जैवीक तरिकाबाट काक्रो फर्सी समुहमा लाग्ने किराको रोकथामका उपायहरू
krishireview
२०७८ जेठ २६ , बुधबार ०१:०६ मा प्रकाशित | १६७७ पटक पढिएको
क) फल कुहाउने औंसा(झिंगा)
पोथी झिंगाले कलिला फुल तथा फल भित्र फुल पार्छन् । पछि ति फुलबाट बच्चाहरु निस्केपछि फल भित्र बसेर फलका गुदी खान्छन् र पछि ति फल कुहिन थाल्छ ।
काक्रो फर्सी जातमा लाग्ने फल कुहाँउने झिंगाको जीवन चक्
व्यवस्थापन गर्ने तरिका
कुहिएको फूल तथा फललाई जम्मा गरी करीब १ हात गहिरो खाडल खनी माटोले पुरी दिने।
भाले झिंगा मार्नको लागि क्युलिएर वा व्याक्टोसेरा कम्पोजिट नामक पोथीको गन्ध आउने ल्युरको फेरोमन पासो थाप्ने ।
एक लिटर पानीमा चिनी र मालथायन मिसाई झोल बनाउने र त्यसलाई बारीको ठाउँ ठाउँमा राखिदिने जसले गुलियो मन पराई खान्छ । अथवा पाकेको फर्सीको खाद्यल्यूर प्रयोग गर्दा राम्रो हुन्छ ।
झिंगालाई मन नपर्ने गन्ध आउने जस्तै निम, सूर्ती वा अदुवाको रस छर्ने ।
पाकेको फर्सी १०० ग्राम र साबुन पानी १०० मिलि मिसाई झिंगालाई आकर्षित पार्ने ।
बाली लगाएको बीच लाईनमा १५ से.मि. को फरकमा मकै लगाउने ।
सधै जग्गाको तयारी गर्दा निम तथा अन्य पिना प्रयोग गर्ने ।
सकेसम्म चाँडै पाक्ने जात वा कीराको आक्रमण सहन सक्ने जात लगाउने ।
बाली भित्र्याई सकेपछि १ वा २ पटक लार्भा वा प्यूपा नष्ट गर्नको लागि खनजोत गर्नु पर्दछ ।
ख) रातो, निलो, कालो र खैरो खपटे किराहरू
खपटेले पात, लहरा तथा फूल खान्छ भने यसको लार्भाले जरा प्वाल पारी गुदी खाई दिन्छ । माटोमा छोएको फललाई लार्भाले प्वाल बनाई खान्छ र फल कुहिन्छ ।
काक्रो फर्सी जातमा लाग्ने रातो, निलो र खैरो खपटे कीरा र लार्भा
व्यवस्थापन गर्ने तरिका
यो खपटे विहान घाम नलागेसम्म उड्न नसक्ने हुँदा हातले टिपेर मार्न सकिन्छ ।
बारीमा झारपात तथा गोडमेल गरी सफा राख्ने र बेलाबेलामा गोडमेल गर्ने ।
निमजन्य विषादी (मार्गोसोम वा ओजोनिम) ५ एम.एल प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा छर्ने ।
घरेलु वनस्पती विषादी बनाई ७ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
दसकाभ्य बनाई १५ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने।
मिश्रित बाली अप्नाउने ।
मेटाराइजियम जैविक विषादी १० ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
छिटै बाली उत्पादन गर्न सक्नुपर्दछ ।
सकेसम्म चाँडै पाक्ने जात वा कीराको आक्रमण सहन सक्ने जात लगाउने ।
बाली भित्र्याई सकेपछि १ वा २ पटक लार्भा वा प्यूपा नष्ट गर्नको लागि खनजोत गर्नु पर्दछ ।
ग) थोप्ले खपटे किरा
खपटेले पात, लहरा तथा फूल खान्छ भने यसको लार्भाले जरा प्वाल पारी गुदी खाई दिन्छ । माटोमा छोएको फललाई लार्भाले प्वाल बनाई खान्छ र फल कुहिन्छ ।
कार्को र फर्सी जातमा लाग्ने थोप्ले खपटे कीरा र त्यसका प्यूपा र लार्भा
व्यवस्थापन गर्ने तरिका
यो खपटे विहान घाम नलागेसम्म उड्न नसक्ने हुँदा हातले टिपेर मार्न सकिन्छ ।
बारीमा झारपात तथा गोडमेल गरी सफा राख्ने र बेलाबेलामा गोडमेल गर्ने ।
निमजन्य विषादी (मार्गोसोम वा ओजोनिम) ५ एम.एल प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा छर्ने ।
घरेलु वनस्पती विषादी बनाई ७ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
दसकाभ्य बनाई १५ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने।
मिश्रित बाली अप्नाउने ।
मेटाराइजियम जैविक विषादी १० ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
छिटै बाली उत्पादन गर्न सक्नु पर्दछ ।
सकेसम्म चाँडै पाक्ने जात वा कीराको आक्रमण सहन सक्ने जात लगाउने ।
बाली भित्र्याई सकेपछि १ वा २ पटक लार्भा वा प्यूपानष्ट गर्नको लागि खनजोत गर्नु पर्दछ।
घ) सुलसुले
कीराहरूले मुनाका कलिला पातमा बसी रस चुस्दछन् र पातमा भाईरस लागे जस्तो गुजमुज्ज देखिन्छ ।
काक्रो फर्सी जातमा लाग्ने सुलसुलेले पातलाई क्षती गरेको
व्यवस्थापन गर्ने तरिका
सुलसुले रोकथाम गर्नको लागि निमजन्य विषादी ५ एम.एल प्रति लिटर पानीमा मिसाई छर्ने ।
ङ) लाहीकिरा
यिनीहरुले समुहमा डाँठ, कलिला पात तथा मुनामा बसेर रस चुसेर नोक्सान गर्दछन् भने अर्को तर्फ भाईरस सार्ने काम पनि गर्दछ ।
काक्रो फर्सी जातमा लाग्ने लाहीले पातलाई क्षती गरेको
व्यवस्थापन गर्ने तरिका
एक भाग गाईको गहुँतमा ५ भाग पानी मिसाएर छर्ने ।
निमजन्य विषादीको प्रयोग गर्ने ।
घरेलु वनस्पती विषादी बनाई ७ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
दसकाभ्य बनाई १५ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने ।
परालको खरानी पानीमा राम्रोसँग घोलेर छरेमा लाही कीराको रोकथाम गर्न सकिन्छ ।
सिस्नु र तितेपाती गाईको मूत्रलाई पानीमा राम्रोसंग घोलेर ७ दिनको फरकमा छर्ने ।
एग्री शक्ति ५ मिलि एक लिटर पानीमा मिसाएर र त्यसमा ८० ग्राम सख्खर घोलेर ५, ६ घण्टासम्म छायाँमा राख्ने र पछि १५ लिटर पानीमा मिसाएर साँझ छर्ने ।
वियुभेरीया वेसियाना जरा भिज्ने गरी जरामा राम्रोसंग छर्ने ।
तोरी जातको बाली लगाउने, सिफारिस मात्रामा मलखादको प्रयोग गर्ने र खेतबारीको सरसफाईमा ध्यान दिने।
प्रतिक्रिया
Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10