Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

थोपा सिचाइँ प्रविधि

आरती चपाई
२०७७ असार १२ , शुक्रबार १०:०६ मा प्रकाशित | १७९२ पटक पढिएको


आरती चपाई \ प्राकृतिक स्रोत व्यवस्थापन कलेज ,बर्दिवास 

Typical Drip Irrigation System Layout | Garden irrigation system ...

 नेपाल एक कृषि प्रदान देश हो । कृषि प्रदान भएता पनि यहाँको कृषि प्रणाली भने परम्परागत तथा निर्वाहमुखि रहेको कुरा हामी सबैलाई थाहा नै छ । आर्थिक रुपले सक्रिय जनसङख्याको करिब ६५% मानिसहरु कृषि पेशामा आधारित भएतापनि प्रति एकाई क्षेत्रफलको उत्पादन निकै न्यून हुदाँ वर्षेनी खाद्यन्न ,फलफूल , तरकारी लगायत अन्य कृषि जन्य वस्तुहरु विदेशबाट आयात गर्नु पर्ने बाध्यता छ । भने अर्को तर्फ परम्परागत खेती प्रणालीको कारण जिवीकोपार्जनमा कठिनाई हुदाँ वर्षेनी लाखौंको सङ्ख्यामा युवावर्गहरू विदेश पलायन भइरहेको तितो यर्थाथ हामी माज यथेस्ट छ । विशेष गरेर नेपालको  तराई, पहाड र उच्च हिमाली भेगमा प्रशस्त मात्रामा खेती योग्य भूभाग भएता पनि सिचाईको अभावका कारण कयौँ किसानहरू आफ्ना खेत तथा पाखोवारी बाझो राख्न विवश छन्। यसरी किसान समक्ष पुग्नुपर्ने नविनप्रविधिहरु नपुगेकै कारणले गर्दा उत्पादन लागत बढी हुनुको साथै गुणस्थर हिन खाद्यन्नहरु उत्पादन भइरहेको छ । तसर्थ यसै सन्दर्भमा गुणस्तरीय उपादनका लागि सबै भेगका किसानहरु माझ छिटै पुर्‍याउनुपर्ने थोपा सिचाई प्रविधि वारे केहि चर्चा गर्ने प्रयास गरेको छु ।   

थोपा सिचाई एक प्रभावकारी सिचाइ प्रविधि हो ।  जसमा पोलिटियुवको माध्यमबाट हरेक विरुवाको जराजरामा आवश्यक मात्रामा समान रूपले पानी, जैविक तत्व तथा धुलनशील खाध्य पदार्थ पुर्‍याउने गरिन्छ । यसरी प्लाटिक पाइप बाट विरुवाको जराजरामा पानी थोपाथोपा गरेर विरुवाको  आवश्यकता पूरा गरिन्छ । भने मलखाद पनि सिचाईको माध्यमबाट दिइन्छ । जसले गर्दा बोटविरुवाको निर्वाद रुपमा वृद्धिविकास हुन्छ । विश्वमा थोपा सिचाई प्रविधिको विकास सर्वप्रथम सन १९६० मा इजरायलका सिम्का ब्लास्ट नामक कृषि वैज्ञानिकले गरेका हुन्। यसरी विश्वको कृषि क्षेत्रलाई आधुनिकरण तथा व्यवसायीमुखी बनाउने हेतुका कारण थोपा सिचाईको पहिलो प्रयोग इजरायलले गरेको थियो। पछिल्लो समयमा भने थोपा सिचाईको माग बढ्डो क्रममा रहेको कारणले गर्दानै थोपा सिचाईको नाममा ब्रहमलुट भएकको पाइन्छ । तर पनि विदेशी प्रविधि भन्दा नेपाली प्रविधि को नै बढी प्रयोग भएको देखिन्छ । नेपालमा नेपाली थोपा सिचाई प्रविधि वि.स२०५५ मा सुरु भएको हो भने विदेशी प्रविधि भने २०६७, २०६८ देखी मात्र भित्रिएको हो। हालसम्म १ लाख १२ हजार किसानले नेपाली थोपा सिचाई बाट प्रत्यक्ष रूपमा लाभ लिई रहेका छन्। भने  यो नेपाली प्रविधि नेपालमा मात्र सिमित नभएर भारतमा समेत निर्यात हुने गरेको छ । भारतको सिक्किममा वार्षिक रुपमा २३०० किसानले यसको प्रयोग गरेका छन् । यस्तै  अफ्रिकी मुलुक घना लगायत अन्य देशहरुमा समेत यसको प्रयोग भएको विश्वास गरिएको छ । टनेल निर्माण सहित आधुनिक थोपा सिचाई प्रविधि जडान गर्न प्रति हेक्टर जमिनमा १५ हजार लाग्ने आङ्कलन गरिएको छ भिने १०० वटा विरुवालाई सिचाई गर्न मिल्ने साधारण प्रविधि रु १८00 मा अहिले वजारहरुमा उपलब्ध छन्। यसरी सुरुमा केही बढी लगानी लगाउनु पर्ने देखीए पनि कालान्तर रूपमा भने सस्तो पर्न जान्छ । थोपा थोपा गरि २ . २५ लिटर पानी प्रति घन्टा सिचाई गरिन्छ । थोपा सिचाई विशेष गरी लाइनमा रोप्न मिल्ने वा रोपिने बालीहरू जस्तै तरकारी फलफुल आदिका लागि उपयुक्त मानिन्छ। सुरुमा लगानी बढी पर्ने भएता पनि High value crops जस्तै क्यापसिकम, स्ट्रवेरी आदि हरुको लागि बढी प्रभावकारी हुन्छ । पछिल्लो समयमा भने तरकारी, फलफुल मा मात्र नभई जडीवुटी , तेलहन बाली, उखु तथा अन्य नगदे वाली हरुमा समेत यसको प्रयोग भएको पाइएको छ । यसरी वर्तमान समयमा आधुनिक प्रविधिको  एउटा सफल उदाहरण थोपा सिचाइँ भागको छ । 

