपर्छ । माटाको अम्लीयपन पिएच ५.७ देखि ६.५ भएमा फल उत्पादन हुने उपयुक्त माटो मान्न सकिन्छ ।
पानीको निकास
जुनसुकै खेती गर्दा पनि पानीको निकास गर्न अति जरुरी हुन्छ । जसले गर्दा उत्पादनमा ह्रास नजाओस भन्नका लागि जग्गाको चारैतर्फ २५-३० से. मी. गहिराइ, चौडाइ बनाई कुलेसो बनाउनु पर्छ । जसले गर्दा पानीले नोक्सानी हुनबाट बचावट हुने, परेको पानी बगेर जान सजिलो हुन्छ र पानी जमेर जरा कुहिएर जाने समस्यासमेत नियन्त्रण हुने छ ।
जग्गाको तयारी
भुइँ ऐसेलु खेती गर्नका लागि जग्गालाई २-३ पटक खनजोत गरी पाकेको कम्पोस्ट मल प्रतिरोपनी ४०-५० डोको र डि ए पी मल ५ केजी सबै माटामा छरी जग्गा तयार गर्नुपर्छ, जसले गर्दा माटो र मल राम्रोसित पाकेको हुन्छ पुनः एकपटक माटालाई चलाई ड्याङ बनाउनु उपयुक्त हुन्छ । ड्याङको उचाइ २०-२२ से मी., चौडाइ ६० से मी र लम्बाइ जग्गा अनुसार बनाउनु पर्छ ।
स्ट्वेरी रोप्न तयार भएको दबाङमा छड्के तरिका वा सो तरिकाबाट १ बोटबाट अर्को वोट ३० से मी, एक रौबाट अर्को से ३० से मी फरक गरी १ ड्याङमा २ लाइन जुटको डोरी तन्काई लाइन मिलाई बोट रोप्नु पर्छ । यसरी रोपेको स्ट्वेरीमा नसरेसम्म दिनको २ पटक कारीबाट पानी दिनुपर्छ। बोट सरेपछि चिस्यान तेरी सिंचाइ गर्नुपर्छ। स्ट्रबेरीका जात धेरै छन् जस्तै- 11) Robinson (रोबिन्सन), (२) Gen जिन), (३) जापानिजमा न्योहो जात नेपालमा राम्रो भएको छ ।
लगाउने तरिका
0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 |
0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 0 |
काँटछाँट
भुइँ ऐसेलुको बोटमा काँटछाँट गर्दा सुकेका पात निरीक्षण गरी कटाउनु पर्दछ । यसो गर्दा उत्पादनमा वृद्धि हुने गर्दछ । पहिला रोपेको मूल बोट राखी बाँकी सबै रनर्स उखेलेर हटाई दिनुपर्छ । पहिला रोपेको मूल बोटको झ्याङबाट आएका रनर्समध्ये बढीमा चार वटा रनर्स उचित दूरीमा राखेर नर्सरीमा सार्नु पर्छ र बाँकी रनर्स सबै उखेलेर हटाई दिनुपर्छ । भुइँ ऐसेलु, फल पाक्न थालेपछि हरेक २-३ दिनमा पुन टिप्ने बेला हुन्छ, फुलेको करिब ३०-४५ दिनभित्र र फलको पूर्ण विकास भएको १५-२० दिनपछि फल टिप्न लायक हुन्छ ।
उत्पादन
प्राविधिकको सल्लाह अनुसार खेती गरेमा प्रति हेक्टर १७५-३०० क्विन्टल र प्रति बोटमा ३०० ग्राम उत्पादन हुन्छ । चिसो कोठामा भण्डारण गर्दा ३२° सेन्टिगेट भएको स्थानमा १० दिनसम्म राख्न सकिन्छ । प्राविधिकको सल्लाह अनुसार खेती गरेमा प्रति हेक्टर १७५-३०० क्विन्टल उत्पादन हुन्छ ।
रोगहरू
खैरो ठुसी रोग : यो रोगले पहिला पाकेको फलमा आक्रमंण गरेपछि फलमा खैरो धुलोजस्तो देखापर्छ र फल सडेर जान्छ । रोग नियन्त्रण गर्न पहिलो रोग देखिनासाथ फल टिपेर जम्मा गरी चान्टो बनी माटोमुनि राखी पुरिदिने व्यवस्था गर्नुपर्छ। फूल फूल्नासाथ क्याप्टान या ब्लाइटक्स पाउडर १ लिटर पानीमा २ ग्राम राखी पुरै बोट भिज्ने गरी स्प्रेयर गर्नुपर्छ। हप्ता दिन फरक गरी २ पटक पाउडर छर्नाले रोग नियन्त्रण हुन्छ ।
खरानी रोग : यो रोग खास गरेर सुख्खा समयमा पातको झुप्पामा पाउडरको धुलोजस्तो थुप्रो देखिन्छ। पात, फूल, फल र बोटसमेत आक्रमण भएपछि बोट सुकेर जानसक्छ । त्यसकारण फागुन-चैत्र र जेठ-अाषाढमा गन्धक या बेभिस्टिन पाउडर स्प्रेयर गर्नुपर्छ ।
किराहरू
(१) लाही (Aphid): यो किराले चैत्र महिनादेखि आक्रमण गर्न सक्ने भएकाले समयमै रेखदेख गरी रोगर १ लिटर पानीमा २-३ मि.ली. रात्री छर्नाले किरा नियन्त्रण हुन्छ ।
(२) खपटे किरा र माकुरा सुलसुले (Spider mite): माथि उल्लेख भएको किरावाटे बढी नोक्सानी गर्ने भएकाले समयमै रोग र विषादी १लिटर पानीमा २ मि.ली. राखी स्पेयर गर्ने ।
भुई ऐँसेलु (Strawberry) टिप्ने २०-२५ दिन अगाडि विषादी नछर्की हार्दिक अनुरोध गर्दछौँ।
Strawberry (भुइँ ऐंसेलु)