Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

छैंटौं ठुलो सामुहिक प्रजाति दुर्लभताको माझमा तपाईं र म

krishireview
२०७७ भदौ १६ , मंगलबार ०४:०९ मा प्रकाशित | १५६८ पटक पढिएको

सोस हाङ्ग लिम्बु

कृषि तथा वनविज्ञान बिश्वबिद्धालय ,रामपुर
  मोरङ – पृथ्वीको उत्पत्तिकाल देखि नै पृथ्वीमा विभिन्न प्रकारको उतारचढाव आए र यसले पृथ्वीको हावापानी र अवस्था निरन्तर रुपमा परिवर्तनशील छ भन्ने पुष्टि गर्छ। जब पृथ्वी जीवको लागि बस्न उपयुक्त बन्यो तब कालान्तरमा जीव विकासको क्रममा, धेरै कारणले गर्दा, प्रायजसो जीवहरुको (एककोषीय – बहुकोषीय) विकास र समुह केही कालखण्डमा सँधैभरि का लागि सर्वनाश भए जसलाई सामुहिक प्रजाति अनस्तित्व भनियो।
          हामि सबैलाई थाहा नै छ, पृथ्वीको विभिन्न ठाउँमा आफ्नै प्रकारको पारिस्थितिक पद्धति छ, जहाँको पद्धतिलाई सन्तुलन, पद्दतीकरण, विविधताकरण, विकास र निर्मलिकरण गर्न विभिन्न जैविक र अजैविक शक्ति तथा वस्तुको आवश्यक पर्दछ, जो एकअर्काको परिपुरक हुन्। जब जैविक विविधतामा ह्रास आउँछ यसले पृथ्वीको प्रकृति पद्धति र प्रकृति सन्तुलनमा नै समस्या ल्याई विश्व जगतमा जीवजन्तु सँधैका लागि अन्त्यको पराकाष्ठामा पुग्ने खतरा रहिरहन्छ। यस्ता ठूलो सामुहिक प्रजाति दुर्लभता विश्वको ईतिहासमा ५ वटा भइसकेको छ भने अहिले हामी छैटौं ठूलो सामुहिक प्रजाति दुर्लभताको अवस्थामा छौं। ति ५ वटा अनस्तित्व क्रमशः

 १. अर्डोभिसियन – सिलुरियन अनस्तित्व:
    करिब ४५०-४४० मिलियन बर्ष पहिले विश्वको ईतिहासमा २७% जीवको परिवार, ५७% जीवको जाती र ६०-७०% जीवको प्रजातिहरुको लोप भएको थियो जसको कारण ग्लोबल वार्मिङ थियो।
२. लेट डेभोनियन अनस्तित्व:
     लगभग ३७५-३६० मिलियन बर्ष पहिले डेभोनियन पिरियड बाट कार्बोनिफेरस पिरियडमा जाने क्रममा भएको सामुहिक प्रजाति दुर्लभताले झन्डै १९% जीवको परिवार, ५०% जीवको जाती र कम्तीमा ७०% जीवको प्रजाति लोप  भएको थियो।
३. पर्मियान- ट्रायासिक अनस्तित्व:
     २५२ मिलियन बर्ष पहिले पर्मियान पिरियड बाट ट्रायासिक पिरियडमा जाने क्रममा लगभग ५७% जीवको परिवार, ८३% जीवको जाती र ९०-९६% जीवको प्रजाती नष्ट भएको थियो भने हिँडडुल गर्न नसक्ने जीवको सङ्ख्या ६७% बाट ५०% मा झरेको थियो। यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अनस्तित्व भएको समय मानिन्छ।
४. ट्रायासिक- जुरासिक अनस्तित्व:
     २०१.३ मिलियन बर्ष पहिले ट्रायासिक बाट जुरासिक समयमा जाने क्रममा २३% जीवको परिवार, ४८% जीवको जाती र ७०-७५% जीवको प्रजाती नष्ट भएको थियो।
५. क्रेटासियस- प्यालियोजिन अनस्तित्व:
     करिब ६६ मिलियन बर्ष पहिले क्रेटासियस बाट प्यालियोजिन पिरियडमा जाने क्रममा १७% परिवार, ५०% जाती र ७५% प्रजातिको नष्ट भएको थियो भने हिँडडुल गर्न नसक्ने जीवको सङ्ख्या घटेर ३३% मा झरेको थियो।

