Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

बेच्न राखिएका फलफूलमा स्टीकर किन टाँसिन्छ?

krishireview
२०७७ भदौ २५ , बिहीबार ०१:०९ मा प्रकाशित | १९१८ पटक पढिएको

फलफूल हाम्रो स्वास्थ्यका लागि उपयोगी कुरा हुन्। तर हामीले किन्ने गरेका सबै फलफूलहरु स्वस्थ छन त? कतै हामीले अस्वस्थ फलफूल त खाँदै आइरहेका छैनौँ? याद राख्नुहोस्, राम्रा र चम्किला देखिने सबै फलफूल स्वस्थ हुन्छन् भन्ने हुँदैन।

अब फलफूल किन्दा कुन स्वस्थ कुन अस्वस्थ भनेर कसरी छुट्याउने त? यसको उत्तर हो फलमा टाँसिने स्टीकरको कोडबाट। हामी सबैले त्यस्तो स्टीकर देखेकै हौँला। तर त्यसको अर्थ के हो र कसरी त्यसको प्रयोग गर्ने भनेर थाहा/चासो नहुन सक्छ। कतिपयको सस्तो फलफूल किन्ने बानी हुन सक्छ। त्यस्तोमा तपाईँले एउटा टोकरीको फल उठाएर भाउ सोध्दा महँगो लाग्यो र अलि सस्तोमा दिन भन्नुभयो भने पसलेले अर्को टोकरीको फलहरु देखाएर ती सस्तो रहेको बताउँछ। सस्तो महँगो पनि त्यही स्टीकरको कोडको प्रकारअनुसार निर्धारण हुन्छ।
त्यसरी फलफूलमा टाँसिने स्टीकरमा चार या पाँच अङ्कको कोड दिइएको हुन्छ। उक्त कोडलाई प्राइस् लुक अप कोड [ Price-Look-Up Code] भनेर भनिन्छ। ती कोडको प्रकार अनुसार फलको गुणस्तर र मूल्य निर्धारण हुन्छ।
PLU कोड तीन प्रकारका हुन्छन्। 

पहिलो प्रकार- 9 बाट सुरु भएको पाँच अङ्कको कोड

यस्तो कोडले फल प्राकृतिक अवस्थामा, कुनै रासायनिक पदार्थ/बिषादीको प्रयोग बिना उब्जाइएको हो भन्ने बुझाउँछ। यस्तो फलहरू पूर्णतया अर्ग्यानिक हुन् र स्वास्थ्यका लागि सबैभन्दा स्वस्थकर हुन्छन्। यस्ता फलहरू स्वाभाविकै महङ्गा हुन्छन्।

दोस्रो प्रकार- 8 बाट सुरु भएको पाँच अङ्कको कोड

फलमा यस्तो कोडसहितको स्टीकर छ भने सो फल जेनेटिकल्ली मोडिफाइड फल [ Genetically Modified Fruit] हो भनेर बुझ्नुपर्दछ। यस्ता फल पूर्णतया प्राकृतिक होइनन्। जस्तै कुनै फलमा कुनै रोगले धेरै क्षति पुर्याइरहेको छ भने त्यो फलमा बाहिरबाट अर्को जिन हालिन्छ र त्यसले प्राकृतिक रुपमा रहेको फलको जेनेटिक कोडलाई परिवर्तन गरिदिन्छ। यसरी उत्पादन गरिएका सबै फलहरू स्वस्थ हुन्छन् भन्ने चाहिँ हुँदैन। यस्तो फलहरू उत्पादन गर्नु अघि विभिन्न अन्तराष्ट्रिय उच्च निकायहरूले तय गरेका मापदण्डहरू पुरा गरेर अनुमती लिनुपर्दछ।


तेस्रो प्रकार- 4 बाट सुरु भएको चार अङ्कको कोड

यी फलहरु कृत्रिम तरिकाले उत्पादन गरिएका हुन्छन्। अर्थात विभिन्न रसायन,बिषादीहरुको साहारामा उत्पादन गरिन्छन्। यस्ता फल स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्। स्वाभाविकै यिनीहरु सबैभन्दा सस्तो मूल्यमा पाइन्छन्।
अब कुन कोड भएको फल किन्ने त? सकेसम्म 9 बाट सुरू भएको पाँच अङ्कको कोड टाँसिएको स्टीकरसहितको फल किन्ने। अथवा दोस्रो प्रकारको कोड भएको फलफूल किन्दा पनि भयो। One apple a day keeps a doctor away भनेर भनिन्छ। तर तेस्रो प्रकारको कोड भएको स्याउ किनेर खानुभयो भने चाहिँ डक्टर अवे होइन डक्टर खोज्दै जानुपर्ने हुन सक्छ है!

स्रोत ;Thinks myopic blogspot

प्रतिक्रिया

फलफूलमा स्टिकर

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?