आकृती काफ्ले
प्राकृतिक स्रोत व्यावस्थापन कलेज(ए.एफ .यु),सिन्धुली
नवलपरासी- नेपालमा भर्खर भर्खरै मात्र भित्रीएको हल्का गुलाबी रङको,खादा मिठो अनि गर्मि समयमा फल्ने नवआगन्तुक फल हो ड्रागन फल ।ड्रयागन फल(Hylocereus undatus) एक उष्णकटिबंधीय (Tropical)हो जसलाइ पिटाया पनि भनिन्छ र यो सिउँडी फेमेलीमा पर्दछ । थाईल्यान्ड, मलेशिया, इजरायल भियतनाम हुदै दक्षिण पूर्व एशिया र ल्याटिन अमेरिकामा मुख्य रूपमा लोकप्रिय भएको यो फल अहिले नेपालमा पनि लगाउने गरिएको पाइन्छ । ड्रयागन फल ३ किसिमको हुन्छ जसमा एउटा रातो छाला र सेतो गुदि अर्कामा रातो छाला र रातो गुदि र अर्कामा पहेलो छाला र सेतो गुदि हुन्छ। ड्र्यागनका फूलहरू रातमा मात्र एक पटक फुल्छन जुन साँझ सुरु हुन्छ र मध्यरातमा करीव पूर्ण खिलमा (Bloom) हुन्छ। यसका फूलहरुमा रातमा उड्ने पुतली र चमेराहरुले परागसेचन गर्छन।
ड्र्यागन फल खेती
ड्र्यागन फल खेतीको लागी गर्मी २०-३०डिग्री तापक्रम र कम वर्षा (५०% वार्षिक औसत वर्षा )हुने ठाउँमा अनुकूल दखिन्छ । नेपालमा यसको खेती समुद्री सतह देखि ४५०० फिट सम्म गर्न सकिन्छ । नेपालको भौगोलिक परिवेश अनुसार यसको आधा भूभागमा ड्र्यागन फल खेतीको प्रबल सम्भावना छ । बर्षभरिनै लगाउन सकिने ड्र्यागन फल विषेशगरी भदौ ,असोज देखि मङसिर सम्म लगाउन सकिन्छ ।
माटो ; यसको खेती जुनसुकै माटो अवस्थामा पनि गर्न सकिन्छ । विषेशगरी PH ५.४-७.५ र बालौटे माटोमा अत्यधिक राम्रो मानिन्छ । खेतीगर्नु अघि माटो राम्रोसँग खनजोत गरेर गोबर मल र कम्पोस्ट मल हाल्नु पर्छ ।
बिउको छनोट: बिरुवाका लागी यसको बिज लिएर नि गर्न सकिन्छ । बिजबाट धेरै समय लाग्ने तर कलमी गरको बिरुवाले छिटो फल दिने हुनाले यसलाई बढि प्रयोगमा ल्याइएको पाइन्छ। हामी बिरूवाको लागि हागाँको कटिङ्ग पनि सजिलै प्रयोग गर्न सक्छौं । अघिल्लो वर्ष फल दिएका हागाँले नयाँ वर्षमा फल नदिने हुनाले कटिङ्गको लागि सो हागाँ लिन सकिन्छ ।
बिरुवा लगाउने तरिका:प्रत्येक बोट लगाउँदा २-३ मिटरको दुरि कायम गर्नुपदछ। ६० से.मि चौडाई र ६० से.मि गहिराई खनेर गोबर मल र कम्पोस्ट मल मिसाई कलमी वा कटिङ्ग गरको बिरुवा लगाउन सकिन्छ। बिरुवा लगाउने बेला सिमेन्टको खम्बा वा बाँस वा काठको खम्बा पनि गाड्नु पदर्छ र रसीले बाध्नु पर्छ जसले गर्दा ड्र्यागन फलको बोटलाई अड्याउनलाई सहायता मिल्छ ।
