कैलाली – हरियो, पहेँलो केरा त देखिएकै हो । के तपाइँले रातो रंगको केरा देख्नुभएको छ ? के रातो रंगको केरा पनि हुन्छ र ? भन्नुहोला । हाम्रो देशमा पनि केही ठाउँमा अरु देशमा झैँ रातो केरा पाइन्छ जुन कुरा सुन्दा हामिलाइ अलिक अचम्मै लाग्दछ ।
रातो रंगको केरा विशेषगरी अस्ट्रेलियामा पाइन्छ । अस्ट्रेलियाका साथै वेस्ट इण्डिज, मेक्सिको, जमैका, इक्वेडर लगायतका देशमा पनि पाइन्छ । रातो केराको यो प्रजाति सबैभन्दा पहिले कोस्टारिका देशमा फेला परेको थिए । अहिले पूर्वी अफ्रिका तथा दक्षिण अमेरिकामा यसको सबैभनदा धेरै उत्पादन हुने गरेको छ र विश्वका विभिन्न देशमा निर्यात समेत हुने गरेको छ ।
पहिलोपटक ४ र ५ सय बोटबाट खेती सुरु नेपालमा लगभग २०७५ सालतिर नेपालको कंचनपुरमा गरिएको थियो र जुन नेपाली भुमीमा सफल देखिएको थियोे । इजरायलबाट बीउ ल्याएर यहीँ टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको थियो । परीक्षणका रूपमा लगाइएको केरा उत्पादन भएपछि बजारको मागअनुसार थप विस्तार गरिने परीक्षणमा समलग्न ब्यक्तिले दिनु भयो।
यो केराको सफल परीक्षणमा सम्लग्न कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ ज्युका अनुसार रातो केरा स्थानीय जातका केरा जस्तै हुन्छ । ‘यसमा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ तर सुगरको मात्रा एकदम कम हुन्छ,’ उनले भने, ‘त्यही भएर यो मधुमेहका बिरामीका लागि बढी उपयुक्त मानिन्छ ।’
यो केराको कोसा हल्का गुलाबी रातो रंगको हुन्छ भने स्वाद अन्य केराजस्तै हुन्छ । यसमा पर्याप्त भिटामिन सी का साथै क्यालोरी पनि प्रसस्त पाइन्छ ।
(साभार;विभिन्न अन्लाइन खोजको समायोजनबाट प्राकृतिक स्रोत ब्याबस्थापन कलेज बर्दिबासमा अध्यनरत बिद्यार्थी राजु खत्रीले तयार पार्नु भएको हो।)