परिचय
नेपालमा यो बिरुवा २०-२२ वर्ष अगाडि मेक्सिकोबाट आएको विज्ञहरूको भनाई छ। यो बिरुवालाई १८-२२ इन्च भएको गमलामा पनि लटरम्म हुने गरी फलाउन सकिन्छ। यो छतमा खेर गइराखेको स्थानमा राखी फल उत्पादन गर्न सकिने बिरुवा हो । यसको अङ्ग्रेजी नाम Pepino हो। वनस्पति नाम Solanum Muricatum हो । यो Solanaceae परिवारमा पर्दछ । यस फलमा भिटामिन ए., वी., कुन छ भन्ने विज्ञबाट अनुसन्धान गर्न जरुरी छ । यसको पात कुखुरालाई खुवाएमा फूल बढी उत्पादन हुन्छ ।
हावापानी काठमाडौं उपत्यकाको हावापानीमा खेती गर्न सकिन्छ । यो चिसो पनि खप्न सक्ने बिरुवा हो । तराईमा यसको बिरुवा उपयुक्त छ, छैन सम्बन्धित विज्ञबाट अनुसन्धान हुनु जरुरी छ ।
माटो यसका लागि दोमट बलौटे माटो भएमा निकै राम्रो हुन्छ र बढी कम्पोस्ट मल प्रयोग भएको खण्डमा बिरुवा चाडै बढ्ने र गमला रोपेको अर्को वर्ष नै फल उत्पादन हुने गर्दछ ।
बिरुवा उत्पादन गर्ने तरिका
यो बिरुवाको एक वर्ष पुरानो हाँगाहरूबाट ६ देखि ८ इन्चको लामो पारी जिब्रो आकारको चक्कुको सहयोगबाट तास्ने गर्नुपर्छ । यसरी तासेको कटिङलाई परलाइट या ५० प्रतिशत माटो, ५० प्रतिशत बालुवा मिलाएको ट्रे्मा छेडकीबाट ३ देखि ४ इन्चको फरकमा २-३ इन्च गहिरो गरी श्रावण महिनामा कटिङ राखेमा ९० प्रतिशत बिरुवा सफल हुन्छ । यसरी कटिङ राखेको ६० प्रतिशत जरा विकास हुन्छ । यसरी जरा आएको बिरुवा अन्य गमलामा बगैँचामा रोप्न सकिन्छ ।
उत्पादन
बिरुवा रोपेको एक सातामै फल उत्पादन हुने भएकोले पाकेको कम्पोस्ट राखी गोडमेल भएको बोटमा १०-१२ गोटा फल्ने गर्छ । पहिलो फल लाग्दा सेतो रङको हुन्छ र पाक्ने समयमा केही खैरो रङमा परिवर्तन हुने गर्छ। यो खाँद खेरि स्वादिलो फल हो। फूल फुल्दा खेती गमला नै सेतो देखिन्छ ।
रोग किरा
किराबाट त्यत्तिको नोक्सानी नभएको र पातमा सानो थोप्ले रोग लाग्ने भएकाले वर्षको १-२ पटक किनोसित गोल्ड १ लिटरमा पानीमा २ ग्राम राखी छर्ने गरेमा रोग नियन्त्रण हुन्छ । फल खाने १०-१५ दिन अगाडि विषादी प्रयोग गर्नुहुँदैन।