सिचाँई:पानीको आवश्यकता कम पर्ने हुनाले १ हप्ताको अन्तरालमा सिँचाइ गर्न सकिन्छ र थोपा सिँचाइ गर्नु नै ड्रयागन फललाई उत्तम हुन्छ। पानी धैरै जमेको बेला फूल झर्ने र फल कुहिने हुदाँ यसको निकासको व्यवस्थापन गर्न अत्यन्त जरुरी छ ।
रसायनिक मलको प्रयोग:प्रति बोट ४० ग्राम पोटास, ७० ग्राम युरिया, ९० ग्राम सिङगल सुपर फोस्फेट प्रयोग गर्न सक्छौं । प्रत्येक वर्ष रसायनिक मलको मात्रा बढाएर २२० ग्राम -१.५के.जी सम्म लान सकिन्छ ।
ड्र्यागन फल खेती गर्दा १ रोपनीमा २०-४० बोट लगाउन सकिन्छ । प्रति बोटले २५ देखि १०० के .जी सम्म फल दिन्छ । यसको बजार मूल्य अरु बागवानी बाली भन्दा बढी छ र प्रति किलो रु.८०० मूल्य पर्न गएको पाइन्छ। यति धेरै बजार मूल्य भएको फल त्यतिनै स्वास्थ्यजनक र लाभदायिक पनि छ । यस फलका फाईदाहरु;
-क्यान्सर बिरामीका लागी एकदमै फलदायिक हुनुका साथै मधुमेह भएका व्यक्तिले पनि सेवन गर्न मिल्छ ।
-यस फलमा प्रशस्त भिटामिन, खनिज पदार्थ र औषधिजन्य गुणहरु पाईन्छ ।
-यस फलले एक स्वास्थ र चमकदार छाला बनाउन मद्दत पुर्याउछ ।
-भिटामिन सी अत्याधिक मात्रामा भएकाले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन पनि मद्दत गर्दछ।
-यस फलले खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत पुर्याउछ र उच्च फाइबर सामग्री भएकाले पाचन प्रक्रियामा समेत सहयोग गर्छ ।
यसको खेती नेपालमा व्यावसायिक रुपमा शुरु हुने चरणमा छ। नेपाली बजारमा नयाँ मानिने ड्रयागन फलको माग दिनँहु बढ्दो क्रममा छ। राम्रो बजार भाउ भएको कारण बजारको उचित व्यवस्थापन गर्न सकेमा आर्थिक रुपमा सबल हुनलाई पनि ड्रयागन फल खेति अवलम्बन गर्न सकिन्छ । नेपालको भौगोलिक संरचना र हावापानिमा मिल्ने ड्र्यागन फल खेतीको सम्भावना प्रवल छ । यस खेतीबाट आर्थिक अवस्था वृद्धिका साथै आम्दानी पनि धेरै हुन्छ । ड्रयागन फल खेतिको विकास र विस्तार गर्न सकेको खण्डमा नेपालमा देखिएको बेरोजगारीको समस्यामा पनि केहि राहात मिल्ने छ। साथै , कृषि विज्ञहरुको लागि खोज र अनुसन्धानको लागि नयाँ सुअवसर पनि हो। फलको पौष्टिक,आर्थिक र अनुसन्धानात्मक महत्त्वको कारण यसको बजार ब्यबस्थापन गरि उपयुक्त प्रविधिको व्यवस्था भएमा ड्रयागन फलको खेतिको सम्भावना एकदमै अवसरमुखी अनि राम्रो देखिन्छ।
(यो लेख विभिन्न पत्रपत्रीका ,पुस्तक र अन्य अन्लाईन खोजमा आधारित रहेको छ र यस लेखकि लेखिका आकृती काफ्ले प्राकृतिक स्रोत व्यवस्थापन कलेज सिन्धुलीमा चौथो सेमिस्टरमा कृषि अध्ययन गर्दै हुनुहुन्छ)