Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

नार्कका उपयोगी अनुसन्धान कृषि मन्त्रालयको दराजमा

krishireview
२०७७ कात्तिक २४ , सोमबार ०१:११ मा प्रकाशित | १०७७ पटक पढिएको

काठमाडौ / ३० वर्षको इतिहास बोकेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले अझै पनि नेपाली भूगोल र माटो सुहाउँदो अनुसन्धान गर्न नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बुझाइ  छ । तर नार्कले गरेका केही अनुसन्धान अनुकरणीय छन् । तर त्यसलाई किसानसम्म पुर्याउन भने सकिएको छैन । 

नार्कका वैज्ञानिकले दुई वर्षअघि गहुँका दुई वटा जात विकास गरे । डयुरम खजुरा १ र डयुरम खजुरा २ । पहेंलो सिन्दुरो रोग नलाग्ने र धेरै प्रोटिन पाइने यी जातका गहुँ दाङ, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा ५ सय मिटर उचाइसम्मका लागि सिफारिस गरिएका छन् । नार्कका अनुसार यी नयाा जात किसानसम्म पुर्याउन सके चाउचाउ, पास्ता, म्याक्रोनी  जस्ता वस्तुका लागि गहुा आयात गर्नुपर्दैन । १ अर्ब रुपैयाँभन्दा बढीको गहुँको आयात रोकिने अनुमान नार्कको छ । तर कृषि विभागले ती नयाा जात किसानसमक्ष पुर्याउन हतारो देखाएको छैन । 

यस्तै पशु दानाका लागि मकैमा परनिर्भरता बढेपछि नार्कले नयााँ जात विकास गर्यो । दाना र मानिसकै आहाराका रुपमा प्रयोग गर्न मिल्ने देउती, प्रोटिन बढी मात्रामा पाइने पोषिलो मकै १, पोषिलो मकैं २ बारे धेरै किसानलाई थाहै छैन । जबकि बाषिर्क १४ अर्ब रुपैयाँको मकै आयात हुन्छ । नार्कले विकास गरेका नयाँ जात किसानसम्म पुग्दा त्यसबाट राम्रो प्रतिफल आएका उदाहरण प्रशस्त छन् । अहिले व्यावसायिक रुपमा उत्पादन हुने गरेको गोलभेडा नार्कले १३ वर्षअघि विकास गरेको हो ।  टनेलभित्र उत्पादन हुने नार्कले विकास गरेको गोलभेडाको जातले  भारतमा समेत बजार लिइरहेको छ । बालीतर्फ मात्र होइन, पशुपालनतर्फका अनुसन्धान पनि किसानमा नपुर्याएकाले नतिजा देखिएको छैन । नार्कले गाई भैंसीका लागि विकास गरेको अतिरिक्त आहारबारे किसानलाई जानकारी नै छैन । लामखुटेको टोकाइबाट बाख्रामा सर्ने सेटासिया नामको रोगका लागि बनाइएका औषधि पनि किसानको पहुँचमा छैन । नार्कका उपयोगी अनुसन्धान कृषि मन्त्रालय र मातहतका विभागका दराजमा थन्क्याइएकाले उपलब्धि नदेखिएको हो ।  

नेपाली माटो सुहाउँदो नयाँ जात विकास गर्ने काम नार्कको भएपनि त्यसलाई किसानसम्म पुर्याएर उत्पादकत्व बढाउने मुख्य जिम्मेवारी मन्त्रालयको हो । तर मन्त्रालय यो जिम्मेवारीमा चुकिरहेको छ ।

(साभार-कान्तिपुर समाचार )

प्रतिक्रिया

उपयोगी कृषि नार्क अनुसन्धान

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?