Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

तितेपाती र नीम एक विषादीजन्य वनस्पति

krishireview
२०७८ साउन २५ , सोमबार ०१:०८ मा प्रकाशित | १२२७ पटक पढिएको

तितेपाती (Mugwort, Artemisia vulgaris L.)

परिचय :

तितेपातीमा हुने तीतोपनले गर्दा कीराहरू नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ | यसले कीरा मार्नुभन्दा पनि भगाउन सहयोग गर्छ |

प्रयोगविधि

  • तितेपातीलाई छाहारीमा सुकाएर केही दगल्चाएर पानीमा भिजाई बनाएको झोल १ भागमा ३ भाग पानी मिसाई छर्नाले झुसिल्कीरा, लाही कीरा, आदिको प्रकोप कम गर्न सकिन्छ
  • पातीको पात र डाँठलाई हरियो मल र छापोको रूपमा राखेमा माटोमा बस्ने कीराहरूको प्रकोप घटाउन सकिन्छ
  • त्यस्तै छाहारीमा सुकाएको तितेपातीको पातलाई मकैको घोगासँगै मिसाएर राख्दा मकैमा लाग्ने घुन लगायतका कीराहरूको प्रकोपलाई कम गर्न सकिन्छ
  • १०० ग्राम तितेपातीको पातलाई कुटेर १ लिटर पानीमा ढडाएर आएको रस छरेमा फर्सीमा लाग्ने रातो खपटेको प्रकोप कम हुन्छ |

नीम (Neem, Azadirachta indica L.)

परिचय :

नीममा Azadirachtin भन्ने यौगिक पाइन्छ जसमा कीरा मार्ने गुण हुन्छ | यसको प्रयोगबाट बालीबिरुवाहरूका विभिन्न थरीका कीराहरू जस्तै, चुस्ने कीरा, सुलसुले, पात खानेलाभ्रे कीरा आदिलाई नियन्त्रण गर्न सकिन्छ |

प्रयोगविधि

  • सुकेको नीमको बीउलाई पिंधेर मसिनो बनाएको धूलो १० ग्राम प्रति के .जी अन्न (धान, मकै , गहुँ) मा मिसाएर भण्डारण गर्दा ६ महिनसम्म घुन-पुत्लाबाट बचाउन सकिन्छ
  • त्यसै गरी १ के .जी नीमको पातलाई १० लिटर पानीमा मिसाई १२ घण्टा भिजाएपछि उक्त झोललाई धानको गभारो, फड्के कीरा, पातबेरुवा, पतेरो, डाँठ कु हाउनेढुसी, काँक्रोफर्सीको खपटेकीराहरू नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ
  • नीमको २०० ग्राम हरियो पातलाई दगल्चाएर १ लिटर पानीमा १२-१५ घण्टासम्म ढड्याएर आएको रस हप्तामा १ पटकका दरले ६ पटकसम्म छरेमा काउली समूहको तरकारीबालीमा लाग्ने बन्दाको पुतली, भटमासको झुसिलकीरा, सुर्तीको पात खानेलाभ्रे, इँट्टाबुट्टे पुतली नियन्त्रण गर्न सकिन्छ
  • १ के .जी.नीमको पातलाई एउटा भाँडोमा राखेर त्यसमा ५ लिटर पानी मिसाउनेर पातको हरियो रङ पानीमा नआउँन्जेलसम्म पकाउनेर सेलाएपछि पात हटाएर विषादीको रूपमा प्रयोग गर्न सकिन्छ
  • नीमको २ के .जी धूलो १६-२० लिटरसम्म पानीमा मिसाई एक रात भिजाएपछि झोललाई कपडालेछानेर तयार भएको १ लिटर झोललाई २० लिटर पानीमा मिसाएर ४-५ दिनको फरकमा विषादीको रूपमा छर्दा के रामा लाग्ने रोग कीरा नियन्त्रण गर्न सकिन्छ
  • नीमको पिना नीमको दानाबाट तयार गरिएको हुन्छ | तोरीको पीना जस्तै गरी माटोमा यसको प्रयोग गर्दा माटोमा लाग्ने कीराको प्रकोप कम हुनाका साथै नेमाटोड रोकथामको लागि समेत प्रभावकारी हुन्छ | यसलाई बोटबिरुवा लगाउनुभन्दा अगाडि प्रतिबोट २५ ग्रामको दरलेमाटोमा मिलाई प्रयोग गर्न सकिन्छ।
प्रतिक्रिया

neem titepati

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?