Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

बागवानी क्षेत्रमा प्रयोग भएका आधुनिक प्रविधिहरु र आम कृषहरुले ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?

krishireview
२०७७ माघ ११ , आईतबार १०:०१ मा प्रकाशित | १४८८ पटक पढिएको

बर्दिबास- नेपाली सन्दर्भमा तरकारी तथा फलफूल उत्पादनका क्षेत्रमा संरक्षित संरचनाको प्रयोग, रोगमुक्त विरुवा उत्पादनका लागि तन्तु प्रजनन्, एकीकृत वाली तथा खाद्यतत्व ब्यवस्थापन, थोपा सिचाइ प्रणाली पर्नेछन् । तथा पानीमा घुलनशिल खाद्यतत्वको प्रयोग, माटो रहित खेती प्रविधि, विभिन्न जैविक नियन्त्रण विधि तथा गड्यौली मल, झोलमल, वेष्ट डिकम्पोजर तथा हार्मोनको प्रयोग जस्ता आधुनिक प्रविधिको अबलम्वन गरी प्रति इकाइ उत्पादकत्व वढाउन अनुसन्धान तथा प्रसारका प्रयास भएका छन् । 

नेपालमा कृषक स्तरमा उत्पादकत्व बृद्धि गर्न संरचनामा आधारित खेती प्रणालीमा आधुनिक प्रविधिको प्रयोगले ब्यापकता लिदै गइरहेको छ । यस लेखमा नेपालमा अबलम्बन गरिएका केही प्रविधिको बारेमा चर्चा गरिएको छ ।

मध्य पहाडी क्षेत्रमा विगत ४– ५ बर्ष देखि तरकारी खेतीमा ब्यापक रुपमा नेचुरल्ली भेन्टिलेटेड प्लाष्टिक घरको प्रयोग भइरहेको छ । भने बाँसको प्लाष्टिक घर २०५२ सालवाट क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेले अध्ययन परिक्षण गरेपछि तरकारी उत्पादनमा सस्तो प्रविधिको रुपमा मध्य पहाडी क्षेत्रमा ब्यापक रुपमा प्रयोग भइरहेको छ । 

संरक्षित संरचनाको प्रयोग:
हाल नेपालमा बेमौसमी तथा ब्यवसायिक तरकारी खेतीका लागि विभिन्न ७ प्रकारका संरक्षित संरचनाहरु प्रयोग भइरहेको पाइन्छ । प्रयोग हुने संरचनामा हाइटेक संरचना, तताउने चिसाउने सहितको तापक्रम, आद्रता तथा पानीको मात्रा नियन्त्रण गर्ने प्रणाली भएतापनि नेपालमा उपरोक्त संरचनाहरुकोबारेमा मापदण्ड नवनेको कारण कस्तो संरचनालाइ हाइटेक र सेमी हाइटेक भन्ने भन्नेमा दुविधा रहेको पाइन्छ । 

तसर्थ हाइटेक संरचना तरकारी तथा फलफूल बेर्ना उत्पादन तथा टिस्यु कल्चरका बेर्ना हुर्काउन प्रयोग गर्र्दा लाभादयक हुने देखिन्छ । वाँकी बर्गका संरचना ब्यबसायिक उत्पादनका लागि स्थान विशेष प्रयोग गर्न जरुरी छ । यदि तराइ क्षेत्रमा खेती गर्ने हो भने नेट हाउस सस्तो प्रविधि हो । केही खर्चिलो प्रविधि प्रयोग गर्ने हो भने फ्यान र प्याड सिस्टमको ग्रिनहाउस बनाउन सकिन्छ । 

मध्य पहाडी क्षेत्रमा विगत ४– ५ बर्ष देखि तरकारी खेतीमा ब्यापक रुपमा नेचुरल्ली भेन्टिलेटेड प्लाष्टिक घरको प्रयोग भइरहेको छ । भने बाँसको प्लाष्टिक घर २०५२ सालवाट क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेले अध्ययन परिक्षण गरेपछि तरकारी उत्पादनमा सस्तो प्रविधिको रुपमा मध्य पहाडी क्षेत्रमा ब्यापक रुपमा प्रयोग भइरहेको छ । 

