Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

घाँस पनि खुवाउन नजाने बिष हुन्छ!

krishireview
२०७८ जेठ २५ , मंगलबार ०५:०६ मा प्रकाशित | ६२४ पटक पढिएको

लगातार ३ दिन सम्म परेको झरीमा बढदै गरेको कलिलो अवस्थाको सुडान र नेपियर घासको बढीमात्रामा प्रयोग हुदा (HCN र Nitrate poisioning भएको) चन्द्रकोट गाउँपालिका गुल्मीमा पर्ने शिदेस्वोर बाख्रा पालन फार्म चोरकाटे नजिकै बाख्राहरु मरेका छन।

रोकथाम:

-घासको कलिलो मुनामा धेरै जस्तो बिषको मात्रा हुने र घाँस पुरानो हुँदै जादा यस्को मात्रा कम हुन्छ, तसर्थ -करिब ६ हप्ता पुगेको घाँस मात्र ख्वाउनु भनेर भनिएको पाइन्छ तर यो घाँस अनुसार फरक पर्न सक्छ।

-यस्तो घासलाइ अरु घाससङ मिलाएर ख्वाउने/ यि घाँस मात्र ख्वाइ नराख्ने।

-सके सम्म घाँस खेती गर्दा नाइट्रोजनको प्रयोग धेरै नगर्ने।

-भिटामिन ए, अन्य हरियो घाँस र आयोडिन युक्त नुन बेला बेला ख्वाइरहने।

– Balance ration (अन्य दाना युक्त खानेकुरा) ख्वाउने।

-सुडान ग्रास जस्ता घासलाइ १८ इन्च भन्दा सानो हाइट हुदा नचराउने।

– चर्को घामले गर्दा पातमा नाइट्रेटको मात्रा घट्ने हुनाले सकेसम्म साझको समय जनावरलाई चराउन छोड्ने। – जनावर रक्सी लागेको जस्तो लर्खराएको छ भने वा छिटो छिटो श्वास फेरेको छ वा धेरै र्याल निकालेको छ भने नजिकको भेटनरी डाक्टरलाइ खबर गर्नु होस।

किसानले भोग्नुपरेको यो समस्यामा सहयोग गरि किसानलाई प्रोत्साहन गर्न सम्बन्धित स्थानिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै बिमा कम्पनीबाट बिना कुनै झन्झट समयमै दाबि भुक्तानी दिनुहुन अनुरोध छ ।

प्रतिक्रिया

घाँस पनि खुवाउन नजाने बिष हुन्छ

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?