Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

पुर्वान्चल बिश्वबिद्धालयको आगिंक क्याम्पस`जिपिकार´मा पनि हल्ट प्राइज पहिलो पटक हुँदै

krishireview
२०७७ भदौ २५ , बिहीबार ०१:०९ मा प्रकाशित | २००० पटक पढिएको

गोठागाउँ – यस बर्ष पुर्वान्चल बिश्वबिद्धालयको गोठगाउँ परिशरमा रहेको आगिंक क्याम्पस`जिपिकार (G.P Koirala college of agriculture and research centre, Gothgaun, Morang)´मा अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती “हल्ट प्राइज २०२०/ २१ ” आयोजना हुन लागेको छ। यो अन क्याम्पस कार्यक्रम पहिलो पटक पुर्वान्चल विश्वविद्यालय गोठगाउँ परिशरमा रहेको आगिंक क्याम्पसहरू (GPCAR, PUCEF, PUSHS) मा सन्चालन हुन गइरहेको हो।

यो प्रतिस्पर्धालाई विध्यार्थीहरूका लागि “ नोबल पुरस्कार ” भनेर चिनिन्छ ,जसको विजेताहरुका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ ।

के हो त हल्ट प्राइज?

हल्ट प्राइज ऊर्जावान विद्यार्थी युवाहरुको लागी एक सुनौलो अवसर हो, जो समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति एक सफल र सामाजिक उद्यमीहुन कोशिस गर्दछन। अहिलेसम्म शिक्षा, बिजुली, पानी ,खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूमा आधारित रहि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले हरेक वर्ष कुनै एक चुनौतीका निम्ति विषयवस्‍तु रोज्ने गरेका छन् । हरेक बर्ष चुनौतीहरु संयुक्त राष्ट्र संघको दिगो बिकासमा आधारित रहेर घोषणा गरिन्छ।

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो जसले विध्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर दिन्छ । यो प्रतिस्पर्धाका विजेता विध्यार्थीहरूका लागि १ मिलियन अमेरिकीडलर पुरस्कार रहेको छ । यो युवाहरुको सञ्जाल हो जस्ले युवापुस्तालाइ समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ। यो विध्यार्थीहरुको लागि संसारकै ठुलो प्रतिस्पर्धा हो।

कसरी र कस्तो बिषय हुनेछ?

हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकासका लक्ष्य (SDGs) ‘ मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र बिषय’ घोषणा गर्दछ र उक्त बिषयभित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडिया सहित प्रस्तुत हुनु पर्छ। यो बर्षको चुनौती र बिषय “Food For Good” घोषणा भइ सकेको छ र प्रतियोगिहरुले सोहि विषयमा आधारित भएर आफ्नो उद्धमशिलता बिचार प्रस्तुत गर्नु पर्ने हुन्छ।

प्रतियोगी कति हुने गरेका छन् ?

विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा १२१ देशका २,५०० भन्दा बढी विश्वविद्यालयहरुबाट ३,००,००० भन्दा धेरै विध्यार्थीले सहभागीता जनाउने गरेका छन्।

कसरी हुन्छ त कार्यक्रम ?

यस कार्यक्रममा पुर्वान्चल बिश्वबिद्धालय अन्तर्गत गोठगाउँमा रहेको आगिंक विभिन्न सङ्काय कृषि( G.P Koirala college of agriculture and research centre, GPCAR) ,वन( Purwanchal university college of environment and forestry, PUCEF) तथा चिकित्सा (Purwanchal university school of health science,PUSHS ) मा अध्यनरत विद्यार्थीहरुले भाग लिन पाउने छन्। प्रत्येक क्याम्पस अथवा बिश्वबिद्धालयहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको छ । “अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी यस बिश्वबिद्धालयका हल्ट प्राइजका क्याम्पस निर्देशक शम्भु कट्टेलले जानकारी दिएका छन् ।यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत ३-४ जना बिद्यार्थीहरुको समूहले भाग लिन सक्दछ्न, (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य हुने छैन)।