डोम आकार तथा फाइवरका घरहरु पछिल्लो समयमा उच्च पहाडमा तरकारी उत्पादन तथा फलफूल बेर्ना उत्पादनमा प्रयोग भएका प्रविधि हुन् । यस्ता प्रविधिमा विगतमा ४५ देखी १२० माइक्रोन सम्मका सिल्पाउलिन प्लाष्टिक प्रयोग भएतापनि विरुवालाइ आबश्यक पर्ने प्रकास तथा पराबैजनी किरण नियन्त्रण गरी भाइरस सार्ने किराहरु कम गर्न १०० देखी २०० माइक्रोनका यू.भि. प्लाष्टिकको प्रयोग हदा राम्रो हुन्छ । तथा संरचना निर्माण गर्दा समुन्द्री सतहवाट उचाइ अनुसार उपयुक्त संरचनाको उचाइ तथा भेन्टिलेसन सुविधा र थोपा सिचाइको प्रयोग तथा बजारको माग अनुसार र संरचनामा उपयुक्त हुने जातहरु छनौट गरी लगाउन सके यस्ता संरचनाको प्रयोगवाट फाइदा लिन  सकिने देखिन्छ ।

यस खाले प्रविधिमा माउवोट रोगमुक्त हुनाका साथै भाइरस मुक्त विरुवा सर्टिफाइ गर्ने कार्यविधि तथा अनुगमन संयन्त्र बनाउन जरुरी देखिन्छ । यस प्रविधिलाइ सस्तो तथा दीगो बनाउन सके रोगमुक्त विरुवा उत्पादनको लागि यस प्रविधिको प्रयोगबाट किसानहरुले लाभ लिन सक्ने देखिन्छ ।

रोगमुक्त विरुवा उत्पादनका लागि तन्तु प्रजनन्:
यो प्रविधि विश्वमा धेरै अगाडीवाट प्रयोग हुँदै आएतापनि नेपालमा रोगमुक्त सुन्तलाजात फलफुल विरुवा उत्पादन, आलु तथा अलैचीका भाइरसमुक्त विरुवा उत्पादन गर्न विगत ८–१० बर्ष वाट प्रयोग हुँदै आएको देखिन्छ । नेपाल सरकारको विगत ४–५ बर्षबाट यस्ता प्रविधिमा सहयोग स्वरुप हाल आलुको पूर्ब मुल बीउ उत्पादनमा यस खाले प्रविधिले ब्यापकता पाउनुका साथै केराको तन्तु प्रजनन् मार्फत स्वस्थ बिरुवा उत्पादनमा समेत यस प्रविधिले ब्यापकता पाउन थालेको छ । 

यस खाले प्रविधिमा माउवोट रोगमुक्त हुनाका साथै भाइरस मुक्त विरुवा सर्टिफाइ गर्ने कार्यविधि तथा अनुगमन संयन्त्र बनाउन जरुरी देखिन्छ । यस प्रविधिलाइ सस्तो तथा दीगो बनाउन सके रोगमुक्त विरुवा उत्पादनको लागि यस प्रविधिको प्रयोगबाट किसानहरुले लाभ लिन सक्ने देखिन्छ ।

प्रायः जसो मिस्टमा आधारित प्रणाली फलफूलको कलमी विरुवा उत्पादनको लागि मात्र उपयुक्त हुन्छन् भने अन्नबाली तथा तरकारी नर्सरीमा फोहरामा आधारित प्रणाली प्रयोग गर्न सकिन्छ । भने तरकारी उत्पादनमा प्रेसरमा आधारित बाली अनुसार विभिन्न डिस्चार्ज क्षमता भएका थोपा प्रणली प्रयोग गर्न सकिन्छ । 
सिचाइ प्रणाली:
पछिल्लो समयमा नेपालमा प्रविधिको अबलम्वन संगै कम पनि चाहिने तथा प्रयोग गर्न सजिलो प्लाष्टिक पोखरी, थोपा तथा फोहरा सिचाइको प्रयोग बढ्दै गइरहेको छ । यस्ता खाले प्रविधि प्रयोग गर्नु पूर्ब यस्ता प्रविधिको लागि आबश्यक पर्ने सामाग्री, विधुत लगायतका सुविधा तथा प्रयोग गरिने बाली तथा ठाउँको बारेमा जानकारी लिन जरुरी छ । 
प्रायः जसो मिस्टमा आधारित प्रणाली फलफूलको कलमी विरुवा उत्पादनको लागि मात्र उपयुक्त हुन्छन् भने अन्नबाली तथा तरकारी नर्सरीमा फोहरामा आधारित प्रणाली प्रयोग गर्न सकिन्छ । भने तरकारी उत्पादनमा प्रेसरमा आधारित बाली अनुसार विभिन्न डिस्चार्ज क्षमता भएका थोपा प्रणली प्रयोग गर्न सकिन्छ । 

