नेपालमा किविफल कहिले प्रबेश भयो भन्ने आधिकारिक तथ्य नभेटिएको भएता पनि ठाउँ ठाउमा यसका बोट भेटिएका छन। विभिन्न परियोजनामा काम गर्ने र पर्यटक रुपमा नेपालमा आएका बिदेशीहरुले कृषकको बारिमा बिरुवा लगाइदिएका बोटहरु पाइएका छन।
बागबानी बिकास आयोजना,कृर्तिपुर द्वारा बि.स.2043/44 सालमा केहि किविका जातहरु परिक्षणका रुपमा भित्र्यायो र किवि बगानको रुपमा ब्यबस्थापन हुदै आएको छ। इसिमोडले बि.स.2055/56 सालमा भारतको हिमान्चल प्रदेशको कुल्लुबाट बिरुवा ल्याइ गोदावरी स्थित सस्थाको प्रदर्शनी फार्ममा लगाइ बगान स्थापना भएको छ। काठ्मान्डौ उपत्यका र इलामका कृषक हरुको यसको खेती प्रती इच्छुक भइ इसिमोडबाट बिरुवा लागि बि.स.2061/62 देखि कृषक स्तरमा किविफलको बगान स्थापना हुने क्रम सुरु भयो।
दोलखा जिल्लामा रहेको बागबानी केन्द्र ,बोच ले बि.स.2066 देखि किविफलको कलमी बिरुवा तथा प्रबिधी स्रोत केन्द्रको रुपमा किविफल प्रबर्दन विभिन्न कृयाकलाप सन्चालन गर्दै आएको छ। हाल नेपालमा 40 जिल्लाहरुमा धेर थोर रुपमा खेती सुरु भएको अनुमान गरिएको छ। इलाम,दोलखा,सिन्धुपाल्चोक,कभ्रे,सोलु आदि जिल्लाहरुमा केही ठुला कम्पनीहरुले ब्यबसायिक रुपमा खेती गर्न थालेका छन ।केही फर्म हरुले किविफल बाट वाइन,जाम,अचार बनाउन समेत थालेका छन।
किविफलको बिशेषता र स्वभाव अनुसार चिसो हावापानी,आद्रता बढि भएको,सिचाइ सुबिधा भएको जमिन आवश्यक पर्ने भएकाले नेपालको 1200-2400 मिटर सम्मको उचाइमा पुर्ब देखि पश्चिम सम्मको लाखौ हेक्टर पहाडी भुभागमा यसको खेती गर्न सकिन्छ। हुनत उल्लेखित उचाइ भन्दा केही तल्ला र मथिल्ला भेग हरुमा ठिकै फलेको पाइएको छ तर ब्यबसायिक रुपमा खेती गर्दा यो उचाइ जोखिमपुर्ण मान्न सकिन्छ । फलफुल खेतीको हिसाबले हाल नेपालको सुन्तला भइरहेको उचाइ भन्दा माथी र हाल स्याउ खेती भैरहेको क्षेत्रभन्दा तलको क्षेत्र यसको खेती गर्न सकिने क्षेत्र हो।