असाेज ०९ शुक्रवार मध्यान ३ बजे Green commando earth को प्रतिनिधित्व गर्दै बनेको वातावरण प्रेमी युवाहरूको उत्प्रेरित समूहले कोरोनाको विषम परिस्थितिमा पनि भर्चुअल नाटक प्रस्तुत गर्ने भएकाे छ। उक्त समुहले भाेली असाेज १० गते शनिबार दिउसाेकाे २ बजे नाटक प्रस्तुत गर्ने भएकाे छ।
आशिस लामिछाने (प्राेजेक्ट हेड जि.सि.ई. ) काे नेतृत्वमा आयाेजना हुन लागेकाे उक्त नाटक जनसमुदाय माझ नै गएर गर्ने ईच्छा हुँदाहुँदै पनि काेराेनाकाे असर नसकिएकाे हुँदा भर्चुअल माध्यमबाट प्रस्तुत गर्न बाध्य भएकाे आशिस लामिछाने बताउँछन्।
Green Commando Earth काे ईतिहासमा यसरी भर्चुअल बिधीबाट नाटक प्रस्तुत हुन लागेकाे याे पहिलाे पटक हाे।बिरलै नेपालमा भर्चुअल बिधिबाट कम नै नाटक प्रस्तुत हुने गरेकाे छ। बाढि पहिराे न्यूनिकरणकाे लागि १ महिने कार्यक्रम गरिरहेकाे जि.सि.ई. ले तेस्रो हप्तामा बाढि पहिराे जाेखिम तथा न्यूनिकरण सम्बन्धित शिर्षकमा जनचेतनात्मक नाटक प्रस्तुत गर्न लागेकाे हाे। उक्त नाटकमा १३ जना फरकफरक पात्रहरूले आआफ्ना भूमिका निर्वाह गर्ने छन् । यस नाटककाे लेखन प्रतिमा न्याैपाने , समिप राज पाैड्याल , प्रकृति घिमीरे र पवन प्याकुरेलले गरेका छन भने सम्पादन पनि समीप राज पाैड्यालले नै गरेका छन्।
zoom मार्फत हुने यस नाटक प्रदर्सनिमा उलेख्य सङ्ख्यामा बिगतका कार्यक्रममा भएको उपस्थितिले पनि अनुमान गरिएकाे छ। साथै उक्त नाटक Green Commando Earth काे आधिकारिक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ,जसकाे लिङ्क तल दिईएकाे छ।
https://www.facebook.com/Green-Commando-Earth-112725273641999/
वातावरण प्रेमि युवाहरूकाे समुहलाई हाैसलाकाे लागि यहाँहरू सबैलाई निमन्त्रणा तथा उपस्थितिकाे लागि जि.सि.ई. परिवारको तर्फबाट उपस्थितिको लागि जि.सि.ई प्रतिनिधि कमल खनाल ,एक्जुकेटिभ टिम मेम्बर जि.सि.ई. भ्यालीले अनुरोध गरेका छन् ।