Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

भारतको प्रतिबन्धपछि चीनबाट प्याज आयात

krishireview
२०७७ मंसीर १५ , सोमबार ०८:११ मा प्रकाशित | ८६३ पटक पढिएको

मोरङ – भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा रोक लगाएपछि चीनबाट प्याजको आयात हुन थालेको छ । पछिल्लो दुई महिनामा चीनबाट ६ लाख किलो प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

भारतले भदौ २९ गते देखि लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चीनबाट प्याज आयात सुरु भएको हो ।
चालु आर्थिक वर्षको चार महिनामा ७५ करोड ९० लाख रुपैयाँ बराबरको एक करोड ८९ लाख ८० हजार किलो प्याज नेपाल भित्रिएको छ ।

यसमा ४ करोड १० लाख रुपैयाँ बराबरको चिनबाट आयात भएको प्याच पनि समावेश छ । प्रतिबन्ध अघि नेपालमा भारतबाट मात्रै  एक करोड ५७ लाख ९५ हजार किलो भित्रिएको थियो । भदौ ३० पछि भन्सार च्यानलबाटै २६ लाख किलो प्याज नेपाल भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

कालिमाटी फलफूछ तथा तरकारी बजार विकास समितिकाअनुसार काठमाडौं उपत्यकामा भारतीय सुकेको प्याज १०२ र चिनियाँ प्याज ७० रुपैयाँ प्रतिकिलोमा थोक मूल्यमा बिक्री भईरहेको छ ।

नेपाली व्यवसायीले भारतीय बजार पुगेर प्याज किन्न अप्ठ्यारो नभएपनि दुवै मुलुकबाट भन्सार पास गनर्ैै नसकिने प्याज व्यवसायी बृज भुसन मल्लिकले बताए ।

स्रोत – अन्लाईनखबर ।

प्रतिक्रिया

प्याजको मुल्य बेमौसमी प्याज खेती

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?