हाल नेपालको मध्य पहाडी क्षेत्रमा बर्षातको पानी संकलनको लागि २०० वा सो भन्दा वढी मोटाइ भएका विभिन्न रंगका यु.भि. प्लाष्टिकको प्रयोगगरि हिउँद याममा थोपा तथा फोहरा प्रणाली मार्फत प्रयोग हुँदै आएको छ । थोपा सिचाइ मार्फत पानीमा सजिलै घुल्ने खाद्यतत्वहरु राखेर तरकारी बाली अनुसार प्रयोग गर्ने प्रचलन समेत बढीरहेको छ जसले तरकारी तथा फलफूलको प्रति इकाइ उत्पादकत्व बृद्धिमा सहयोग पुर्याउँदछ तर यसको लागि सही मल तथा प्रयोग गर्ने उपयुक्त समयवारे जानकारी हुन जरुरी छ  साथै हालसम्म पानीमा घुलनशिल मलको आयातको सहजीकरणको लागि नीतिगत सहजीकरण हुन जरुरी छ ।

हाल एरोपोनिक्स, हाइड्रोपोनिक्स, एक्वापोनिक्स, वायोपोनिक्स जस्ता विभिन्न नामले यस प्रविधिको प्रचार भएतापनि यस्ता प्रविधिबारे थप जानकारी, अनुसन्धान तथा विकसित प्रविधिको फाइदा तथा वेफाइदाबारे ज्ञान आम कृषकबर्गले लिन जरुरी छ ।

माटो रहित खेती प्रविधि:
विश्वमा आधुनिक संरचनाभित्र स्वस्थ तथा वढि उपज उत्पादन गर्न जापान, नेदरल्यान्ड कोरिया जस्ता विकशित देशहरुले धेरै समय अगाडिवाट प्रयोग गरेका विभिन्न मिडियामा आधारित प्रविधि विगत १–२ बर्षबाट नेपालमा पनि प्रयोगमा आइसकेको छ । 
शहरी तथा कौसी र करेसावारीको तले प्रणालीमा आधारित खेतीमा यस्ता प्रविधि प्रयोग गर्न सकिएतापनि नेपालमा यस्ता प्रविधि महंगो हुनाका साथै प्रयोग गरिने घोलको पि.एच तथा इ.सी ब्यालेन्स गर्न नसके उत्पादन गर्न कठिन हुन्छ । हाल कोकोपिट, पर्लाइट, पिटमस, गड्यौली मल, स्टाइरोफोम आदिमा विरुवालाइ आबश्यक खाद्यतत्व प्रदान गरेर यस्ता खेती प्रविधि प्रयोग भएतापनि प्रति इकाइ लागतको हिसाव र बजारीकरणमा ध्यान दिन नसके यस्ता प्रविधिवाट मुनाफा लिन गाह्रो छ । 

हाल एरोपोनिक्स, हाइड्रोपोनिक्स, एक्वापोनिक्स, वायोपोनिक्स जस्ता विभिन्न नामले यस प्रविधिको प्रचार भएतापनि यस्ता प्रविधिबारे थप जानकारी, अनुसन्धान तथा विकसित प्रविधिको फाइदा तथा वेफाइदाबारे ज्ञान आम कृषकबर्गले लिन जरुरी छ ।

हाल नेपालमा झोलमल, इ.एम., वेष्ट डिकम्पोजर, विभिन्न बनस्पतीहरुमा आधारित मिश्रित खेती, निममा आधारित विषादी, जैविक मल, गड्र्याैली मल, ट्राइकोडर्मा, पेसिलोमाइसेटिस, मेटार्जियम, परजिवी निमाटोड, विभिन्न ब्याक्टेरिया लगायतका जैविक विषादी उपलब्ध भएतापनि यिनीहरुको प्रकृति, काम गर्ने बाली, उपयुक्त समय जस्ता कुरामा ध्यान  दिन सकेमा उत्पादकले लाभ लिन सक्दछन् ।

जैविक नियन्त्रण विधिहरु:
नेपालमा स्वस्थ उपज उत्पादनको लागि एकीकृत शत्रुजीब ब्यवस्थापनको अभ्याससंगै विभिन्न सूक्ष्म जीव, बनस्पती तथा परजिवीमा आधारित जैविक नियन्त्रण विधिको अभ्यास भएको पाइन्छ । यस्ता खाले विधि अबलम्वन गर्दा जिवित सूक्ष्म जिबाणु तथा परजिवीले प्रभाबकारी काम गर्न निश्चित तापक्रम तथा आद्रताको आबश्यकता पर्नाको साथै उक्त जिवाणुलाइ सक्रिय बनाउन अपनाउनुपर्ने विधिहरुमा ध्यान दिन जरुरी छ । 

