Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

चितवनमा नयाँ प्रविधिबाट रोपिएको चैते धानको उत्पादन राम्रो, बाली व्यवस्थापन पनि सहज

krishireview
२०७८ असार ११ , शुक्रबार ०८:०६ मा प्रकाशित | ८५८ पटक पढिएको

चितवन / स्तरीय प्रविधि नहुँदा किसानको धानखेतीमा विस्तारै आकर्षण कम हुँदै गइरहेको छ । बजार मूल्य पनि नपाउने र प्रविधि नहुँदा खर्च बढी हुँदा किसान अझै हैरान छन् । तर पछिल्लो समय चितवनका किसानको प्रविधिमा आकर्षण भने बढ्न थालेको छ । स्थानीय सहकारीले प्रविधि खरिद गरेपछि यसमा किसानको आकर्षण बढ्न थालेको हो ।

सधैं परम्परागत रुपमा धानखेती गर्दै आएका चितवनका किसानले गएको वर्ष चैते धान लगाउँदा नौलो प्रविधिको प्रयोग गरे । पहिलोपटक भित्रिएको एकैपटक ६ लाइन धान रोप्न सकिने आधुनिक मेसिनबाट केही किसानले धान रोप्न सफल भए । नौलो प्रविधि भएकाले किसानमा विभिन्न शंका/उपशंका पनि उब्जिए । तर सोंचे भन्दा राम्रो प्रतिफल हासिल भएपछि किसान अहिले दंग छन् । मेसिनबाटै रोपिएको धानखेतीबाट राम्रो उत्पादन भित्र्याउन सफल भएका छन् । मेसिनबाट धान रोप्दा जति सहज भयो मेसिनबाटै धान काट्न पाइएपछि किसान हर्षित छन् । उनीहरु अबदेखि प्रविधिकै प्रयोगबाट धान रोप्दै जाने तयारी थालेका छन् । 

मेसिनबाट धान रोप्दा बाली व्यवस्थापनमा किसानलाई धेरै नै सहज भएकोछ । धानको गाँजको संख्यामा पनि उल्लेख्य बृद्धि भयो भने रोग किराको प्रकोपमा पनि कमी आयो । यसले गर्दा धान उत्पादनमा समेत केही वृद्धि भएको छ । केही किसानले प्रविधिको प्रयोगसंगै चैते ५ नाम जातको धान पहिलोपटक रोपे । उन्नत जात र नयाँ प्रविधिको प्रयोगले सोाचे अनुसार बाली भित्र्याउन पाएपछि किसान हौसिएका हुन् ।

अहिले धेरैजसो किसानले मेसिनबाटै धान रोप्नका लागि ट्रे मा बीउ राखेका छन् । कतिपयले रोप्नसमेत सुरु गरिसकेका छन् । चितवनमा कुल ३३ हजार ८३६ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये १९ हजार ८९३ हेक्टरमा वर्षे धान र ७ हजार ५२७.९ हेक्टरमा चेतै धान लगाउने गरिन्छ । किसानलाई प्रविधिको प्रयोग र उन्नत जातको बीउ प्रयोगमा प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधूनिकीकरण परियोजनाले सहयोग गरिरहेको छ । चक्लाबन्दी पकेट कार्यान्वयन सहयोग कार्यक्रम मार्फत किसानलाई प्रविधिमैत्री बनाउन परियोजना लागिपरेको छ ।

प्रविधिप्रति किसानको आकर्षण बढ्नु सकरात्मक हो । किसानलाई अझै नयाँ प्रविधि सहयोग गरी पूर्णरुपमा प्रविधिमैत्री बनाउन आवश्यक छ । उन्नत जातको बीउ वितरण गरी किसानलाई आवश्यक सबै मलखादसंगै प्रविधियुक्त बनाउन सकिए नेपाललाई धानमा आत्मनिर्भर बनाउन सकिने देखिन्छ ।

स्रोत;कान्तिपुर समाचार एबम अन्य खबरहरु

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?