Logo
Monday, 30th January 2023 || १६ माघ २०७९, सोमबार

नेपालमा कालो गोलभेडा खेती

krishireview
२०७८ असार ९ , बुधबार ०७:०६ मा प्रकाशित | १८१२ पटक पढिएको

बर्दिबास/कालो टमाटर !सुन्दा अचम्म लाग्न सक्छु ।यस्तो पनि हुन्छ भनेर मानिसलाई आश्चर्य लाग्ला तर वास्तविकतामा कालो टमाटर हुन्छ  जसको खेती हाम्रो देशमा पनि गर्ने गरिन्छ।के हो त कालो टमाटर?कस्तो हुन्छ त यो कालो टमाटर ?स्वस्थ्यको लागि कतिको फाइदाजनक छ ?यस लेखमा हजुरहरुले जान्नुहुनेछ।

नेपालमा कालो टमाटर परिक्षण पश्चात कालो टमाटर बजारमा ल्याएको हो । नेपाली हावापानी सुहाँउदो कालो टमाटरमा रोग संग लड्न सक्ने क्षमता धेरै रहेको कृषि विज्ञ बताउछन्।सन् २०१९ तिर नेपालमा यसको खेती सुरु गरिएको हो।यसको खेती एक आकर्षणको केन्द्रका रुपमा उपभोक्ताका लागि अघि बढिरहेको पाइएको छ।

मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ ।

हालसम्म नेपालमा खेती नभएको कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत परिचित छ ।

कालो टमाटरका फाईदाहरु :
अरु टमाटर जस्तै यसमा फाइबर तथा भिटामिन ए र सि पाईन्छ
क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व यसमा रहेको बैज्ञानिकले पुष्टि गरिसकेका छन् । एक झुप्पामा आठ देखि बाह्र दाना फल लिन सकिने यसको बोट बाट १० केजि भन्दा बढि फल लिन सकिन्छ । चिसोमा भन्दा गर्मी समयमा यसको खेती उपयुक्त हुन्छ ।यसमा गुलियो र नुनिलो स्वाद पाईन्छ ।

`कालो पर्ल’ लेटस टमाटर प्रजाति हो जुन चाँडै पाक्ने अवधिको अवधि हुन्छ (करीव shoot ०-१०० दिन पछि पहिलो चोटपट्टि देखा पर्दछ)।शीत सम्म लामो समयसम्म फल फलाउँदछ।यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।यसको नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिन्छ ।

खेतीः
रुसबाट सुरु भएको कालो टमाटर खेती भारतको सिक्किमा समेत भैरहेको छ । सबै प्रकारको जलबायुमा उत्पादन लिन सकिने कालो टमाटर खेती नेपालमा समेत गर्न सकिन्छ । यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको कालो टमाटर अन्य टमाटरको तुलनामा दोब्बर मूल्यमा बिक्रि भैरहेको छ ।राम्रो दाम अनि उपभोगले यसको खेतीलाई अझ आकर्षक तुल्याउदै आइरहेको छ।

नोट : यस खेती प्रविधिको बारेमा हामीले अंग्रेजी अनलाइन स्पेसलिटी प्रोडक्ट र विभिन्न नेपाली पत्रपत्रिकामार्फत लिएको हो। अझै थप जानकारी र अध्ययन पश्चात हामी यसको बारेमा लेख्नेछौं । केहि जिज्ञासा भए कमेन्ट गर्नुहोला ।

प्रतिक्रिया

कालो टमाटर

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?