सामान्यतया मौसम बिषेसमा फल्ने तरकारीहरुलाई समय अघि वा पछी उत्पादन गर्ने बिधिलाई बेमौसमी खेती भनिन्छ। बाली पात्रोभन्दा छिटो वा ढिलो समयमा लगाउने बालीको माग बढ्दो हुन्छ र यो माग आपूर्ति गर्न बेमौसमी खेती प्रबिधि अपनाइनछ । यस बिधिमा बिरुवालाई आफुलाई चाहिने मौसम अनुसारको हावापानी को व्यवस्था गरी अर्को मौसममा फलाइन्छ । बढ्दो मानिसको जनासंन्ख्या र उनीहरुको खानपानप्रतिको इक्क्षा असिमित छन ्। अहिले हिउँदमा प्रसस्तै पाउने काउली बन्दा हामी चैत्र बैशाखमा खान खोज्छौँ । यस किसिमको आवस्यकतालाई मध्यनजर गर्दै तरकारी बिज्ञानले त्यस्तो उपाय खोजि गरि तरकारी बर्षैभरी लगाउने प्रबिधिको बिकास गरेको छ र यसको प्रयोग नेपालमा भइरहेको छ । यसरी मानिसको इक्क्षापूर्तिको लागि प्रतिकुल मौसम वा सम्भाव्य क्षत्रमा तरकारी खेती गरी उताप्दन लिने र उपभोक्ताको माग अनुसार आपूर्ति गर्ने व्यवसाय नै बेमौसमी खेती हो ।
बेमौसमी खेती गर्न मिल्ने तरकारीहरू
काउली, बन्दा, टमाटर, खुर्सानी, भेडे खुर्सानी, काँक्रो, भेन्ता, करेला, भिन्दि, तर्बुजा, मूला, गाँजर, प्याज, लसुन, हरियो सागपात, केराउ आदि ।
फाइदाहरु
बर्षेनी ताजा तरकारीको माग हुने भएका कारण बेमौसमी तरकारीको मूल्य बढी पाईने
खेतियोग्य जमिनको हरेक मौसममा उचित उपयोग हुने
बेमौसमी तरकारीको आयात देश बिदेशमा सजिलै हुने
किसानहरुलाई बर्षभरीनै रोजगारको अवसर दिने
उत्पादनमा बृधि हुने
बेमौसमी खेती गर्ने तरिकाहरु
अनुकुल हावापानीको उपयोग (विभिन्न सतहको हावापानी अनुकुल तरकारी रोप्ने)
बालि लगाउने समय पृथकता (१५–२० दिन अघि पछि)
जातिय बिबिधता (अगौते, मध्यम र पछौटे जातका तरकारीहरुको छनोट)
बेमौसममा पनि अनुकुल वातावरणको श्रीजना (प्लास्टिक टनेल, प्लास्टिक घर, नेचुरल्ली भेन्तिलेतेद प्लास्टिक घर, नियन्त्रित प्लास्टिक घर)