परिचय :
जीवामृत एक प्रकारको झोलमल हो | यसको प्रयोगले माटोमा जैविक गतिविधिहरू बढ्न गई माटोको गुणस्तर राम्रो हुनाका साथै रोगकीराको व्यवस्थापनमा पनि सहयोग पुग्दछ |
आवश्यक सामग्री
- पानी १८० लिटर
- गौमूत्र १० लिटर (स्थानीय गाईको भए राम्रो)
- गोबर ताजा १० के .जी. (स्थानीय गाईको भए राम्रो)
- गुड/सखर १ के .जी बेसनको पीठो १ के .जी.
- माटो १ मुठी (पीपलको जरानेरको/पीपल नपाईने स्थानमा बनको मलिलो माटाे)
बनाउने विधि
- आवश्यक सामग्रीमा उल्लिखित वस्तुहरूलाई एक पछि अर्काे गरी एकै ठाउँमा राम्रोसँग घोली छायाँमा राख्ने र ७२ घण्टाका अन्तरालमा बिहानबेलुका विषादीय गुण भएका वनस्पतीको लठ्टीले राम्रोसँग चलाउने
- यसरी तयार गरेको झोल, १० दिनपछि प्रयोग गर्नका लागि योग्य हुन्छ |
प्रयोग विधि
सामान्यतया १ रोपनी जग्गामा २५ ली. जीवामृत १०० लिटर पानीमा मिसाई बिरुवाको विकासलाई हेरेर आवश्यकतानुसार ७-१५ दिनको फरकमा बोटबिरुवाको फेद र पातमा छर्न सकिन्छ |
जीवामृत