Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

बर्तमान परिपेक्षमा ब्यावसाहिक कृषिको अपरिहार्यता

krishireview
२०७७ असार १५ , सोमबार ०३:०६ मा प्रकाशित | १२८२ पटक पढिएको

बिपिन रिजाल

प्राकृतिक स्रोत व्यवस्थापन कलेज, बर्दिबास

नुवाकोट -भौगोलिक विविधताले भरिपुर्ण हाम्रो कृषि प्रधान देशमा ६०% मानिसहरु कृषि पेसामा निर्भर  छन् र यसले हाम्रो देशको सकल घरेलुु उत्पादनको २५% ओगटेको छ। यसलाई अर्को भाषामा भन्दा कृषि क्षेत्रले सकल घरेलुु उत्पादनको १/३ भाग ओगटेको छ जस्ले गर्दा २/३ भाग मानिसले रोजगार पाइरहेका छन्। नेपालमा खेती योग्य जमिन २७ लाख हेक्टर रहेकोे छ (२८.६%) तर जम्मा १६% जमिनमा मात्र खेती भइरहेको छ। त्यसमा पनि जम्मा १३ लाख हेक्टरमा सिँचाइको ब्यबस्था भएको पाइन्छ।

 नेपालमा कृषि क्षेत्रको ज्यादै महत्त्व छ, जहाँ थुप्रै अबसरहरु छन् तर धेरै मानिसहरुले यसलाई आत्मसात गर्न सकेका छैनन्। नेपालमा धेरै खेती योग्य तथा उर्वर जमिन छ। तराई प्रदेशले सिङ्गो राष्ट्रलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाएको छ। जलस्रोतको दोस्रो धनी मानिएको हाम्रो देश, नेपालमा खेती गर्नको निम्ति सिँचाइको बन्दोबस्त पनि बढ्दो क्रममा छ। मानिसहरुले पृ-मनसुन र पोस्ट-मनसुनको पनि राम्रो फाइदा उठाउन सक्छन्। सरकारले अनुदान मार्फत पनि किसानहरुलाई हौसला प्रदान गरिरहेको छ। अर्गानिक तथा स्थानीय उब्जाउमा मानिसको बढ्दो चासोलाई मध्य नजर गर्ने हो भने पनि यसबाट धेरै लाभ लिन सकिन्छ।

व्यवसायिक कृषिको प्रबर्द्धनको निम्ति सरकारले ४ अर्ब १४ करोड छुट्टाएको छ। मानिसहरुको पशु पालन, पुष्प ब्यबसाय, मौरी  पालन, फलफूल ब्यबसाय, आदिमा बढ्दो चासो देख्नु नै कृषि ब्यबसाय फस्टाउनु हो। बिगत २५ बर्ष देखि निजि क्षेत्रले पुष्प खेतिमा निरन्तर चासो देखाइ रहेको पाइन्छ। काठमाडौंलाई ब्यापारको मुख्य स्थान बनाएर बिराटनगर, हेटौंडा, चितवन, धादिङ, बुटवल, धरान आदिमा ब्यापार फस्टाएको छ। नेपालको ७७ जिल्ला मध्य ३८ जिल्लामा लगभग ६५० थरीको पुष्प खेती भइरहेको छ जस्ले नेपालको १४१ हेक्टर जमिन ओगटेको छ।१९९४ तिर १ करोड ८० लाखको कारोबार हुन्थ्यो र आहिले २० करोडको कारोबार हुन्छ। आज भन्दा २० बर्ष अगि नेपालमा मौरी पालन भित्रीएको थियो तर अजभोली कृषकहरुले मौरी पालनबाट करोडौंको लाभ लिन सफल भएका छन्। माछापालनबाट मानिसहरुले १५ बर्षको तुलना गर्दा प्रती हेक्टर २००० केजिको नाफा गर्दै आएका छन्।  जस अन्तर्गत माछाको ब्यापार ३७००० मेतृक टनले बडेको पाइन्छ।