हाल नेपालमा झोलमल, इ.एम., वेष्ट डिकम्पोजर, विभिन्न बनस्पतीहरुमा आधारित मिश्रित खेती, निममा आधारित विषादी, जैविक मल, गड्र्याैली मल, ट्राइकोडर्मा, पेसिलोमाइसेटिस, मेटार्जियम, परजिवी निमाटोड, विभिन्न ब्याक्टेरिया लगायतका जैविक विषादी उपलब्ध भएतापनि यिनीहरुको प्रकृति, काम गर्ने बाली, उपयुक्त समय जस्ता कुरामा ध्यान  दिन सकेमा उत्पादकले लाभ लिन सक्दछन् ।

विभिन्न हार्मोनको प्रयोग :
विरुवामा बृद्धिबर्धक हार्मोनको प्रयोग धेरै समय अगाडिदेखि हुँदै आएको छ । खासगरी फलफूलको कलमीमा जरा पलाउन अक्जिन, फलमा वीउ सानो पार्न जिवरेलिन, विरुवा छिटो बढाउन साइटोकइनिन, फल पकाउन इथाइलिन तथा  फलफूललाइ बर्षेपिच्छे फलाउन प्याक्लोब्युट्राजोल, विरुवामा झार नियन्त्रण गर्न झारपात नाशक रसायन जस्ता बस्तु र तरकारी उत्पादनमा बाली विशेष तत्वको प्रयोग भइरहेको छ । यस्ता हार्मोनको सही प्रयोग समय, तरिका तथा उपयोगिता वारे जानकारी लिएर सही समयमा प्रयोग गर्न सके मात्र यसले प्रभावकारी काम गर्दछन् ।

जसलाइ इजरायली प्रविधि भनेर पनि प्रचार प्रसार गर्ने गरिएको छ । पछिल्लो समयमा आधुनिक प्रविधि भनेर प्रचार प्रसार गरिएका संरचनाहरु जस्तै : १०० देखी २०० माइक्रोन यू.भि. प्लाष्टिक, नेट, सिचाइ प्रणालीको प्रयोग गरिएका  जि.आइ., भेन्टिलेटेड प्लाष्टिक घर, हाइटेक ग्रीन हाउस आदि छन् । 

निस्कर्ष
हाल नेपालमा आएका प्रविधि तथा सामाग्री प्रायःसबै आयातित हुन् र यस्ता प्रविधिमा हामीकहाँ प्रयोग भएका ९५ प्रतिशत भन्दा वढी सामाग्री भारतमा उत्पादन भइ वा विभिन्न देशबाटआयात गरी नेपालमा  यस क्षेत्रमा कार्य गरिरहेका  केही सामाग्री तथा प्रविधि आपूर्तिकर्ताहरु मार्फत भित्रिरहेको छ ।

जसलाइ इजरायली प्रविधि भनेर पनि प्रचार प्रसार गर्ने गरिएको छ । पछिल्लो समयमा आधुनिक प्रविधि भनेर प्रचार प्रसार गरिएका संरचनाहरु जस्तै : १०० देखी २०० माइक्रोन यू.भि. प्लाष्टिक, नेट, सिचाइ प्रणालीको प्रयोग गरिएका  जि.आइ., भेन्टिलेटेड प्लाष्टिक घर, हाइटेक ग्रीन हाउस आदि छन् । 

स्थान विशेष प्रविधि परिमार्जन, उपयुक्त बाली तथा खेती प्रविधिका बारेमा अध्ययन अनुसन्धान गर्नुको साथै नेपाली कृषि क्षेत्रलाइ प्रतिस्पर्धी बनाउन बर्तमान भन्सारका दरमा परिमार्जन, स्बदेशमा उत्पादन, सामाग्री तथा प्रविधि आयात र प्रयोगमा नीतिगत तथा कार्यक्रमगत सहजिकरण तथा उत्पादन पूर्ब गुणस्तरीय सामाग्री तथा प्रविधिको  सुनिश्चितता हुनु जरुरी छ । तथा उत्पादन पश्चात बजार सुनिश्चिततामा ध्यान दिन जरुरी देखिन्छ । 

यस्ता प्रविधिको उपादयेता तथा प्रभाव बुझेर मात्र आम किसानमा जान सक्ने गरी अध्ययन, अनुसन्धान, प्रविधि विस्तार तथा गुणस्तर नियन्त्रणका लागि नेपाल सरकारले बिशेष पहल गरी बागबानीजन्य क्षेत्रलाइ प्रतिस्पर्धी बनाउन बेलैमा सोच्न जरुरी छ ।

स्रोत – विभिन्न रिसर्च पेपेर एबम किताबपत्रपत्रिकाबाट!
 

प्रतिक्रिया

आधुनिक प्राविधि र प्रयोग

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?