धानको समर्थन मूल्य सरकाले तोक्यो सरकारले धान बाली लगाउनुअगावै समर्थन मूल्य तोक्ने तयारी थालेर तोक्ने काम हिजो मंग्लवार साझ गरेको छ । किसानलाई प्रोत्साहन गर्न र व्यावसायिक बनाउन बाली लगाउनुअघि नै न्यूनतम मूल्य तोकिएको हो । धानको मूल्य ढिलो गरी तोक्दा सरकारले पनि धान फलाउन किसानले खर्चिने परिश्रम, लागतमा केही मात्र नाफा जोडेर सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जनाएको छ। कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको प्रस्तावमा सो मूल्य तय गरिएको हो। घनश्याम भूसाल कृषि मन्त्री भएपछि किसानलाई निश्चित नाफा (बचत) ग्यारेन्टी हुनेगरी मुख्य बाली वस्तुको न्युनतम समर्थन मूल्य तोक्ने र बजारमा बिक्री नभए सरकारले खरिद गर्ने व्यवस्था गरेर कृषिलाई संरक्षित र किसानलाई नाफा हुने वातावरण बनाउने बताउँदै आएका थिए। यो उनको योजना कार्यान्वयन हो।यस कार्यलाई कृषिमा आमूल परिवर्तनको संकेतको रुपमा हेरिएको छ। यस वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँका दरले सरकारले न्यूनतम समर्थन मूल्य तोकेको छ। सरकारले प्रमुख बाली धानमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ। तर गत वर्ष करिब २५ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको थियो। यस्तो अवस्थामा धान उत्पादन गर्ने किसानको समस्या हल नगरिएसम्म सरकारले लिएका यस्ता महत्त्वाकांक्षी लक्ष्य दिगो रूपमा हासिल गर्न कठिन भएको जानकारहरू बताउँछन्।यस्तो सुरुवातको लागि किसानले मन्त्रालयलाई धन्यवाद दिदै यस कुरालाइ ठूलो उपलब्धिका रुपमा लिएका छन।