बिराटनगर – कोरोना भाइरसको महामारीले सरकारले गरेको लकडाउनका कारण लामो समयदेखि बन्द रहेको बजार, पसल खुलेका छन् भने यातायातका साधन चलेपछि अहिले विराटनगर बजारमा मानिसको चहलपहल बढेको छ । नजिकिदै गएको नेपालीको पर्व बडा दशैंका लागि सीमाबर्त्ती भारतीय बजार जाने ग्राहक अहिले आ-आफ्नै स्थानीय बजारमा किनमेल गरिरहेका छन् । कोरोना भाइरसको महामारीका कारण सरकारले सीमा सिल गरेकाले सीमाबर्त्ती नेपाली बजार विराटनगरमा यति बेला किनमेल गर्नेको घुइाचो लाग्न थालेको हो । साल्ट ट्रेडिङ लगायतका केही पसलले ग्राहकलाई आकषिर्त गर्न सुपथ मूल्यका साथै दशैं योजना सार्वजनिक गरेका छन् । यसले उपभोक्ता वर्गले अलिकति भए पनि सस्तोमा उपभोग्य सामग्री खरिद गर्न पाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण सीमा सिल भएकाले विराटनगर क्षेत्रमा यस वर्ष व्यापार, व्यवसाय राम्रो भएको यहााका उद्योगी व्यवसायीले खुशी व्यक्त गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको सीमा सिलले चाडपर्व लगायतका अवसरमा सस्तोमा किनमेल गर्न भारतीय बजार जाने ग्राहक सीमाबर्त्ती नेपाली बजारमै किनमेल गर्न थालेका छन् । जसले यहाँका व्यवसायीको अनुहारमा अहिले खुशियाली छाएको हो । नेपाली बजारमा ग्राहकको उपस्थिति बढाइरहन व्यवसायीले धेरै मुनाफा नखोजी थोरैमा चित्त बुझाउने हो भने ग्राहकको भारतीय बजारप्रतिको आकर्षण स्वतह घट्नसक्ने देखिएको छ । यसले पूँजी पलायन हुनबाट रोकिने छ भने स्थानीय उत्पादनले बजार पनि पाउने छ ।