अग्लो दुईपाखे गोठ तथा छाप्रोजस्तो देखिने वा अर्धचन्द्राकार आकारमा बाँस वा फलाम र प्लाष्टिकबाट बनाइएको घरलाई प्लाष्टिक घर भनिन्छ । प्लाष्टिक घर ग्रिनहाउस जस्तै संरचना हो जसबाट तरकारीका बिरुवाहरूलाई चर्को घाम, चिसो हावा र बर्सातको पानीबाट बचाउँदै तुलनात्मक रूपमा बढी उत्पादन लिन सकिन्छ । प्लाष्टिक घरको प्रयोग गरी प्रतिकूल मौसममा पनि बिरुवालाई अनकुूल वातावरण सिर्जना गरी बेमौसमी तरकारी उत्पादन गर्न सकिने हुनाले प्रतिइकाई क्षेत्रफलमा उत्पादन बढ्न जान्छ र बजारीकरणको समस्या पनि कम हुने भएकाले कृषकले मनग्य आम्दानी लिन सक्छन ।
नेपालमा प्लाष्टिक घरको निर्माण गरी बिरुवालाई वर्षायाममा वर्षाबाट, हिँउदयाममा मध्यपहाडी तथा तराईमा चिसोबाट जोगाउन र उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा तापक्रम बढाई तरकारीको उत्पादन वद्धि गर्न सकिन्छ । प्लाष्टिक घर बनाएर गरिएको खेतीमा रोग र कीरा कम लाग्छ र सजिलसँग नियन्त्रण गर्न पनि सकिन्छ ।
प्लाष्टिक घरका लागि उपयुक्त जग्गा र प्लाष्टिकको प्रयोग
जग्गा छनोट
प्लाष्टिक घरमा खेती गर्दा कम्तीमा ६ घण्टाभन्दा बढी दैनिक घाम लाग्ने, हावा खेल्ने तर हावाहुरीले नोक्सान कम पुर्याउने ठाउँको छनोट गर्नुपर्नुर्दछ । साथ कम्तीमा पनि ५ मिटरभन्दा बढी चौडाइ भएको जमिन चाहिन्छ । टनेल बनाउने जग्गा अलि उच्च र पानीको निकास राम्रो भएको हुनपुर्दछ ।
प्लाष्टिक प्रयोग
नेपालमा तरकारीखेतीका लागि प्रायःजसो ४५ देखि ९० जी.एस.एम. (ग्राम प्रति स्क्वायर इन्च) सम्मको पारदर्शी सिल्पाउलिन(Silpaulin) प्लाष्टिक प्रयोग गर्ने गरिन्छ । बढी हावा चल्ने र असिना पर्ने ठाउँमा १२० जी.एस.एम. सम्मको प्लाष्टिक प्रयोग गर्न सकिन्छ । तर प्लाष्टिक जति बढी जी.एस.एम. हुन्छ, त्यति नै सूर्यको प्रकाश कम छिर्ने भएकाले बिरुवाले दिने उत्पादनमा ह्रास आउन सक्छ । त्यसैले हावाहुरी असिना कम पर्ने ठाउँमा ४५ जी.एस.एम.को प्लाष्टिक प्रयोग गर्नु उपयुक्त मानिन्छ।समुन्द्री सतहबाट उचाइ बढ्दै जाँदा यसमा प्रयोग गरिने सिल्पाउलिन प्लाष्टिकको जी.एस.एम. बढाउँदै लैजानु पुर्दछ भने प्लाष्टिक घरको उचाईंचाहि घटाउँदै लग्नु पर्दछ। आजकल सिल्पाउलिन प्लाष्टिकका ठाउँमा विभिन्न माइका् रेनको यू.भी. Ultra-violet (UV) प्लाष्टिकसमेत प्रयोग गरिन्छ ।
प्लाष्टिक घरभित्र लगाउन सकिने बालीहरू
प्लाष्टिक घरभित्र सबै प्रकारका तरकारीबालीहरु लगाउन सकिएतापनि बेमौसममा बढी मल्य पर्ने तरकारीबालीहरु जस्तै गोलभेडा, काँक्रो, स्कुस, फर्सी, भेंडे खुर्सानीबाट धेरै फाइदा हुने विभिन्न अध्ययनहरूले देखाएका छन्।
प्लाष्टिक घरभित्र तरकारीखेती गर्दा ध्यान दिनुपर्ने कुराहरु
प्लाष्टिक घरका फाइदाहरु