Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

गाजा;औषधि ??

admin
२०७७ असार १३ , शनिबार ०७:०६ मा प्रकाशित | २३७० पटक पढिएको

बिश्वास ढुङेल
प्राकृतिक स्रोत ब्याबस्थापन कलेज,सिन्धुलि

मोरङ /बिस्वमै सबैभन्दा परिचित,पहिचानमुखी र बिबादास्पद बिरुवाको रुपमा गाजाले ख्याती कमायको छ।यसले स्वोभाबिक तवोरले बिस्वको ध्यान धेरैअगाडी देखि खिचिरहेको छ।बर्तमान अबस्थामा त झन विभिन्न देशहरूले यसको व्यावसायिक खेती सुरुगरिसकेका छन।लागुऔसधको रुपमा हेरिने गाजालाइ बर्तमान अबस्थामा औसधिको रुपमा अघि सारियको छ।अमेरिकी दबाबपछि सन् १९७३ जुलाई १६ का दिन नेपालले यसको पुर्णरुपमा प्रयोग,बिक्रि बितरणमा रोक लगायको छ र येदि कुनैपनी ढंगले यसको प्रयोग बिक्रि बितरण गरेको पाइयमा ३ बर्षसम्म कैद यबम २५००० सम्म जरिवाना तोकेको छ।यसैबर्षको फेब्रुअरी २० गते नेकपा साम्सद बिरोध खतिवडाले संम्सदमा गाजाको ब्यबहारिक फाइदा सुनाउदै यसलाई कानूनी मन्यता दिनुपर्छ भन्ने आवाज उठायपछी यो विषय झनै चुलियको छ।


बर्तमान परिपेक्षमा अमेरिका स्थित युस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले सन् २०१८ मा यसलाई औसधिको रुपमा मान्यता दिसकेको छ।अमेरिकाका २३ राज्यले गाजालाइ औसधिको रुपमा प्रयोग गर्न अनुमति दिएका छन्।विकसित रास्ट्रहरु क्यानडा,युरुग्बे,जर्मनी तथा कयौं युरोपेली देशहरुले यसलाई औसधिको प्रयोजनका लागि अनुसन्धानका कार्यहरु अघि सारेका छन।नेपालमा गाजाको रोक लगाउनु भन्दा अघि यसको बजार १ मिलिअन अमेरिकी डलर रहेको अनुसन्धानमा भेटिन्छ।कानुन बिपरित पनि यसको खेती तथा ओसारपसार गर्ने गिरोह अहिले पनि सकृय रहेको छ।यसरी हेर्दा सन् २०२५ सम्म बिस्व बजार्मा यसको ब्यापार १४६.४ बिलिअन डलर पुग्ने प्रक्षेपण गरियको छ।


सामान्यतया,यसको उपयोग विविध कुराहरुमा गर्दै आयेको पाइन्छ।गाजाको उत्पादन मुख्य तीन बस्तुहरुमा गर्दै आइयको छ।यसलाई क्यास क्रप र फाइबर क्रपको रुपमा प्रयोग गरिन्छ जहाँ यसको मुख्य काण्डबाट कागज,डोरि,कपडा,टायल,कर्पेट तथाा ओछ्याउने बस्तुको रुपमा पनि प्रयोग हुन्छ।यसको बिजबाट खानेतेल निकालेर दैनिक प्रयोगमा ल्याउन सकिन्छ।अन्त्यमा महत्त्वपूर्ण उपयोगीता भनेको यसको फुलमा पाइने केमिकलहरु हुन।८५ भन्दा बढी उपयोगी केमिकल पाइने यस बिरुवामा केमिकलहरु thc र cbd बैज्ञानिकहरुको मुख्य केन्द्रमा रहेका छन।यिनिहरु औसधि बनाउन प्रयोग हुन्छन।’ड्रोनाबिनोल’ यक यसैबाट निर्मित पुरानो औसधि हो जुन खाना नरुच्ने बेक्तिलाइ खाना रुचाउन तथा क्यान्सरका कारणले वाकवाकी लाग्ने,बान्ता हुने समस्यालाइ निराकरण गर्ने प्रयोग गरिने गरिन्छ।विभिन्न रोगहरु जस्तै चिनिरोग, क्यान्सर, अल्जाइमर, अर्थ्राइटिस, मुटुसम्बन्धि रोग, एपिलेप्सी, ग्लाउकोमा, माइग्रेन, एच.आइ.भि, एड्स ,निन्द्रा नलाग्ने,दुखाइ घटाउने,पार्किन्सन रोग,डिप्रेसन आदिको निदानका लागि उपयोगी हुन्छ।नेपालमा गाजाको उत्पादन र ब्यापारको सम्भावना अद्भुत भयकोले ब्यापारीक दृस्ठिकोणले पनि यसको सम्भावना उच्च देखिन्छ।


माथिको उपयोगीताको तात्पर्य यसको निजि प्रयोगलाई प्रोत्साहन गर्नु भने पटक्कै होइन।फाइदा सङ्सङै बेफाइदा पनि छन।यसलाई ‘गेटवय ड्रग’को रुपमा पनि लिइन्छ जसको कारण यसकै प्रयोगपछि अन्य लागुपदार्थ सेवन,जाड,रक्सी,चुरोट आदिको कुलतमा फस्ने सम्भावना हुन्छ।त्यसैले,यसको सकारात्मक उपयोग गरेर यसको ब्यबसायलाई अघि धकेल्न सक्छौ।गाजा खाएर कसैले सामाजिक अपराध गरेको खबर छैन । रक्सीको मातमा विभिन्न आपराधिक घटना भएका छन् । बलत्कार, हत्याका घटना भएका छन् । त्यस्तै चुरोटले पुर्‍याउने क्षतिका बारेमा पनि हामी अवगत नै छौँ । अध्ययनअनुसार ६ मिलियन मानिस चुरोट सेवनले हरेक साल मर्ने गर्छन् । यही क्रम रहे सन् २०३० सम्म चुरोटको कारणले आठ मिलियन मानिसको ज्यान जान सक्नेछ । त्यस्तै अर्को अध्ययनअनुसार रक्सीको सेवनबाट संसारमा २.५ मिलियनभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । तर गाजा सेवनबाट अहिलेसम्म कसैको ज्यान गएको सुनिएको छैन ।
तसर्थ,गाजा बाताबरण मैत्री र कम खर्चालु भएकोेले सहि तवरले यसको प्रयोग र प्रोत्साहन गर्नु पर्छ।नेपालले पनि यश सम्बन्धि धारणामा परिबर्तन ल्याइ कानुन खुकुलो बनाउनु पर्छ ताकी यसले नेपालको आर्थिक उन्नतिमा यसले टेवा पुर्यओस।

-गाजाको बोट
प्रतिक्रिया

गाजा;औषधि ??

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?