विभिन्न देशबाट फर्किएका नेपालीहरुले कृषि पेसामा आवद्ध भइ यस ब्यबसायलाई सबल बनाइरहेका छन्। नेपालमा औपचारिक रुप लिन नसकेको टनेल खेतीलाई इजरायलको कृषि फार्ममा संलग्न एक ब्यक्तीले स्वदेश फर्की  टनेलमा गोलभेडा खेती गरि त्यसलाई व्यावसायिक बनाएका छन्।थुप्रै नेपालीहरुले नर्वेबाट सीप र कला सिकेर झापामा आइ खुर्सानीको प्रबर्द्धन गरेका छन्। कृषि पढ्नका निम्ति जापान तथा बङ्लादेश गइ नयाँ उपकरण तथा दक्षता ग्रहण गरि नेपाल फर्की स्तानिय ठाँउमा मुला, भिन्डि, कोदो आदिको ब्यापार बढाउनुको साथै गाई बस्तु पाल्न पनि सफल भएका छन्।

बर्तमान परिप्रेक्षमा त झन कोरोनाको  माहामारिमा सरकारले ५% ब्याज दरमा ऋण दिने भएको छ। युवाहरूले आफ्नै गाउँठाँउमा आएर राम्रो प्राविधिका साथ बाँझो जमिन खोतल्ने सुनौलो अबसर पाएका छन् । राष्ट्रको ढुकुटीमा टेवा पुर्याउने तथा देशको अर्थतन्त्र जोगाउने मेरुदण्डको रूपमा स्थापित कृषि अब जमिनमा मात्रै होइन कौसिमा, गमलामा, बोतलमा, पलास्टिकमा, बोरामा आदिमा पनि गर्न सकिन्छ। आफ्नै घरको करेसामा पनि आफैलाई पुग्ने तरकारी लाउनुका साथै बेमौसमी खेती गर्न सकिन्छ। तर यसरी नै लकडाउन लम्बी रहने हो भने अबको ६ महिना पछि मानिसहरुले खाद्यान्नको संकट र देशको अर्थतन्त्रमा पनि संकट झेल्न पर्ने देखिन्छ। उन्नत बिउ-बिजन, मलखाद, आधुनिक कृषि उपकरण आदिको अभाव हुन्न भन्न सकिन्न। तर लकडाउनले केही राम्रो काम पनि गरेको छ। यसले गर्दा भोकमरी र खाद्यान्न संकटको डरले मानिसहरु करेसा खेती र कौसी खेतीमा जोड दिन सफल भएका छन्। खाद्यान्नमा सबै नेपालीहरु आत्मनिर्भर हुन सक्नेछन्। बिनासकारी मल भन्दा घरेलु मलहरुको प्रयोग धेरै गर्नेछन्। किसान र उपभोक्ताको बिच सिदा सम्पर्क हुने छ जस्ले गर्दा बिचौलियाहरु मोटाउन पाउने छैनन्। बाताबरण सफा तथा स्वच्छ भएको छ, ग्रीन हाउस ग्यासहरु कम भएको छ, ओजन तह नियन्त्रण भएको छ, जस्ले गर्दा कार्बन साइकल, नाइटाे्जन साइकलहरु राम्रोसगँ चल्न पाएका छन्। जस्ले गर्दा धेरै खाद्यान्न उब्जाउनमा मदत पुग्ने छ। प्रसिध बैज्ञानिक टेक्ससको अनुसार,” कृषिमा आधुनिकताले नै कोरोना र लकडाउनको समयमा भोकमरी मेटाउन सक्नेछ।”

