Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

नार्कले बिस्तार गर्‍यो देशभर बेसारको नयाँ जात

krishireview
२०७७ साउन २० , मंगलबार ०१:०८ मा प्रकाशित | १०१७ पटक पढिएको

सल्यान- नेपालमा बेसारको नयाँ जात विस्तार गरिएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम सल्यानको कपुरकोटले दुई वर्ष लामो अनुसन्धानपछि बेसारको दुई ओटा नयाँ जात पत्ता लगाएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम सल्यान कपुरकोटले ‘कपुरकोट हलेदो– १’ र ‘कपुरकोट हलेदो– २’ सहित दुई ओटा बेसारको नयाँजात सिफारिस गरेको हो । ‘कपुरकोट हलेदो– १’ नेपालका मध्य पहाड क्षेत्रमा खेती गर्नका लागि सिफारिस गरिएको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डा समिद अहमदले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने लक्ष्य रहेको छ’, उनले भने, ‘यो नयाँ जातीको वेसार उत्पादन राम्रो हुने र रोगप्रतिरोधात्मक क्षमता बढी भएकाले पनि कृषकहरुलाई सिफारिस गरिएको हो ।’

अदुवाबाली अनुसन्धान कार्यक्रमका अनुसार नेपालको करीव ७ हजार ३०० हेक्टर क्षेत्रफलमा बेसारको खेती गर्ने गरिएको छ । जसमा एक वर्षमा ७१ हजार ५०० मेट्रिक टन उत्पादन हुने गरेको छ । 


जिल्लाका तीन स्थानमा बेसार पकेट क्षेत्र बिस्तार

सल्यानमा तीन ओटा क्षेत्रलाई बेसार पकेट क्षेत्रको रुपमा बिस्तार गरिएको छ । यहाँका किसानहरुले सामुहिक वेसार खेतिसमेत शुरु गरिएको कृषि विकास कार्यालय सल्यानले बताएको छ । 

जिल्लामा ३५० हेक्टरभन्दा बढी क्षेत्रफलमा बेसार खेती हुँदै आएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाभर ३ हजार १४ मेट्रिक टन बेसार उत्पादन भएको छ भने यो वर्ष पनि समयमै वर्षात भएकोले बेसार उत्पादनमा वृद्धि हुने कार्यालयको अनुमान छ । 


( यो समचार आर्थिक अभियान खबर र अन्य स्रोतबाट साभार गरिएको हो।)

प्रतिक्रिया

बेसार खेती बेसारको नया जात
यो पनि हेर्नुहोस् : बेसार खेती-भान्साको ओखती!

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?