Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

धान बालीमा लाग्ने किराहरु, त्यसको क्षतिको लक्षण र व्यवस्थापन

krishireview
२०७८ जेठ २६ , बुधबार ०९:०६ मा प्रकाशित | २०६७ पटक पढिएको

१. फड्के किरा (Brown plant hopper)

यी किराहरु खैरा हरिया पिठ्युँ भएका हुन्छन्। यस्ता किराहरु फुत्त फुत्त उफ्रिने खालका हुन्छन् । यी किराहरुले करिब १२४ वटा अन्डाका थुप्राहरु बनाउँछ र हरेक थुप्रोमा २(११वटा अन्डाहरु हुन्छन्।अन्डा लाम्चो हुन्छ र त्यस्मा २वटा कालो थोप्लो पनि हुन्छ।

क्षतिको लक्षण

यसले पात चुसेर खान्छ जसको कारणले धानको बिरुवा सुकेर मर्दछन्। बिरुवाहरु गाँजिन र बढ्न सक्दैनन् । धानको बोटमा वाला नलागी पराल जस्तो भई सुकेर ढल्छ।

ब्यब्स्थापन विधि

धानको जात छनोट गर्दा छिटो पाक्ने धान छनोट गरि धान छिटो लगाउने ९छिटो लगाए छिटो पाक्ने धानमा फद्के किराको प्रकोप कम भएको पाईएको छ।०
बिरुवा नजिक नरोप्ने र प्रति गाँजमा २(३ भन्दा बढी बेर्ना नरोप्ने।
नाईट्रोजेनयुक्त मलखादको उचित प्रयोग गर्ने
खेतको पानीको सतह बढाउने र घटाउने
धान खेतको पर्यावरणमा मित्रजिवको संख्या बढाउने र संख्या अत्यन्त कम छ भने अन्तिम विकल्पको रूपमा रसायनिक मलको प्रयोग गर्ने ९१२५(१५० मिलि इमिडाक्लोरोपिड १७।८ एस एल , १।५ लि क्युनालफोस २५ इसि अथवा ज्ञ।द्दछ(ज्ञ।छ लि क्लोरोपाइरिफोस २० इसि ५००(१००० लि पानीमा घोलेर १ हेक्टर म छर्ने


२. गवारो ​

यि किराहरु वयस्क अवस्थामा विभिन्न आकारका पुतली जस्ता देखिन्छन् । भाले जाती भन्द पोथी थोरै ठुलो हुन्छ र पखेटामा भएको कालो धब्बाले पोथी जाती जनाउँछ । यसका फुलहरु खैरा मसिना झुसहरुले ढाकिएका हुन्छन् ।

क्षतिको लक्षण

विरुवाको कलिलो अवस्थामा क्षति पुराएको खन्डमा मृत गावा देखिन्छन्। यदि फूल फुल्ने अवस्थामा आक्रमण भएमा सेतो वाला देखिन्छन् ९यस्तो अवस्थामा वालामा दाना लाग्दैन

व्यवस्थापन विधि

धान काटि सकेपछि बाँकि रहेका ठुटा नस्ट गरिनुपर्छ अथवा ठुटा डुब्ने गरि पानी पटाउने या धान काटिसके पछि खेत जोतिदिने
बेर्नाको पातको टुप्पोमा देखिएक फुलहरुलाई पात चुँडेर नस्ट गर्ने
प्रकाश पासोको माध्यम बाट किराहरु नस्ट गर्ने
धान खेतको आलिमा भटमास लगाउने
माकुर , लामा सिङ्गे फटयांग्रो को संरक्षन गर्ने
अन्त्यमा बल्ल बिषादि प्रयोग गर्ने


३. धानको पतेरो

त्रिकोण आकारको टाउको भएको यो किरा लामो खुट्टा भएको अनि समात्दा नराम्रो गन्ध छोडने खालका हुन्छन् । यो वयस्क अवस्थामा खैरोमा हरियो मिसिएको हुन्छ।

क्षतिको लक्षण

पातमा बढि आक्रमण भएमा वोटनै पहेलिने हुन्छ। यसले धानको दाना बाट रस चुस्ने भएकाले दानामा खैरो दाग देकिन्छ र खालि पैयाहरु मात्र हुन्छ।

व्यवस्थापन विधि

खेत वरिपरि झारहरु गोड्ने
गाईवस्तुको ताजा पिसाबमा जुटको बोरा भिजाएर खेतको बिचमा झुन्डाईदिने यसमा किराहरु आकर्षित हुन्छन्
प्रकाश पासोको प्रयोग गर्ने
एकै समएमा पाक्ने जातको बाली लगाउने
अन्त्यमा रसायनिक बिषादि प्रयोग गर्ने ९२किलो कर्बाराईल ५०५ डब्ल्यु पि ५००(१००० लि पानिमा घोलेर १ हेक्टरमा छर्ने


४. पात बेरुवा ​धान को पात बेरुआ किरा

यो वयस्क अवस्थामा हल्का खैरो रङको हुन्छ। पखेटामा दुईवटा वाङ्गा(टिङ्गा धर्काहरु हुन्छन् । लार्भा अवस्थामा यो हरियो रङको हुन्छ।

क्षतिको लक्षण

पातलाई बेरेर हरियो पदार्थ खाईदिन्छ र पात सुक्दछ। पातमा जालि जस्तो देखिन्छ । पातमा ढुँसि र अन्य घाउ देखिन्छ।

व्यवस्थापन विधि

बालिमा छायाँ पर्न दिनु हुँदैन
स्वस्थ वेर्ना प्रयोग गर्ने
नाईट्रोजनयुक्त विषादीको कम प्रयोग गर्ने र उपयुक्त दुरिमा बिरुवा लगाउने
प्रकोप बढि भएमा वि।टि नामक जैविक विषादि १।५ मि।लि प्रति लिटर पानिमा मिसाई
खेतमा छर्कने
अन्तिम विकल्पको रुपमा बजारमा सजिलैसँग उपलब्ध हुने सम्पर्क विषादि क्लोरोपाईरिफस २० प्र। इसि १।२५ मिलि प्रति लि छर्ने

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?