यति धेरै अबसरहरु हुँदाहुँदै पनि किसानहरुले थुप्रै चुनैतीहरु झेल्न परेका छन्। बि.स. २०३० सम्म नेपालमा अरबौको निर्यात हुन्थ्यो तर अहिले कति बिड्म्बनाको कुरा हो कि  बर्षमा अरबको त धान मात्र आयात गर्छौ। राम्रो बजारको अभावले धेरै किसानहरु लाई आत्महत्या गर्न मज्बुर गरेको छ। एउटा उदाहरण: यो कोरोनाको समयमा बिरगंजबाट नुवाकोटमा तरकारी आउन पाएका छैन तर भारत-नेपाल सिमानाबाट सजिलै तरकारीहरु भित्री रहेको छ। नभित्रीओस् पनि त कसरि नेपालमा आउने आधुनिक उपकरण, बीउबिजन, बिषाधीहरुमा पहिले नै कर जोडीएको हुन्छ जस्ले गर्दा भारतको तरकारी सस्तो पर्न जान्छ। दक्ष तथा सिपालु मानिस र उनिहरु को विवेक, कला, सीप आदिको अभावले गर्दा पुरानै प्रविधिबाट खेती  भइरहेको छ। निजि क्षेत्रले पनि कृषि ब्यापारमा लगानी गर्न डराइरहेका छन्। बास्तबमा भन्नु पर्दा अनुदान एक कृषक डुबाउने खाडल हो र बिचौलिया भनेको दुखी कृषकको घाउ कोट्याउने पापी हो जस्ले गर्दा किसानहरु पटक पटक मर्न बाध्य भएका छन्। सबै भन्दा ठुलो बिडम्बना त जुन इज्जत हाम्रो समाजमा डाक्टर, मास्टरहरुले पाउनु  हुन्छ, त्यस्तो सम्मान कृषिमा आबद्ध भएका मानिसले कहिले नि पाउन सकेका छैनन् ।

यस समस्याका सामाधानका लागि सरकारले राम्रो नीति नियम बनाइ कडाइका साथ लागू गर्न पर्दछ। अनुदान दिने तरिका र प्रणालीमा परिबर्तन आउन आवश्यक छ। कृषि उपज बजारमा लगेर सबैको घरदैलोमा पुर्‍याउने त बिचैालिया नै हो तर उनिहरु आफू मोटाएर कृषकहरुलाई दबाइ राखेको खण्डमा  सरकारले केही नीति नियम लागू गर्न  जरुरी छ। प्रसिद्ध इकोनोमिस्ट मार्सलको अनुसार,” खेतीमा उन्नत तरिका नआएमा सामान्यत खेतीमा लगाएको थप श्रम र पुजीको अनुपात भन्दा कम उत्पादन हुने गर्दछ।” यस भनाइलाई सबै कृषकले हृदयङ्गम गर्नु पर्दछ। सिँचाइ, आधुनिक उपकरण, अन्न भण्डारण तथा बजारको सहज व्यवस्था बनाइ किसानलाई उकास्नुको साथै एउटा गाउँ एउटा खेती प्रणालीमा पनि ध्यान दिन आवश्यक छ। सरकारले मात्र होइन हामीले पनि स्थानीय बीउ तथा बालीको संरक्षण गरि सोही उत्पादन गरि कृषि क्षेत्र सबल बनाउनु पर्दछ। बिषादी औषधी भन्दा किराहरु नियन्त्रण गर्न उनिहरुको जीवन चक्र बुझ्ने, अरु किराले नास गराउने जस्तो केमो थेरापी गरि, जैबिक मल प्रयोग गरि अर्गानिक उब्जाउ गर्नुपर्दछ।

अन्त्यमा, कृषिमा क्रान्ति ल्याउने हामी युवाहरु नै हो। त्यसैले स्वदेश मै बसि बर्तमान अवस्थाको खाद्य संकट  र खाद्य सुरक्षालाई आत्मसात गर्दै, सिमाना विवादमा नाकाबन्दी भएपनि कृषिमा आत्मनिर्भर बनी, देशको आर्थतन्त्रमा टेवा पुर्‍याइ, कृषि क्षेत्रलाई प्रबर्द्धन गरि यस पेसालाई मर्यादित बनाउने दृढ संकल्पका साथ  हामी सबै नेपाली अगाडी बढ्नुपर्ने नै आजको प्रमुख आवश्यकता देखिन्छ ।

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?