  र पछिल्ला अध्ययनले अहिले हामी छैटौं ठूलो सामुहिक प्रजाति दुर्लभता वा लोपोन्मुख हुने अवस्थामा छौं र यसको मुख्य कारण मानव प्रजाति हो भनेर वैज्ञानिकहरु बताउँछन्।
सन २०१४ मा WWF का अध्ययनकर्ताले निकालेको एक प्रतिवेदन अनुसार सन १९७० बाट २०१० मा आइपुग्दा, जङ्गली भरटिब्रेट्सको ( ढाड भएको) जीवको सङ्ख्या ५२% ले घटेको छ र त्यसैको २ वर्ष पछि निकालेको प्रतिवेदन अनुसार सन १९७० बाट २०१२ ( पछिल्लो ४२ वर्ष) मा आइपुग्दा यसको सङ्ख्या ५८% ले घटेको छ भने यदि यहि गतिमा घट्ने हो भने सन २०२६ भन्दा पछाडीको पुस्ताले, अहिलेको पुस्ताले डाइनोसर कार्टुन र फिल्ममा हेरेको झैं गरेर, जङ्गली भरटिब्रेट्सहरु फोटोमा हेर्ने छन्।  Hebrew university of Jerusalem का ईतिहासको प्राध्यापक Yuval Noah Harari भन्नुहुन्छ, अफ्रिकाको जङ्गल र घाँसेमैदान बाट मानव प्रजातिको उत्पत्ति, विकास र विस्तार हुने क्रममा, मानिस प्रजातिले संज्ञानको विकास, कृषिको विकास हुँदै अहिले औधोगिक विकाससम्म आइपुगेको छ। यसरि विकास हुने क्रममा विश्वको कुनाकुनामा रहेको धेरै प्रजातिलाई, मानिसले संज्ञान, कृषि र औधोगीक विकासको क्रममा, सँधैभरिका लागि लोप बनाए र लोपोन्मुख बनाइरहेको छ।

पृथ्वीी एक प्रकृति हो र यो प्रकृति यहाँको श्वास फेर्ने र नफेर्ने सम्पुर्ण वस्तु तथा शक्तिको साझा घर हो जसले यहाँको प्रकृतिलाई चलायमान बनाईराख्छ। तर विडम्बनाबास, जैविक विकासक्रमको ईतिहासले मानव प्रजातिलाई त्यो पराकाष्ठामा पुर्याइदियो जसले आफ्नै सह- प्रजातिलाई पहिले नै सर्वनाश बनाई जैविक जगतमा आफुलाई सर्वश्रेष्ठ ठहर्यायो। जङ्गली जनावरको घर र वासस्थान विनाश, ग्लोबल वार्मिङ र वातावरण परिवर्तनमा सहयोग पुर्याउने गतिविधि, फोहोरमैला, प्रदुषण र नरभक्षी प्राणी मानवको विकास भएसँगै संसारमा जीवको संख्या निरन्तर घटिरहेको छ। हो मानिस नहुँदापनि अनस्तित्व भए तर यति चाँडो गति र जुन कारणले अहिले भइरहेको छ त्यो कारणले भने कमै मात्रामा भएको थियो।

पृथ्वीको पारिस्थितिक पद्धति मानिस नभएपनि स्वस्थापित, स्वसन्तुलित र स्वगतिका साथ अझ राम्रो भएर चल्ने गर्दछ। तर आज त्यहि मानिसले गरेर यसको गति भाँचिरहेको छ। बिडम्बना, ईतिहासले यस पद्दतिलाई उजागर गर्न त्यहि मानव प्रजातिलाई सिंहासनमा राखिदिएको छ, हे मानव अव त केही सोच!! Yuval Noah Harari भन्नुहुन्छ, यदि संसारको नेताहरु र विज्ञहरु मिलेर ग्लोबल वार्मिङको समस्या समाधान खोज्ने हो भने विश्वको कुल गार्हस्थ्य उत्पादनको २% ले यसको समाधान हुन्छ तर जब राजनितिज्ञ र विज्ञहरुमा पुष्टिकरण पुर्वाग्रह र शक्तिको हावी हुन्छ तब त्यहाँ खाडल उत्पन्न हुन्छ जसले विध्वंस नै मच्चाउँछ। उदाहरणका रूपमा कोरोना माहामारीको नियन्त्रण। अब देशले र विश्वले नै गति लिन वातावरणीय मैत्रिपुर्ण कामको थालनी गर्न एकदमै जरुरी छ भने राजनितिज्ञ र विज्ञहरु बिच समानान्तर भएर आ-आफ्नो बाटो हैन, एक अर्कासँग प्रतिच्छेदन गरेर अघि बढ्न जरुरी छ। हे लम्फु, सुध्रौं अब।

(यो लेख विभिन्न खोजलाई आधार मानेर कृषि तथा वनविज्ञान बिश्वबिद्धालय ,रामपुरमा चौथो सेमेस्टरमा अध्ययनरत बिध्यार्थी सोस हाङ्ग लिम्बुले तयार पार्नुभएको हो ।)

प्रतिक्रिया

सामुहिक प्रजाति दुर्लभताको नजिक

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?