Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

गाजाको प्रतिष्ठा,बाताबरण स्थिरता

krishireview
२०७७ असार १८ , बिहीबार ०२:०७ मा प्रकाशित | १६८१ पटक पढिएको

बिश्वास ढुङेल
प्राकृतिक स्रोत ब्याबस्थापन कलेज,सिन्धुली


बिस्वमै सबैभन्दा परिचित,पहिचानमुखी र बिबादास्पद बिरुवाको रुपमा गाजाले ख्याती कमायको छ।यसले स्वोभाबिक तवोरले बिस्वको ध्यान धेरैअगाडी देखि खिचिरहेको छ।लागुऔसधका रुपमा हेरिने यसलाई बिस्वको अधिकाम्स क्षेत्रमा प्रतिबन्ध लगाइएको छ।नेपालमा पनि अमेरिकाको दबाब पछि सन् १९७३ जुलाई १६ का दिन यसको सबैखाले प्रयोजनमा बन्देज लगाइएको छ।
कयौं शताब्दीदेखि गाजाको औधोगिक मूल्य बाताबरण संरक्षक र जैबिक बिबिधताका लागि फाइदाजनक मान्दै आइयको छ।Cash crop,Fiber crop,Medicinal crop सङ्सङै यसलाई बाताबरण स्थिरताको पर्यायका रुपमा पनि परिचित गर्न सकिन्छ।अन्य बालीको तुलनामा यो बढी बाताबरण मैत्री र यसलाई दिगो अर्गानिक कृषि सुचकका रुपमा पनि लिन सकिन्छ।बाली लगाइसकेपछी बालिनालिको जगेर्ना गर्नु किसानको कर्तव्य हो।यहि क्रममा बालिमा विभिन्न किराहरुले आक्रमण गर्ने,रोग लाग्ने कुराहरु समान्य हुन र यस्लाइ रोक्न किसानले किट्नासक औसधि प्रयोग गर्नु किसानहरुको बध्यता हो।तर गाजा धेरै रोग तथा किराहरुलाइ प्रतिरोध गर्न सक्ने क्षेमता भएको बाली हो।फटयांग्रा जातका किराहरु(सलह र कृकेट) ले बिरलै यसलाइ क्षेती पुर्याउछ।अन्य बालिको तुलनामा यसलाई कम बिषाधीको प्रयोगमा उत्पादन गर्न सकिन्छ। यो कम नाइट्रोजन भएको poor soil मा पनि राम्ररी उत्पादन गर्न सकिन्छ।यसरी युरिया लगायत अरु मलको प्रयोग घटायर बाताबरण मैत्री बनाउन सकिन्छ।येउटा अध्ययनले देखायअनुसार जंगली गाजाको जरा नजिकै ecofriendly bacteria पाइने जस्ले माटोबाट खानेकुरा बिरुवालाई लिन मद्दत गर्न सहयोग गर्ने देखाउछ।
बिस्वमा इन्धन अत्यादी खर्च भैरहेको अबस्थामा यसलाई इन्धनको स्रोतका रुपमा प्रयोग गर्न सकिन्छ।यसको प्रसोधन पछि biomass का रुपमा erhanol र biodiesel का रुपमा पनि प्रयोग गरिएको पाइयको छ।प्रती बर्गकिम यसको उत्पादन बढी हुने हुदा अप्रत्यक्ष रुपमा बताबरणिय चाप घटाउन मद्दत हुन्छ साथै झारका बिजहरु घटाउने,भूक्षय रोक्ने र माटोमा हावाको वातन हुन पनि सहयोग पुर्याउछ।
यसबाट उत्पादित fiberबाट बाताबरण मैत्री झोला,कपडा,डोरि लगायतका अन्य विभिन्न बस्तुहरु निर्माण गरेर plastic लाई बिस्थापन गर्न सकिन्छ।अवशेषबाट निर्मित synthetic fiber जस्तै nylon लाई हटायर यसको प्रयोगमा ल्याय ६२.६% अवशेष निर्भरता घटाउन सकिन्छ।यस्ता बस्तुहरु सजिलै पुनप्रयोगमा ल्याउन सकिन्छ।
गाजाबाट निर्मात paper बाताबरण मैत्री हुन्छन।साथै,यसबाट निर्मित तेलको सेवनले अन्य तेलको माग घटाउने र बेक्ती स्वस्थ पनि हुने गर्दछ।यसरी विविध प्रयोजनको परिणाम बनबिनाशमा स्पष्ट कमि आउछ,शुद्ध हावा बहन्छ र बाताबरणमा सकारात्मक परिवर्तन देखिन थाल्दछ।यसका साथै माटोमा रहेका heavy metals हरु जस्तै क्रोमियम,निकेल लाई यसले सोसेर लिनेकुरा धेरै बैज्ञानिकहरुले बताइ सकेका छन।यसले माटो र पानीलाई प्रदुशीत हुनबाट जोगाउछ।यसैगरी,चराचुरुङ्गीका लागि यो निकै पोषणयुक्त र सौन्दर्यपुर्ण मानिन्छ।यसका बिजहरु चराहरुले सेवन गर्ने र जंगली गाजालाई बासस्थानको रुपमा पनि उनिहरुले प्रयोग गर्ने गर्दछन।
यसरी गाजा बताबरण मैत्री छ।

प्रतिक्रिया

गाजा प्रतिस्ठा गाजा;औषधि ??

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?