उनले थप्दै भने बिश्वबिद्धालयसँङ सम्बन्धित सम्पूर्ण पदाधिकारी र सरोकारवालासँङ भर्चुअल मिटिङ भइ हुन गइरहेको कार्यक्रमको प्रक्रिया र ढङ्गको बारेमा सफल र बहस भइसकेको छ र उपस्थित महानुभावहरुले भर्चुअल मिटिङमा बोल्दै कार्यक्रममा आर्थिक ,सामाजिक र बौद्धिक सहयोग जनाउने प्रतिबद्दता जानाउदै एक सकारात्मक कदम भनेर प्रशंसा समेत गर्नु भयो र कार्यक्रमको भव्य आयोजना गर्न सल्लाहसुझाव र हौसाला दिदै आउँदा दिनमा बिश्वबिद्धालयमा यस्ता कार्यतर्फ सधैंभरि लागिपर्ने कुराहरु पनि उहाँहरुले बताउनु भयो।

भर्चुअल मिटिङ गरेर बिश्वबिद्धालयका बिद्यार्थीलाई पनि केही समय अगाडि हल्ट प्राइज जिपिकार पुर्वान्चल बिश्वबिद्धालयले कार्यक्रम र प्रक्रियाका बारेमा जानकारी दिइएको थियो। जसमा बिश्वबिद्धालयमा अध्ययनरत पुर्ब देखि पश्चिमका बिध्यार्थिहरु उपस्थित भएका जानकारी मिलेको छ।

बोल्ने क्रममा जोड दिदै शम्भु कट्टेल भन्छ्न् ” जस्तो परिस्थिति आए पनि हामि यो “अन क्याम्पस कार्यक्रम” सफल पारेर छाड्ने छौ । सम्भव भए सम्म भौतिक रुपमा कार्यक्रम गर्ने , नभए भर्चुअल माध्यमबाट कार्यक्रम सफल पार्ने तथा विश्वव्यापी महामारीले विश्वलाई आतङकित बनाएको अवस्था भए पनि यो असहज परिस्थितिलाइ अवसरको रूपमा लिई क्याम्पस निर्देशकले अधिकतम विध्यार्थीलाई सहभागी हुन प्रोत्साहित गर्ने रचनात्मक विचारहरू निर्माणमा केन्द्रित गर्ने उदेश्य राखेका छन्।

किन भाग लिने?

“अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि सिधै प्रतिस्पर्धा गर्न पाउने छन्। रिजनलका बिजेता accelerator मा पर्तिस्पर्धा गर्ने मौका पाउने छ्न् र accelerator का बिजेताले global finals मा प्रतिस्पर्धा गर्न UN headquarter मा गएर आफ्नो business idea प्रस्तुत गर्ने मौका को साथ साथै प्रतिस्पर्धा जितेर आफ्नो उद्धम सन्चालन गर्न 1 million अमेरिकि डलर प्राप्त गर्ने मौका पाउने छन्।

भोकालाई खुवाउने, रोजगारको सृजना गरी अर्थतन्त्र लाइ उत्प्रेरित गर्दै व्यावहारिक खाद्य उद्यम सञ्चालन गरेर २०३० सम्म १ करोड व्यक्तिको जीवनमा परिवर्तन ल्याउने उदेश्य राखेको हल्ट चुनौती (food for good) मा सहभागी भई आफ्नो समाज , राष्ट्रिय र विश्वव्यापी रुपमा बढ्दै गरेको खाध्य सङ्कटलाई अवसरको रूपमा परिवर्तन गर्न यस बर्षका हल्ट प्राइज जिपिकार पुर्वान्चल बिश्वबिद्धालयका डाइरेक्टर शम्भु कट्टेलको अनुरोध छ।

तयारकर्ता;राजु खत्री ,सहजकर्ता ;प्रबिन सापकोटा(जिपिकार)

प्रतिक्रिया

हल्ट प्राइज हल्ट प्राइज एट एएफयु

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?