थोपा सिचाई मा प्रयोग गरिने यन्त्रहरु

१. पंप

२. वाटर फिल्टर

३. रेगुलेटर वा दबाब नियंत्रण गर्ने भल्ब

४. हाइड्रोलिक वाँल्ब्स

५. पाइप फिटिंग्स र ठूलो पाइप

६. कम मोटाई भएको पोलिटियूब

७. ब्याक वाटर रोक्ने यन्त्र

८. एमीटर्स माइक्रो स्प्रे हेड , इन – लाइन ड्रिपर आदि। 

 थोपा सिचाईका फाइदाहरु :

१. थोपा सिचाइमा पानीलाई विरुवाको फेदसम्म थोपाको रुपमा पठाइने हुदाँ थोरै पानीबाट पनि बढी क्षेत्रफलमा सिचाइ गर्न सकिन्छ ।

२. मलखादको व्यवस्थापन गर्न सहज हुन्छ । यसमा पानी जम्मा गर्ने ट्याङ्कीमा पानीमा  घुल्न सक्ने मलहरुलाई घोली पानी सङै विरुवाको फेदमा पठाउन सकिन्छ सोहि प्रविधिलाई fertigation भनिन्छा भने विषादीहरुलाई पनि थोपा मार्फत पठाउने गरिन्छ जसलाई chemigation भनिन्छ । यसरी विषदी लाई पानी सङ्गै थोपाको माध्यमबाट पठाउदा धेरै फाइदा हुन्छ जस्तै :-   – यसरी विषादी प्रयोग गर्दा खानयोग्य भागजस्तै फल,फूल आदिमा विषादी कम पर्ने हुनाले केहि हदसम्म स्वस्थ्य उत्पादन लिन सकिन्छ । – विषादी स्प्रे गर्दा मानिसलाई हुने विभिन्न शारिरिक असरहरु जस्तै छालाको एलर्जी, टाउको दुखाई आदि बाट बच्न सकिन्छ ।

३. भाटीमा हावा र पानीको अनुपात मिलाउछ । फलसोरुप जराले वृद्धि विकासको लागि उपयुक्त वातावरण पाउँछ र विरुवा पनि राम्रो सगँ बढ्छ ।

४. जमिनको अधिकाशं क्षेत्र सुख्या हुने हुदाँ पानीको वास्पिकरण कम हुन्छ ।

५. रोग, किरा तथा झारको प्रकोप कम हुन्छ ।

६. असमतल क्षेत्र, पानी कम हुने क्षेत्र. बलौटे तथा ढुङ्गान क्षेत्रमा समेत सजिलै खेती गर्न सकिन्छ ।

७. ३०-७०% सम्म पानीको वचत हुन्छ |

८. नुनिलो तथा ढलको पानी समेत सजिलै प्रयोग गर्न सकिन्छ ।

९. यो प्रविधिबाट तरकारी तथा अन्य फलफुल जस्ता खाद्यन्य र नगदे वालिहरुको खेती गर्नाले उत्पादन र उपादकत्वमा वृद्धि गर्न सकिन्छ ।


थोपा सिचाईका वेफाइदाहरु :-

१. ओभरहेड सिस्टम को तुलनामा थोपा सिचाइको सुरुवाति लगानी महंगो पर्छ ।

२. छान्ने काम राम्रो संग भएन भने यसबाट अवरोध हुन सक्छ ।अन्तेमा ,     

  थोपा सिचाई लगायत अन्य नविन प्रविधिहरुको विस्तार गरि किसानहरुमाझ पुर्‍याई गुणस्तरीय कृषि उत्पादनमा जोड दिए मात्रै कृषि उत्पादन र उत्पादकत्व  बढाउन सकिन्छ ।

ReplyForward
प्रतिक्रिया

थोपा सिचाइ

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?