रासायनिक मलको प्रयोगले हामीलाई प्रशस्त मात्रामा उत्पादन त दिन्छ तर त्यसले मानवको स्वास्थ्य,वातावरणको स्वास्थ्य र माटोको उर्वराशक्ति मा नकारात्मक असरहरू पुर्याइरहेको हुन्छ।तसर्थ त्यसो हुन नदिनको लागि हामिले रासायनिक मल प्रयोग नगरी झोलमल प्रयोग गर्न सक्छौ।झोलमलले बिरुवालाई खाद्य तत्व दिनुको साथै रोग र किराको प्रकोपबाट पनि बचाउन मद्धत गर्छ।
विभिन्न किसिमको अमिलो, तितो, टर्रो स्वाद भएका बोटबिरवाहरु जस्तै बकाइनो,नीम, तितोपाते,असुरो,बोझो,सुर्ती,वनमारा, लहरे तरकारीका पातहरू तथा गाईभैसीको पिसाब,गोबर प्रयोग गरेर बनाईने मललाई झोलमल भनिन्छ।यसलाई कतिपय ठाउँमा चिया मल तथा गीति मल पनि भन्ने गरीन्छ।
झोलमल बनाउँदा प्रयोग गरिने सामानहरू
झोलमल कसरी बनाउने
झोलमल तयार भएको भनेर थाहा पाउने तरिका
चिया जस्तो रंग भई कडा गन्ध आउँछ।यसरी प्रयोग गर्दा रोग ( दुसिजन्या)कीराहरू (लाहि,धमिरा,कमिला, पतेरो)बाट बचाउन सकिन्छ एबम् बिरुवालाई आवस्यक खाद्य तत्व दिन्छ।
झोलमल प्रयोग गर्ने विधि
माटोमा चिस्यान कायम राख्ने र कीराबाट समेत बालीलाई बचाउने भएकाले यसलाई कीरा लाग्ने समयमा पटक–पटक छर्नु पर्दछ । झोल मल कलिलो एवं हुर्केको बिरुवा दुवैमा छर्न सकिन्छ । यसरी तयार गरिएको विषादी निकै कडा हुने भएकाले यसलाई प्रयोग गर्दा पानीमा मिसाएर मात्र प्रयोग गर्दा उत्तम हुनेछ । नर्सरीमा भएका र भर्खरै रोपेका ससाना बिरुवामा हाल्न १ लिटर विषादीमा १९ लिटर पानी हाल्नु पर्छ भने हुर्की सकेको बिरुवामा १ लिटर विषादी मा ४ लिटर पानी हाले पुग्दछ । रोग लागेका बालीमा मात्र विषादी हाल्दा पुग्छ । यदि फलहरू लागिसकेको बोट छ भने जरामा र फेदमा हाल्नु पर्दछ । बिरुवाले कीरा मार्ने विषादी जराबाट सजिलै लिन सक्छ । यसोगर्दा फलमा विषादीको गन्ध आउने र हेर्दा नराम्रो समेत देखिँदैन । घरेलु झोल मल हप्तामा एकचोटि नियमित रुपमा हाल्यौं भने बालीमा लाग्ने रोग र शत्रुकीरा सजिलै नास हुन सक्छ भने मित्रकीरालाई कुनै असर पर्दैन।
झोलमलको प्रयोगले हुने फाइदाहरु
यसले बालीलाई चाहिने आवस्यक मल पुर्याउनको साथै रोग र कीराहरूको नियन्त्रण गर्नमा पनि प्रयोग गर्न सकिन्छ। आफ्नो वरिपरि पाईने वनस्पति प्रयोग गरी घरमै सजीलैसँग बनाउन मिल्ने र यसले वातावरण स्वास्थ्य,मानव स्वास्थ्य,माटोको उर्वराशक्ति मा नकारात्मक असर नगर्ने भएकोले आजभोलि यो कृषकहरू माझ प्रिय बन्दै आएको छ ।