नेपाल एक कृषिप्रधान देश हो।नेपालमा साढे १३ लाख हेक्टरमा धान खेती गरिने गरिन्छ जहाँ ४०% जमिनमा आकसे बर्षाको भरमा गरिन्छ ।
अनुकुल मनसुन र जनशक्तिको उपलब्धिताले देशमा ७५ प्रतिशात भन्दा बढी खेतीयोग्य जमिनमा रोपाइ भएको छ भने ९८ प्रतिशात क्षेत्रफलमा रोपाइ हुने सरकारको अनुमान रहेको छ।
मल अभाबको चरम अवस्था रहदा रहदै पनि पोहोर यहि समयमा ४० प्रतिशात क्षत्रमा रोपाइ भएको अहिले महामारीका कारण सहरी मात्र हैन वैदेशिक रोजगारीमा गएका समेत गाउँ फर्केका कारण भब्यताका साथ रोपाइ भएको बुझिन्छ।
बार्षिक ७२ लाख टनको धान माग रहेकोमा ५६ लाख भन्दा बढी उत्पादन(३.८ टन प्रती हेक्टर ) नभएको अवस्थामा रोपाइकै भरमा उत्पादन बढ्छ भन्ने पनि नभएको सरकारवालाको भनाइ रहेको छ।
धान उत्पादनमा वृद्धि गरेर महामारीको बेला अर्थतन्त्रमा टेवा पुर्याउने उदेश्य रहेको छ ।
धान खेती तर्फ युवावर्गको यो बर्ष उल्लेखनीय उपस्थिति देखिएको छ र यसले कृषिमा नया उर्जा थपिदिएको छ।
यसरी देशको विभिन्न ठाउमा रोपाइ गरेर यो बर्ष महामारीमा खुम्चिएको अर्थतन्त्रमा उकालो लाउने प्रयास जनस्तरबाट देखियो।
(यी तस्बिरहरु देशका विभिन्न ठाउँबाट लिएर फोटो फिचर तयार गरिएको हो र तथ्यांक भने कृषि सरोकारवाला र समाचारमा आधारित छन् ।)