Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

धान रातो के कारणले देखिन्छ ?

krishireview
२०७९ जेठ ३१ , मंगलबार ०९:०६ मा प्रकाशित | ३३० पटक पढिएको

सबिता पौडेल (कृषि बिध्यार्थि)

किन हुन्छ त धान खेत रातो? धान खेत रातो हुने विभिन्न कारणहरु हुन्छन। धान खेतमा ब्लास्ट, ब्लाइट जस्ता विभिन्न रोगहरुका कारण धानखेत रातो हुन्छ । धानखेत रातो भएको ब्लास्ट, ब्लाईट अथवा अन्य कारणहरुले हो भन्ने पत्ता लगाएर मात्र त्यसको उपचार गर्नुपर्छ अन्यथा नियन्त्रण गर्न अलिक खर्चिलो पर्न सक्छ। कारण पत्ता नलागेमा रोग,किरा नियन्त्रणको औषधि साथै भिटामिन प्रयोग गरिन्छ।

कुनै एउटाले पक्का काम गर्छ भनेर यसो गरिन्छ। त्यसैले नियन्त्रण खर्चिलो बन्न जान्छ। धानमा मुख्य रूपमा सबैभन्दा धेरै देखिने ब्लास्ट रोग हो जसका कारण धान खेत रातो देखिन्छ। धानको पात माथिबाट डढ्दै जान्छ र तलको गाँज मोटाउँदै जान्छ।

यो रोग पुरै खेतमा एकैनासले लाग्दैन।एक ठाउँमा गोलाकार बनाएर लाग्छ र अर्को राम्रो धान भएको ठाउँमा लाग्छ। यतिबेला यस्को नियन्त्रण गर्न सकिएन भने (नेक ब्लास्ट) अर्थात् घाँटी मारुवा रोग लाग्छ। यस रोगको कारणले बाला निस्किएको धानको घाँटी कालो हुन्छ र धान मर्छ।यसको उपचारका लागि २.५ ग्राम बेविस्टिनलाई १ लीटर पानिमा घोलेर धान खेतमा छर्नुपर्दछ। अर्को रोग छ ब्याक्टेरियल ब्लाइट । यो रोग लागेको बेला धानको पात छेउछेउबाट डढ्दै जान्छ र बिचमा डुङ्गा आकारको रातो-रातो धर्साहरु देखिन्छन अनि पुरै पात रातै देखिन्छ । यो रोग ब्याक्टेरियाको कारणले लाग्ने भएकाले यस्को उपचार महङ्गो हुन्छ ।त्यसैले IPM विधिबाट यस्को नियन्त्रण गर्न सकिन्छ ।त्यस्का लागि गाईको ताजा गोबर पानीमा घोलेर धानखेतमा स्प्रे गरिन्छ।

धान खेत रातो देखिने अर्को कारण गवारो किरा पनि हो। यो किरा फेदमा लाग्छ। यस किराका कारण अरु सबै पात राम्रो हुन्छ तर बीचको गाबाको माथिको टुप्पा तान्दा सजिलै आइहाल्छ किनकि फेद सबै किराले खाएको हुन्छ। यसको नियन्त्रणको लागि १.५ ml मालाथियन लाई १ लीटर पानीमा मिसाएर छर्न सकिन्छ। IPM विधिबाट १ केजी निम को पात र १ केजी बकाइनो को पातलाई कुटेर , छानेर ,त्यसको झोललाई धानमा छरेर पनि किराको नियन्त्रण गर्न सकिन्छ। त्यस्तै जिंकको कमिले पनि धानखेत एकैनाशले रातो देखिन्छ अथवा खिया लागेको जस्तो देखिन्छ।यस रोगको कारणले गर्दा विरुवाले मल लिन सक्दैन र मर्दै जान्छ किनकी मललाई घुलाउने काम जिंक ले गर्दछ।यस्तो रोग देखिएमा २ ml जिंकोप्लेक्स १ liter पानीमा मिसाएर छर्दिनुपर्छ।

https://fb.watch/dEp_BjrKMw/ ( video link)

प्रतिक्रिया

धान खेत रातो ब्लास्ट

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?